श्रीमानलाई बिदेश पठाएर परपुरुषसंग राती ८ बजे बन्द कोठा भित्र श्रीमती रंगेहात पक्राउ, प्रहरी पुग्दा जे भयो (भिडियो)

श्रीमानलाई बिदेश पठाएर परपुरुषसंग राती ८ बजे बन्द कोठा भित्र श्रीमती रंगेहात पक्राउ, प्रहरी पुग्दा जे भयो (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ श्रावन । रोजगारीको शिलसिलामा लाखौ युवाहरु यतिबेला परदेशमा रहेका छन । देशमा रोजगारीको अवसर नहुदा आफ्नो परिवारलाई छोडेर समुन्द्र पारी जानु पर्ने वाध्यता नेपाली युवाहरुको रहदै आएको छ । रोजगारीको सिलसिलामा आफ्नो परिवारलाई छोडेर परदेशमा जानुको पिडा त छदै छ । तर बैदेशिक रोजगारीले कत्तिको पारिवारिक सम्बन्ध नै डामाडोल पनि हुने गरेको छ । त्यस्तै पारिवारिक विचलनको एक घटना यतिबेला सामाजिक संजालमा सार्बजनिक भएको छ ।

नुवाकोट बेलकोटगढी नगरपालिका ७ का २५ वर्षीय सन्तोष सुनार ऋण तिर्न भनेर बैदेशिक रोजगारीको सिलसिलामा १९ महिना अगाडी दुबई जान्छन । उनले आफ्नो २१ वर्षीय श्रीमती मनिषा सुनार र छोरालाई घर मै छोडेर सुनौलो भविष्यको कल्पना गर्दै विदेशिन्छन । तर विदेश गएको ३ महिना मै सन्तोषको श्रीमतीसंग खटपट पर्न थाल्छ । श्रीमतीले आफुसंग गर्ने व्यवहारमा परिवर्तन आएपछि सन्तोषले गाउका अन्य आफन्तलाई श्रीमती बारे चियोचर्चा गर्न लगाउछन । त्यहाँबाट पाएको सुचनाले सन्तोष छागाबाट खस्छन । उनको श्रीमती त अर्कै परपुरुषसंग सम्बन्धमा पो पुगिसकेका रहेछन ।

छोरालाई समेत छोडेर श्रीमती अर्कै पुरुषसंग हिडेको थाहा पाएपछि सन्तोष नेपाल आउछन । नभन्दै उनले गत तिन महिना देखि नुवाकोट तारकेश्वर गाउँपालिका ४ का सन्तोष सदा संखरसंग एकै कोठामा बस्दै आएको फेला पार्छन । विवाहेत्तर सम्बन्धमा रहेका मनिषा जस्तै संखर पनि विवाहित नै हुन्। आफु अन्यायमा परेको भन्दै सन्तोषले मिडिया र प्रहरीको सहयोगमा उनीहरुलाई कोठा मै रंगेहात पक्रन्छन । संखर र मनिषाले आफ्नो गल्ति स्विकार्छन ।

यो त एक प्रतिनिधि घटना मात्र हो । वैदेशिक रोजगारीको सिलसिलामा गएका महिला पुरुषहरु धेरैको सम्बन्ध बिग्रेको समाजमा देख्न सकिन्छ । यस्ता घटनाहरुबाट पाठ सिकेर पारिवारिक कलहलाई कसरी न्यूनीकरण गर्ने भन्ने सोचनीय हुन्छ । प्रहरीको रोहबरमा श्रीमती पिडित सन्तोष पुग्दा परपुरुषसंग बसिरहेको श्रीमती मनिषाको कोठामा यसरी रंगेहात पक्राउ परेकी थिइन । भिडियो यहाबाट हेर्न सकिन्छ ।

यो पनि – आजको राशिफल : वि.सं.२०७८ साल साउन २० गते । बुधबार । ईश्वी सन् २०२१ अगष्ट ०४ तारिख

