पर्यटन व्यवसायीलाई यथाशक्य खोप उपलब्ध हुन्छ : राज्यमन्त्री श्रेष्ठ

पर्यटन व्यवसायीलाई यथाशक्य खोप उपलब्ध हुन्छ : राज्यमन्त्री श्रेष्ठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ साउन । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई यथाशक्य खोप उपलब्ध गराउने बताउनुभएको छ । होटल सङ्घ नेपाल(हान)का अध्यक्ष सिर्जना राणासहितको प्रतिनिधिमण्डलसँगको भेटमा राज्यमन्त्री श्रेष्ठले सो आश्वासन दिनुभएको हो । हानले आज जारी गरेको विज्ञप्तिमा कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेका विश्वका कतिपय मुलुकका नागरिक नेपाल आउन तत्पर रहेकाले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई खोप उपलब्ध गराउन माग गरिएको छ । अध्यक्ष राणाले कोभिड–१९ को महामारीबाट आन्तरिक पर्यटन विस्तारै चलायमान हुन थालेकाले यस क्षेत्रमा संलग्न पर्यटन व्यवसायीतथा श्रमिकलाई खोप उपलब्ध गराउन आग्रह गर्नुभयो । रासस

यो पनि – काठमाडौँ उपत्यकामा २७ गते सम्म निषेधाज्ञा गर्ने निर्णय

काठमाडौं, १९ साउन ।काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा आगामी श्रावन २७ गते सम्म थपिएको छ । काठमाडौँ उपत्यकाका तिनै प्रमुख जिल्ला अधिकारीको बैठकले श्रावन २१ गतेदेखि २७ गते मध्यरातसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निशेधाज्ञा अबधिभर सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई कानूनी का.रवाही गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।

निषेधाज्ञा अवधिभर भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभत्तेर आदि गर्न पाइनेछैन । त्यस्तै रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल संचालन गर्न पाइने छैन । यसअघि प्रशासनले लगाएको निषेधाज्ञा श्रावन २० गते सकिँदै छ । शैक्षिक संस्थाहरु पनि भौतिक उपस्थितिमा संचालन गर्न पाइने छैन । जिल्ला प्रशासन कार्यालयवारा जारी आदेशको पूर्ण पाठ तल पढ्नुहोस :

कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय, कोभिड-१९ साट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको  अधिकार प्रयोग गरी यस जिल्लामा मिति २०७८/०४/२१ गतेबाट २०७८/०४/२७ गतेसम्म लागू हुने गरी तपसिल बमोजिमको व्यवस्था गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।

क निषेध गरिएका गतिविधिहरु :

१. सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेस्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरज्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको सेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम संचालन गर्न/ गराउन नपाउने ।

२. खुला स्थानमा मानिसहरु भेला जम्मा हन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न/ गराउन नपाउने । यस व्यवस्थालाई थप कडाईका साथ लागु गरिने ।

३. पुजारीबाट हुने नित्य पूजाबाहेकका अन्य धार्मिक तथा सांस्कतिक गतिविधिहरु संचालन गर्न नपाउने।

४. शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्यूसन सेन्टर, कोचिङ्ग सेन्टर, तालिम केन्द्र) ले भौतिक उपस्थितिमा पठन पाठन गर्न गराउन नपाउने।

५. स्थानीय टुबानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न नपाउने।

ख. संचालन गर्न पाउने गतिविधीहरु : १. व्यवसाय संचालनको हकमाः

क, औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्वाध रुपमा संचालन गर्ने ।

ख. बुदाँ नं. (१) क मा उल्लेख भएबाहेकका अन्य पसल तथा व्यवसायहरु साँझ ७:०० बजेसम्म संचालन गर्न पाइने । पसल तथा व्यवसाय संचालन गर्दा कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्यरुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने। यदि तोकेबमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमनको क्रममा भेटिएमा पसल तथा व्यवसाय तत्काल बन्द गर्न सकिने। ।

ग. अत्यावश्यक वस्तुहरुको अनलाईन अर्डर, रेष्टुरेण्ट तथा फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि मात्र काठमाडौँ उपत्यकाभित्र साँझ ७:०० बजेसम्म संचालन गर्ने।

