कञ्चनपुरमा पहिलोपटक पशुमा लम्पी स्किन रोग देखाप¥यो

कञ्चनपुरमा पहिलोपटक पशुमा लम्पी स्किन रोग देखाप¥यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पशुमा देखिने लम्पी स्किन रोग पहिलोपटक यहाँ देखापरेको छ । शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका किसानले पालेका गाई र गोरुमा सो रोग देखापरेको हो ।पशुको शरीरभरि ठूल्ठूला गिर्खासँगै घाउ देखिन थालेकाले स्थानीय किसानले नगरपालिकाको पशु शाखामा खबर गरेपछि जाँच गर्दा जिल्लामै पहिलोपटक सो रोग फैलिएको देखिएको शाखा प्रमुख रामप्रसाद भट्टले बताउनुभयो ।

“यस्तोे सङ्क्रमण अन्य पशुमा फैलिन नदिनका लागि सावधानी अपनाउन किसानलाई सचेत गराएका छौँ । रोग देखापरेका गाई र गोरुलाई अलग्गै राखी सरसफाइ गर्न र आवश्यक औषधि प्रयोग गर्न भनेका छौँ ।” उहाँको भनाइ थियो । छ किसानका दुई दर्जन भन्दबढी पशु एक साता अघिदेखि सो रोगबाट सताइएकामा बाच्छाबाच्छीमा समेत सङ्क्रमण देखापरेको छ । स्थानीय किसानका अनुसार सङ्क्रमित गाई र गोरुले मुखबाट फिँज निकाल्ने, शरीर पूरै तातो हुने र नाकबाट सिङ्गान बग्नेलगायत लक्षण देखिएका छन् । रोग लागेका दुधालु गाईले ह्वात्तै दूध घटाएका छ ।

भारतीय व्यापारीले गाई र गोरु खरिद गरी भारततर्फ लैजाने र त्यहाँबाट यहाँ ल्याउने गरेकाले भारतबाटै रोग फैलिएको हुनसक्ने अनुमान गरिएको स्थानीय किसान वीरसिंह महराले बताउनुभयो । “रोग निराकरणका लागि गाई–गोरुको ओसारपसार र बेचबिखन रोक्नु जरुरी छ”, पशु शाखा अधिकृत भट्टले भन्नुभयो, “सङ्क्रमित गाई र गोरुलाई चराउन लैजाने कार्य बन्द नहुँदासम्म सङ्क्रमण रोक्न कठिन भएकाले त्यस्ता पशुलाई घरमै बाँध्न आग्रह गरेका छौँ ।”  रोगलाई महामारीका रूपमा फैलिन नदिन किसानलाई सतर्क गराइएको उहाँले बताउनुभयो ।

यो पनि – ‘सिजनल फ्लु’ का बिरामी बढे

जिल्लाका अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने वा दुख्ने जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको चाप बढ्दै गएको स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । कार्यालयका अनुसार सन् २००९ देखि नेपालका विभिन्न भूभागमा समस्या देखिँदै आएको छ । विशेषगरी बच्चादेखि वृद्धसम्म यो समस्या देखिने गरेको छ । फ्लुको जोखिममा बालबालिका, गर्भवती र वृद्धवृद्धा बढी पर्ने गरेको कार्यालयका प्रमुख दीपक तिवारीले बताउनुभयो । उहाँका अनुसार सिजनल फ्लुमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने, रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, खाना नरुच्ने, वाकवाकी लाग्ने वा बान्ता हुने, बच्चाहरुलाई झाडासमेत हुने जस्ता समस्या देखिने गर्दछन् ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा विशेषगरी हावाको माध्यमबाट सर्ने यस रोगका विषाणुहरु सामान्य रुघाखोकी जस्तै फैलने उहाँले जानकारी दिनुभयो । बिरामीले कुरा गर्दा, खोक्दा, हाच्छिउँ गर्दा विषाणुयुक्त साना साना पानीका कणहरु वातावरणमा फैलने र सोही माध्यमबाट अरूलाई सर्ने गर्दछ । यो रोग हात, मुख, नाक र आँखाको संसर्गबाट सर्ने हुँदा सबैलाई सजग रहन कार्यालयले अनुरोध गरेको छ । यस्तो समस्या देखिए तत्काल नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा सम्पर्क गरी चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्न उहाँले आग्रह गर्नुभयो । सिजनल फ्लुबाट बच्न खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने, साबुन पानीले हात मिचीमिची धुने, सार्वजनिक स्थानमा जाँदा वा परिवारको स्याहार गर्दा मास्कको प्रयोग गर्ने, पोषिलो झोलपदार्थ र पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्ने कार्यालयले जनाएको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार सिजनल फ्लुसँगै फेरि कोरोनाको खतरा बढ्न थालेको छ । अस्पतालमा आएका बिरामी र बिरामीका आफन्तहरुलाई ज्वरो आएर आउनेको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ज्वरोका कारण परिवार नै सोतर छ, खोकी लागेको छ भन्नेको फोन र म्यासेज आउन थालेको छ ।” अस्पताल आउने बिरामीहरु शय्या खाली नभएर भौँतारिएको उहाँले जानकारी दिनुभयो । अहिले अस्पतालको बहिरङ्ग सेवामा बिरामीको चाप बढ्दै गएको उहाँको भनाइ छ । रासस

