श्रीमतीको ह’त्यापछि आ’त्मह’त्या

श्रीमतीको ह’त्यापछि आ’त्मह’त्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, १९ साउन । दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको ह’त्या गरेर आफूले समेत आ’त्मह’त्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको ह’त्या गरेका हुन् । खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हसियाँले हानेर ह’त्या गरेपछि आफूले डोरीको पा’सो लगाई रुखमा झु’ण्डिएर आ’त्मह’त्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।

छिमेकीहरुका अनुसार उनीहरुले बिहान घरमा सँगै र.क्सी खाएका थिए । खेतमा काम छ भनेर गएपछि बाटोमा आपसी वि.वादका कारण श्रीमतीको ह’त्या गरेको छिमेकीहरूले बताएका छन् । घटनाको विस्तृत अ.नुसन्धान गरिने जानकारी दिँदै प्रहरी उपरीक्षक खड्काले दुवै श’व परीक्षणका लागि प्राथमिक स्वास्थ्य चौकी गजुरी लगिएको बताउनुभयो। रासस

यो पनि  –ला.गूऔ.षध कोकिनसहित ९ जना पक्राउ

नेपाल प्रहरीले एक किलोे १२ ग्राम ला’गूऔ’षध कोकिनसहित नौ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३ रानीवारीका ४३ वर्षीय अञ्जु थापामगर, ३९ वर्षीया मुना तामाङ गुरुङ, २८ वर्षीय रक्की आलेमगर, २३ वर्षीया रायल थापामगर, गोरखा बारपाक सुलिकोट गाउँपालिका–५ लाकुरीबोट घर भएका ४५ वर्षीय सुरोज गुरुङ, भारत दक्षिण गोवाका ३९ वर्षीय सन्दीप पटेल, धादिङ नीलकण्ठ नगरपालिका–११ का २७ वर्षीय मिराज ढकाल, काठमाडौँ महानगरपालिका–१३ का ४९ वर्षीय सुदन शाक्य र धादिङ नीलकण्ठ नगरपालिका–११ का २७ वर्षीय मछिन्द्र धमला रहेका छन् ।

ला’गूऔ’षध नि.यन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले ला’गूऔ’षध को.किनसहित उनीहरुलाई पक्राउ गरिएको हो । यही साउन ७ गते ५०० ग्राम को.किनसहित चार जनालाई पक्राउ गरेको ब्यूरोले उक्त सूचनाका आधारमा थप नौ जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीले गोरखाका सुरज गुरुङलाई चितवनबाट पक्राउ गरे पनि उनले काठमाडौँको तारकेश्वरमा को’किन लुकाएर राखेको अ.नुसन्धानमा खुल्न आएको थियो । उक्त अ.नुसन्धानका आधारमा प्रहरीले सुरजसँग ६८३ ग्राम कोकिन र नगद रु तीन हजार ५७५ बरामद गरेको छ । यस्तै, ३२९ ग्राम को.किन र नगद रु सात लाख ५० हजारसहित अञ्जुलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । पक्राउ परेका सबैलाई ला.गूऔ.षध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत म्याद थप गरी विस्तृत अ.नुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । रासस