वि.सं.२०७८ साल साउन २० गते । बुधबार । ईश्वी सन् २०२१ अगष्ट ०४ तारिख । नेपाल संवत् ११४१ । रा.क्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– एकादशी, दिउसो ०२ बजेर १८ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– मृगशिरा, रातको ०४ बजेर ३१ मिनेट उप्रान्त आद्रा । योग– व्याघात, रातको ०१ बजेर ५९ मिनेट उप्रान्त हर्षण । करण– बालव,दिउसो ०२ बजेर १८ मिनेट उप्रान्त कौलव,रातको ०३ बजेर १२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–बृष,दिउसो ३ बजेर १९ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४९ मिनेट । दिनमान ३३ घडी २० पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा कुटुम्बलाई समय दिन नसक्दा तपाईबाट टाडिनेछन् । मोजमस्ति तथा रमाईलो तिर ध्यान जादा स्वास्थ्य सम्बन्धि समस्या आउँन सकछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न निकैनै समय लगानि गर्नुपर्नेछ । बोल्दा वा कुनै सभा समारोहमा सहभागि भई प्रस्तुति दिदा ख्याल गर्नुहोला बोलिको प्रभाव घट्ने तथा गलत अर्थ लाग्ने प्रस्तुति हुँन सक्छ । साझको समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) तपाईको बि.रुद्ध नकारात्मक कैचि चलाउनेहरु आफै किनारा लाग्नेछन् । कुनै प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ । राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुहएकोछ भने पद प्राप्तीको गतिलो योग रहेकोछ । नया प्रकृतिका बिलाशी तथा फेन्सि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा एक अर्कालाई शंका तथा अबिश्वास गर्दा समस्या आउन सक्छ ध्यान दिनुहोला । कानुन तथा निति नियमको उल्लङघन गर्दा जरिवाना तिर्नु पर्ने हुनसक्छ । आफन्त तथा अग्रजहरु सँग राय बाजिने तथा बिछोड सम्मको अवस्या आउन सक्छ । बिदेशी लगानि बाट सञ्चालित सस्थाहरुमा काम पाउने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिभिन्न स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन तथा सम्पनि कमाई गर्न सकिनेछ । घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा रमाउने जोडीहरुका लागी समयले साथ दिनेछ । उचित समयमा दाजुभाई तथा अग्रजबाट पाईने सहयोगले एक कदम अगाडि बढ्न सकिनेछ । साझको समयमा यात्रा गर्दा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समाजसेवा तथा राजनीति गर्नेहरुले जनताबाट अप.मान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुको आलोचना खप्नु पर्नेछ । लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दै हुनुहुन्छ भने सचेत हुनुहोला डकुमेन्ट नमिलेर झन्झट बेहोर्नु पर्ला । साझको समय राम्रो रहेकोले राजनीति तथा सामाजिक काममा जनताको गतिलो समर्थन रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । साझबाट समय राम्रो रहेकोले रोकिएका कामहरु बन्नेछन् ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) मनपरेको भौतिक बस्तु तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्लित हुनेछ । व्यापारको शिलशिलामा लामो दुरिको उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने व्यापार बिस्तार गरि मनग्गे आम्दानि गर्न सकिनेछ । जीवनसाथि तथा आफ्नो बिषेश मानिसको सहयोगले आम्दानिको दायरा बढाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा तपाईले गरेको लगानिबाट सार्थक नतिजा आउँनाले मन प्रशन्न हुनेछ । साझपख भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लगनशिल तथा ईमान्दारिता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न गर्न सकिनेछ भने आर्थिक रुपमा सबल हुँने समय रहेकोछ । बिशिष्ट व्याक्तिहरुको संगतले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न हुनेछ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य मौषमि रोगको प्रकोप भने देखिन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेमका कोपिलाहरु नचाहादा नचाहादै फक्रन नपाउँदा मनमा तनाब पैदा हुनेछ । बिभिन्न कारणले अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा नतिजा अरुकै पोल्टोमा पर्नेछ । समय तालिका अनुशार नचल्नाले दुख पाईनेछ भने अरुकै काममा समय बित्नेहुदा आफ्नो काम थाति रहनेछ । साझको समय राम्रो रहेकोले आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आमा वा आमा सोसरहका मानिसको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके उपलब्धि हुँने काम गर्न सकिनेछ । कृषि तथा पशुपान व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने पढाई लेखाईमा अरुदिन भन्दा बढि समय दिन सक्दा सफलता हात लाग्नेछ । प्रेम प्रशङगमा खुलेर रम्ने समय नरहेकोले ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाईदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ । साझपख यात्रा गर्दा ध्यान दिनुहोला ।

