महिला हिं.साका घटना बढे

महिला हिं.साका घटना बढे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्लामा आर्थिक वर्ष २०७७÷७८ मा घरेलु हिं’साका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय बालबालिका, महिला, ज्येष्ठ नागरिक केन्द्र महिला सेलकी सूचना अधिकृत रमा शिरिषले दिएको जानकारी अनुसार कूल ६६२ घटना दर्ता भएका र उजुरीमध्ये ५९ घटना सम्बन्धित निकाय (अदालत)मा न्यायका लागि ल’डिरहेका छन् । हाल १९१ घटनाबारे महिला सेलमा अनुसन्धान प्रक्रिया चलिरहेको छ ।

विसं २०७७ को भदौमा घरेलु हिं’साका सबैभन्दा बढी घटना दर्ता भएका छन् । भदौमा मात्र ८२ ठाडो उजुरी दर्ता भएका थिए । सबैभन्दा कम भने गत वैशाखमा उजुरी दर्ता भएका छन् । वैशाखमा ३२ मात्र उजुरी दर्ता भएका छन् । त्यस्तै कूल उजुरीमध्ये २४ निवेदक सम्पर्कमै नरहेको तथ्याङ्क छ । हाल विभिन्न बहानामा महिलामाथि हिंसा दिनप्रतिदिन भइरहेका छन् । महिला सेलका अनुसार आव २०७७÷७८ को तथ्याङ्कअनुसार जिल्लामा हालसम्म दर्ता भएका उजुरीमध्ये ३८८ घटनाउपर मिलापत्र भइसकेको छ ।

यो पनि – स्वास्थ्यकर्मी कु’टिएपछि रोकिएको कोरोना खोप पुनः सञ्चालन

काठमाडौँ, १८ साउन । टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ । यही साउन १६ गते बिहान ६ः१५ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात भएपछि रोकिएको खोप कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिने भएको हो । खोप आज बिहान १०ः०० बजेदेखि उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । नगर प्रमुख प्रकाश अधिकारीले स्वास्थ्यकर्मी कुटपिट गर्ने स्थानीय रामकाजी थापालगायतको समूहलाई प्रहरीले नियन्त्रणमा लिइसकेको र गल्ती गर्ने समूहले पिटाइ खाने स्वास्थ्यकर्मी तथा प्रहरीसँग माफि मागिसकेकाले खोप कार्यक्रमलाई आजदेखि पुनः निरन्तरता दिइएको राससलाई जानकारी दिनुभयो ।

नगरपालिकाले ५० वर्षमाथिका व्यक्ति, शिक्षक, प्राध्यापक, कर्मचारी, सार्वजनिक सवारी साधनका चालक एवं सहचालकलाई भेरोसेल खोप उपलब्ध गराउने जनाएको छ । नगरपालिकाभित्रका मापदण्ड पुगेका व्यक्तिलाई खोप उपलब्ध गराउनका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र मनोहर माध्यमिक विद्यालय सामाखुशीलाई खोप केन्द्र तोकिएको छ । रासस