यो पनि – म्याद नाघेको किट अस्पतालद्वारा फिर्ता, अस्पताल भन्छ : स्वास्थ्य कार्यालयले सामान नै दिँदैन

कोभिड–१९ का शङ्कास्पद र आकस्मिक उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि कोरोना परीक्षण गर्ने एन्टिजेन किट जनस्वास्थ्य कार्यालय भक्तपुरमा फिर्ता गरिएको छ । सरकारले निःशुल्क परीक्षणका लागि पठाएको उक्त किट स्वास्थ्य कार्यालयले डम्पिङ गरेर राखी म्याद सकिन लागेपछि मात्रै भक्तपुर अस्पताललाई पठाएको भन्दै अस्पतालले कार्यालयलाई किट फिर्ता पठाएको छ ।

कोरोना बिरामीको उपचार गर्दै आएको यहाँको सरकारी ‘भक्तपुर अस्पताल’लाई सरकारले उपलब्ध गराउनुपर्ने किटलगायत विभिन्न स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयले नदिएपछि अस्पतालले वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँग ल्याएर थेग्नुपरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले बताउनुभयो ।जनस्वास्थ्यले अस्पताललाई एन्टिजेन परीक्षणका लागि आवश्यक किट नदिँदा कतिपय अवस्थामा बाध्य भएर अस्पतालले किट खरिद गरेर ल्याउनुपरेको उहाँको भनाइ छ । उहाँले रु दुई हजार पर्ने किट अस्पतालले लक्षण नभएका र निजी प्रयोजनका लागि आउनेसँग रु एक हजार शुल्कमा एन्टिजेन परीक्षण गर्दै आएको बताउनुभयो । अस्पतालले अहिलेसम्म पीसीआर किट वाग्मती प्रदेश सरकारको सहयोगमा र आकस्मिक अवस्थाको प्रयोजनका लागि एन्टिजेन परीक्षणका लागि किट खरिद गरेर ल्याउने गरेको छ ।

अस्पताललाई स्वास्थ्य कार्यालयले किट नै नदिने गरेको अस्पतालको गुनासो छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालका अनुसार अस्पतालाई स्वास्थ्य कार्यालयले निःशुल्क किट उपलब्ध गराउनुपर्ने भए पनि विगतमा पटकपटक माग गर्दा नदिएपछि बाध्य भएर अस्पतालले किन्नु परेको हो ।स्वास्थ्य कार्यालयले अस्पताललाई केही दिनअघि म्याद सकिन लागेको एन्टिजेन किट पठाएपछि अस्पतालले त्यस्ता किट फिर्ता गरिदिएको उहाँले बताउनुभयो । अस्पतालका मेसु डा गौतमले कार्यालयले अत्यावश्यक यस्ता किट म्याद नै सकिने गरी डम्पिङ गरेर राख्न नहुने भन्दै स्वास्थ्य कार्यालयले अस्पतालसँग सरोकार नै नराख्ने गरेको गुनासो गर्नुभयो ।

कार्यालयले अस्पतालमा सञ्चालनमा रहेको खोप केन्द्रका लागि पठाउनुपर्ने स्वास्थ्यकर्मीसमेत नपठाउँदा खोप केन्द्र नै प्रभावित भएको अस्पतालको गुनासो छ । आएका स्वास्थ्यकर्मी पनि १० देखि १२ बजेसम्म मात्रै खोप केन्द्रमा बसेर जाने गर्दा केन्द्रका लागि अस्पतालले अन्य सेवामा कार्यरतलाई खटाउनुपर्ने बाध्यता आएको अस्पतालको भनाइ छ । स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले कोरोनाको शङ्का लागेको व्यक्तिको वडा तहका हेल्थ पोस्टसम्ममा एन्टिजेन परीक्षण निःशुल्क गरिने बताउँदै निजी तथा सरकारी अस्पतालले पनि एन्टिजेन परीक्षण निःशुल्क गर्नुपर्ने बताउनुभयो । मिजारले भन्नुभयो, “भक्तपुर अस्पताललाई किट पठाएका हौँ, मिति सकिन लागेको भनेर फिर्ता पठायो, त्यो मिति रहेसम्म कार्यालयले पठाएको किटको प्रयोग गरेको भए हुन्थ्यो ।” अस्पतालले माग गरेर पठाए आवश्यक सामग्री पठाउने उहाँको भनाइ थियो ।

अस्पतालले कोरोना भाइरसका लक्षण देखिएका बिरामीको निःशुल्क र लक्षण नदेखिएका तथा विदेश जाने वा अन्य निजी प्रयोजनका लागि पीसीआर तथा एन्टिजेन परीक्षणमा आउने व्यक्तिहरुसँग भने सरकारले नै निर्धारण गरेको शुल्क लिने गरेको मेसु गौतमले बताउनुभयो । अस्पतालले यहाँ आएका १४ हजार ८७६ को पीसीआर परीक्षण गरिसकेको छ । रासस