तपार्ईँको दिन शुभ रहोस् ।

यो पनि – साप्ताहिक राशिफल : साउन १७ गते आईतबारदेखी साउन २३ गते शनिबारसम्मको

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको पहिलो दिन अर्थात आईतबार समय मध्ययम रहेकोले आर्थिक ब्याबस्थापनको अभावले व्यापार व्यावसायमा आउँने बिभिन्न अवसरहरु गुम्नेछन् । तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । सोमबारदेखि समय उत्तम रहेकोले पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुनालेजस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ । टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । नयाँ नयाँ काम गर्ने अवसर प्राप्त हुने तथा पदोन्नति हुने योग रहेको छ । कार्यक्षेत्रमा सबैको मन जित्न सकिनेछ भने तपाईको काम देखि सबै प्रभावित हुनेछन् । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हटाउँदै नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बडेर जानुको साथै परिवारका मानिसबाट तपाईको काममा सहयोग तथा समर्थन प्राप्त हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । भाग्यले साथ दिने हुदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । पुराना साथिभाई सँग भेटघाट गरि नँया योजना प्रस्तुत गर्न पाउँदा गर्बको महशुस हुनेछ । परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुनेछ । पढाई लेखाईमा सुधार हुनुको साथै खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । सोमबार र मंगलबारको समय मध्ययम भएकोले हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । साथिभाई हरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा) साता उत्तम रहेकोले न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुने हुनालेघर परिवारमा खुसियालि छाउँनेछ । प्रतिश्पर्धामा पतिश्पर्धिहरुलाई हराउँदै सम्मानजनक पद प्राप्त गर्न सकिनेछ भने बिपक्षिहरु आफै किनारा लाग्नेछन् । ब्याबसायिक यात्राको क्रममा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्न अवसर प्राप्त हुनेछ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ । अध्ययनमा समय दिने बिद्यार्थि वर्गहरुले थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा हात पार्नेछन् । हप्ताको अन्तमा यात्राको अधिक सम्भावना रहेकोछ ।

कर्कट (ही,हू ,हे,हो,डा,डी,डु,डे,डो) नयाँ नयाँ कामको प्रस्ताब आउने तथा अल्झेर बसेका कामहरु फत्ते हुनेछन् । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ भने जीवन साथिबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । बादबिवाद तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् भने सामाजिक काम गरि अरुको मन जित्न सकिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुनालेमन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साताको पहिलोदिन आईतबार समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा जनताको मन जित्न राम्रा काम गर्दा गर्दै पनि बिपक्षीहरुले अनाबस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् ख्याल गर्नुहोला । सोमबारबाट समय राम्रो रहेकोले सवारि साधन तथा भौतिक सम्पति लाभ हुने तथा चिठ्ठा पर्ने योग रहेकोछ । बौद्धिक कार्यमा सहभागि भई बौद्धिक तथा प्राज्ञिक ब्यात्तित्व सामु गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुनालेमन प्रशन्न हुनेछ । नयाँ नयाँ कामको प्रस्ताब आउने तथा अल्झेर बसेका कामहरु फत्ते हुनेछन् । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ भने जीवन साथिबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । ऋण,रोग तथा सत्रुबाट छुटकारा मिल्नेछ । संकट ब्याबस्थापनका लागी चालिएको कदमबाट सकारात्मक नतिजा आउने हुनालेमन प्रशन्न रहनेछ