२. सर्वसाधारणको आवतजावतको हकमाः क. घरबाट बाहिर निस्किँदा दुई व्यक्ति धीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्ने। अनिवार्य रुपले मास्कको प्रयोग गर्ने। पटक-पटक साबुन पानीले हात धुने वा सैनिटाइजरको प्रयोग गर्ने ।

३. सवारी साधन संचालनको हकमाः क. काठमाडौं उपत्यकाभित्र संचालन हुने सार्वजनिक सवारी साधनहरु स्वीकृत सिट क्षमता अनुसार देहायका मापदण्ड पालना गर्ने गरी संचालन गर्ने। कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्र नराख्ने ।
सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउने । → मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने । चालक र सहचालकले अनिवार्य मास्क र भाइजर र पन्जा लगाउने – सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने → अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नु पर्ने ।

ख. सफा टेम्पो तथा निलो माइकोले बँदा नं. ३(क) लगायत देहायका मापदण्ड पालना गरी संचालन गर्ने । पछाडी तेस्रो सिटमा ४/४ जनाको दरले ८ जना र चालक छेउमा १ जना गरी कूल ९ जना यानुभन्दा नबढाउने। , सवारीको मध्य भागमा दुईतर्फी यात्रुहरु छुटपाउने गरी प्लास्टिकको छेकबार लगाउने।

ग. उपत्यकाभित्र संचालन हुने निजी सवारी साधनका हकमा स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गरी संचालन गर्ने।

घ. मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधन स्वास्थ्य मापदण्डको पूर्ण परिपालना हुने गरी मात्र संचालन गर्ने।

ङ. सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म संचालन गर्ने। च, सवारी साधन प्रयोग गर्दा स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गर्नुपर्ने।

४. परीक्षा तथा अन्य विषयको हकमाः

क, विभिन्न निकायबाट संचालन हुने सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षाहरु देहाय बमोजिम शर्त पालना गर्ने गरी संचालन गर्ने । परीक्षा संचालन हुने कुनै एक स्थान (Venue) हल तथा कोठाको आकार अनुसार २५ जनाभन्दा बढी मानिसहरु भेला जम्मा नहुने गरी परीक्षा संचालन गर्ने । । परिक्षार्थीहरु हलमा प्रवेश गर्नु पूर्व र परीक्षा समाप्त भएपश्चात नेपाल सरकारले तोकेको मापदण्ड बमोजिमको भौतिक दूरी कायम हुने व्यवस्था मिलाउने । एउटा Shift का सबै व्यक्तिहरु परीक्षास्थलबाट पूर्णरुपमा बाहिरिए पछि मात्र शिकों Shift सँग सम्बन्धित व्यक्तिहरु प्रवेश गर्न मिल्ने गरी फरक समय राख्ने । परीक्षा संचालनका क्रममा जनस्वास्थ्यका मापदण्डहरुका अनिवार्य पालना गरी मास्क तथा सेनिटाइजरको उचित प्रयोग गर्नुका साथै प्रत्येक Shift मा परीक्षा हल अनिवार्यरुपमा स्यानिटाइज गर्ने।।

ख, गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षणजस्ता क्रियाकलापहरु संचालन गर्दा भर्चुअल माध्यमबाट गर्ने।

५. कोभिड १९ को लक्षण देखिएका तथा संक्रमितको सम्पर्क (Contract Tracing) मा परेका व्यक्तिहरुले नेपाल सरकारले निशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पिसिआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसंग सम्पर्क गरी परीक्षण गराउन, भिडभाडबाट बच्न तथा बचाउन सतर्क रही स्वास्थ्य मापदण्डको प्रभावकारी पालना गर्ने गराउने अनुरोध छ। प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन गरिनेछ । अनुगमनको क्रममा यस आदेशको अवज्ञा भएको पाइएमा कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारवाही हुनेछ। संक्रमण बढ्न गएमा यस आदेशमा भएका व्यवस्थाहरु कुनै पनि बेला पुनरावलोकन गर्न सकिनेछ।