यो पनि -श्रीलङ्का लगेर २५ महिलालाई बन्धक बनाउने महिला जेल चलान

महिलालाई श्रीलङ्का पु¥याएर बे’चबिखन गर्ने आरोपमा पक्राउ परेका एक महिलालाई जेल चलान गरिएको छ । प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले कुवेतमा आकर्षक तलब कमाई हुन्छ भनी श्रीलङ्का लगेर २५ महिलालाई ब.न्धक बनाएको आ.रोपमा सुनसरी रामधुनी नगरपालिका–९ की ४० वर्षीया सावित्रीदेवी मलाह भन्ने सावित्री मुखियालाई पक्राउ गरेको थियो । पक्राउ परेकी मुखियालाई काठमाडौँ जिल्ला अदालतको यही साउन १५ को आदेशले पुर्पक्षका लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल थुनामा पठाएको प्रहरीले जनाएको छ ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले महिलाहरुलाई आकर्षक तलब हुन्छ भनी काठमाडौँबाट सप्तरीको राजविराज हुँदै हनुमाननगर नाकाबाट भारतको नयाँ दिल्ली हुँदै श्रीलङ्का पु¥याएर बन्धक बनाउने कार्यमा संलग्न रहेको आरोपमा मुखियालाई पक्राउ गरिएको जानकारी दिनुभयो । “पीडित महिलालाई राहदानी बनाउन लगाएर मुखियाले श्रीलङ्का पु¥याई ब.न्धक बनाएको अनुसन्धानमा खुल्न आएको छ”, उहाँले भन्नुभयो । बन्धक बनाएका महिलालाई श्रीलङ्का प्रहरीको सहयोगमा उद्धार गरिएको ब्यूरोले जनाएको छ ।  पक्राउ मुखियालाई मानव बे.चबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान गरिएको प्रवक्ता द्विवेदीको भनाइ छ ।

यो पनि – बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले रु २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगञ्जले रु २३ लाख ५० हजार जरिवाना गरेपछि फरार रहेका बाँके नेपालगञ्ज उपमहानरपालिका–१ का ५६ वर्षीय विनोदकुमार श्रेष्ठलाई आज भक्तपुरको काँडाघारीबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत तुलसीपुर नेपालगञ्जको विसं २०७७ फागुन १२ गतेको फैसलापछि सात दिन कैद र बिगोबमोजिम रु १० लाख जरिवाना ठहर गरेपछि फरार रहेका श्रेष्ठलाई आज भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका श्रेष्ठले आफ्नो नबिल बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले श्रेष्ठलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो ।

यो पनि – छिन्नमस्ता मन्दिरको चाँदीको मुकुट चोरी गर्ने मण्डल पक्राउ

मुलुककै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेका चाँदीको मुकुट (मस्तक) चोरी गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरी मुकुट चोरी गरेको आरोपमा पक्राउ परेका सप्तरीको विष्णुपुर गाउँपालिका–५ मझौउका लक्ष्मण मण्डलका २३ वर्षीय छोरा राजेशकुमार मण्डललाई सार्वजनिक गरेको हो ।

छिन्नमस्ता भगवतीको चाँदीको मुकुट चोरी गरेको आरोपमा पक्राउ गरिएका सप्तरीको विष्णु्पुर गाउँपालिका–५ मझौउ बस्ने २३ बर्षिय राजेशकुमार मण्डल । जिल्ला प्रहरी कार्यालयद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा मण्डललाई सार्वजनिक गरिएको छ । तस्वीरः अरुण यादव, रासस

पक्राउ परेका मण्डलको मानसिक अवस्था सुस्त रहेको अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार गाउँमा एक जनाले भगवतीको मुकुट लिएर हिँडिरहेको भनी प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी टोली पारिचाल गरी छिन्नमस्ता भगवतीको मुकुटसहित मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार पक्राउ परेका मण्डलका साथबाट चाँदीको जस्तो देखिने धातुमा देवीको अनुहार अङ्कित मुकुट र मुकुटमा अङ्कित देवीको नाकमा सुनको जस्तो देखिने धातुको नथिया र निधारमा सुनकै जस्तो देखिने टीकासमेत करिब ५०८ ग्राम तौल रहेको जनाइएको छ । मुकुट चोरी गर्ने मण्डललाई नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक धमलाले बताउनुभयो । सप्तरी सदरमुकाम राजविराजदेखि करिब १३ किलोमिटर दक्षिण भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मा अवस्थित छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको चाँदीको मुकुट (मस्तक) आइतबार साँझ चोरी भएको थियो ।

मुकुट चोरी भएको घटनालगत्तै सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक धमला र सशस्त्र प्रहरीका प्रमुखलगायतका टोली परिचालन गरी मुकुट खोज्नका लागि भारतीय सीमा नाकासमेत सिल गरिएको थियो ।