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले पराक्रम बढ्ने हुनाले आटिलो तथा शाहसिलो काम गर्न जोस जागर बढेर जानेछ । उद्योग,व्यापार व्यावसायमा गरिएको लगानिबाट भरपुर आम्दानि गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुनालेमन प्रशन्न हुनेछ । साथिभाई तथा परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हुनेछ । व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिने हुनालेअन्य क्षेत्रमा पनि रुपैया पैसा लगानि गर्न आट आउँनेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले सामाजिक तथा राजनितिक बिषयहरुको उठान आज नगर्नु नै उचित हुनेछ किनकि त्यस्ता बिषयसँग सम्बन्धित मुद्दाहरु आज किनारा लाग्ने छैनन् । आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुदा आफ्नो काम थाति रहनेछन् । लामो दुरिको यात्रा हुने अधिक सम्भावना रहेकोछ । घर परिवार तथा आफन्त सँग छुट्टिएर यात्राको तय गर्नुपर्दा मनमा खिन्नता पैदा हुनेछ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू ,ते) पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्ब सँगको सम्बन्धमा नयाँ आयामको बिकास हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहन तथा बिद्या तथा प्रतिश्पर्धामा सफलता प्राप्त हुनेछ । माया प्रेममा आफ्नो मायालुसँग दिनभरु सँगै रहेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा सहकारि क्षेत्रलाई समय सापेक्ष परिमार्जन गरि भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । राजतिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुदा मन प्रशन्न रहनेछ । साताको अन्तको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला । बिदेश यात्राको गतिलो योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू) धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको प्रखर बोलिले सबैको मन जित्नेछ भने सार्वजनिक बिषयबस्तुको राम्रो सँग अध्ययन गरि गरिने निर्णयलाई सबैले सम्मान गर्नेछन् । गित संगित तथा मोडलिङ पेशा व्यावसाय अगाल्नेहरुलाई आजको दिन मनग्गे आम्दानि हुनेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनुको साथै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो,रमाईलो तथा अर्थपुर्ण यात्राको तय गर्न सकिनेछ । लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल भएर जानेछन् भने अदालत तथा न्यायलयबाट हुने न्यायिक निणय हरु तपाईकै पक्षमा हुनेछन् । मनग्गे रुपैया पैसा कमाईने हुदा अन्य क्षेत्रमा लगानि गर्ने जोस जागर आउँनेछ । पढाई लेखाइमा दुई चार कदम अगाडि बढेर प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफनो पक्षमा पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू ,ध,फा,ढा,भे) साताको पहिलो दिन अर्थात आईतबारको समय मध्ययम रहेकोले कार्यक्षेत्रमा आफुभन्दा अग्रज ब्यात्तित्वहरु सँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुदा मानशिक तनाब बढ्नेछ । सोमबारबाट जीवन साथिसँग रमाईलो स्थानको अवलोकन गर्न लामो दुरिको भ्रमण तय हुनेछ भने ब्याबसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । धार्मिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । नयाँ कामको थालनि हुने तथा आर्थिक उन्नतिमा नयाँ अवसरहरु मिल्नेछन् । सम्मानित काम गरेर समाजमा नाम,दाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । तपाईको कामबाट बिशिष्ट ब्याक्तित्वहरु प्रफुल्लित हुनेछन् । राजनितिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरेर प्रसिद्धि कमाउँने समय रहेको छ भने अरुलाई प्रभावमा पारेर आफ्नो काम फत्ते गर्न सकिनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साताको शुरु र अन्तको समय राम्रो रहेकोले थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ भने महत्वपुर्ण जिम्मेवारि सम्पादन गर्ने जिम्मा तपाईको काँधमा आउनेछ । कला,साहित्य तथा नृत्य प्रतियोगितामा सहभागि भई प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिने हुनालेआफन्त तथा साथिभाईहरु खुसि हुनेछन् । माया प्रेम तथा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले आफन्त तथा चेलीमाईति बिच राय बाजिनेछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । ऋण,रोग तथा संकटले सताउँनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू ,से,सो,दा) नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुने योग रहेको छ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । बिभिन्न किसिमका मानव निर्मित भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले यो साता रमाईलोका साथ बित्नेछ भने ईच्छित कामनाहरु पुरा हुने समय रहेको छ । अधुरा कामहरु पूरा हुनुका साथै नयाँ कामका अवसर आउनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको व्यावसाय फस्टायर जानेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् । हप्ताको अन्तमा भौतिक सम्पति तथा हार्डवयेर सँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाई लेखाईमा राम्रो प्रगति हुनेछ भने बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा सहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो झनै कसिलो हुनेछ । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बादबिवाद, प्रतिश्पर्धा तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । उद्योग व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुने हँुनाले मन प्रशन्न रहनेछ । लेखन कलाको बिकाश हुनेछ भने लेखेरै आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ । आत्मिय मित्रहरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग मिल्नेछ । साताको अन्तमा लामो दुरिको व्यावसायिक यात्रा हुने प्रवल योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस ।