काठमाडौं, २० श्रावन। महाकवि लक्ष्मीप्रसाद देवकोटाको दशकौ पुरानो घर भत्काइएको छ । काठमाडौँको मैतीदेवीस्थित रहेको उक्त घर देवकोटा संग्रहालय बनाउनका लागि भत्काउन थालिएको हो । कविकुञ्ज नाम दिइएको देवकोटा निवासलाई नेपाल प्रज्ञा प्रतिष्ठानको पहलमा संग्रहालय बनाइँदै छ । महाकवि देवकोटा र उहाँका परिवार सोहि घरमा लामो समय बसेका थिए ।
देवकोटाको उक्त पुरानो घर भत्काउदा महाकवि देवकोटा पुत्र पद्म देवकोटाले दुःख व्यक्त गर्नुभएको छ । अंग्रेजी साहित्यका प्राध्यापक डाक्टर पद्म देवकोटाले पुरानो घर भत्किदा निक्कै भावुक स्टाटस समेत लेखेका छन । ‘आफू जन्मेको, हुर्केको घर भत्काएको देख्दा मनमा अनेकौ तरंग उत्पन्न हुँदा रहेछन् । दुख्दो पनि रहेछ । कोठा–कोठाको याद वैरिएर आएका छन्, यसपालि ।’ – देवकोटा लेख्छन ।
यो पनि – भेरोसेलको दोस्रो मात्रा यही साउन २२ गते शुक्रबारदेखि
काठमाडौँ, २० साउन । सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो । गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । पहिलो मात्रा लगाएको २१ दिन पुगेका सबैलाई दोस्रो मात्राको खोप दिन थालिएको हो । आफूलाई पायक पर्ने काठमाडौँ जिल्लाका ४२ वटा खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरिएको छ । काठमाडौँ महानगरपालिकामा ३२ वडा र अन्य नगरपालिकाका १० खोप केन्द्र रहेका छन् । मन्त्रालयले खोप लगाउन बाँकी भएका व्यक्तिलाई मन्त्रालयको वेबसाइट धधध।खबअअष्लभ।mयजउ।नयख।लउ मा गएर दर्ता गर्नसमेत आग्रह गरेको छ । अहिलेसम्म नेपालमा करिब ९७ लाख खोप आइसकेको छ भने २० लाख दुई हजार ७०३ पूर्ण र ४२ लाख ५४ हजार ५४० पहिलो मात्रा खोप लगाइसकेका छन् । रासस
यो पनि – एउटा खोपका लागि वृद्ध राईको सङ्घर्ष
फिदिम, २० साउन (रासस) : कोभिड–१९ दोस्रो लहर जिल्लामा फैलनुअघि नै ज्येष्ठ नागरिकहरु तथा अत्यावश्यक सेवाका व्यक्तिहरुलाई कोभिशिल्ड खोप दिन थालिएको थियो । दोस्रो डोज नआए पनि १३ हजारभन्दा बढीले कोभिशिल्ड खोप लगाए जिल्लामा । त्यसपछि आउन थाल्यो भेरोसेल । यस पटकसम्म तीनपटक भेरोसेल खोप लगाउने अभियान चलिसक्यो । यस क्रममा ६० वर्षका नागरिकदेखि कर्मचारी, जनप्रतिनिधि लगायतले यो खोप पाए तर कतिपयले खोप लगाउन वास्ता गरेनन् । कसैले अफवाहका पछि लागेर खोप लगाउन मानेनन् । कतिपयले खोप लगाउन पाउने कुराको जानकारी नै पाएनन् ।
कोभिड–१९ को पहिलो लहरले पाँचथरको ग्रामीण जनजीवनमा ठूलो प्रभाव पारेन । गाउँमा निकै न्यून सङ्क्रमित हुनाले जनजीवन सहज र नियमित गतिमै अगाडि बढ्यो । दोस्रो लहरको प्रभाव भने निकै गहिरो भयो । तीन हजार ३०० भन्दा बढी जिल्लावासी दोस्रो लहरबाट सङ्क्रमित भइसक्दा गाउँ–बस्तीहरुको धारणा बदलिएको छ । गाउँभरि मान्छेहरु बिरामी पर्ने, सामान्य औषधिसमेत नपाइने र कोभिड–१९ सङ्क्रमणको महामारीले आतङ्कको स्वरूप लिएपछि मानिसहरु थोरै भए पनि सचेत हुनेतर्फ लागे ।
दोस्रो लहरले ल्याएको आतङ्कले आम मानिसमा कोभिड–१९ विरुद्धको खोप लगाउनै पर्ने रहेछ भन्ने सन्देश दियो । त्यही कारण खोप केन्द्रहरुमा मानिसहरुको भीड लाग्न थाल्यो । गएको शनिबारदेखि मङ्गलबारसम्म चलाइएको भेरोसेल खोप दिने अभियानमा ठूलै भीडभाड देखिए तर यही भीडभित्र बेथितिसँग मौन आन्दोलन गर्दै गर्दा भेटिनुभयो ७७ वर्षीय रामकुमार राई । धेरै टाढा त होइन, फिदिम नगरपालिका–१ दुमाका रामकुमारले ‘खोप लगाए कोरोना लागिहाले पनि धेरै गाह्रो पर्दैन’ भन्ने सुन्नुभएको रहेछ ।
सोमबार दिउँसो करिब २ बजे स्वास्थ्य कार्यालय पाँचथरमा खोप लगाउँदै गरेको स्थान छेउ अन्य ज्येष्ठ नागरिकसँग भेटिनुभयो उहाँ । बिहान ११ बजेतिर खोप केन्द्र आई नागरिकताको प्रमाणपत्र बुझाउनुभएका राईले समयमै खोप पाइएला र लगाउँला भन्ने सोच्नुभएको रहेछ तर पालो नआएपछि कतै पालो आइहाल्ला कि भनेर ८७ वर्षीय छिमेकी श्रीभक्त राईसँगै उहाँ कहिले खोप लगाएको ठाउँ पुग्नुभयो त कहिले खोप कार्ड वितरण भइरहेको स्वास्थ्य कार्यालयको ढोकाअघि ।“अघि ११–१२ बजेतिर आएको थिएँ । नागरिकता पनि बुझाएको छु । पानी पर्न आँटिसक्यो । हाम्रो पालो आउँदैन रे ?”, यहाँ आउनुभएको कति समय भो भन्ने प्रश्नमाथि प्रतिप्रश्न गर्दै राईले भन्नुभयो, “अहिले आउँदै गरेको मान्छेहरु सुई हानेर गइसके । हाम्रो पालो किन आएन ? बुझिदिनुस् न ।”
पानी झर्नै आँटे जसरी आकाशमा बादल मडारिरहेको थियो । स्वास्थ्य कार्यालय परिसरमा ठेलमठेल गर्दै मानिसहरु खोप लगाउने अवसर खोजिरहेका थिए तर डाँडाको घामजस्तो उमेरका राईलाई पानीबाट जोगिएर कसरी सुरक्षितरूपमा घर पुग्नु भन्ने चिन्ता थियो । पानी परिरहने, घर जाने बाटोमा छेउभित्ता खसिरहने डरले राईको मन घरैमा पुगिसकेको थियो । उहाँ घरी घर हिँडिहाल्न खोजेर स्वास्थ्य कार्यालयको गेटमा पुग्नुहुन्थ्यो त घरी भीडको पछिल्तिर आएर नाम आइहाल्ला कि भनेर सुन्नुहुन्थ्यो तर ११ बजेदेखि ३ः४५ बजेसम्म बस्दासमेत उहाँको पालो आएन ।
हुन् त उहाँको पालो आओस् पनि कसरी ? उहाँको नाम कागजमा टिपेर सुटुक्क भित्र पु¥याई खोप कार्डमा नाम लेखेर बाहिर ल्याइदिने कोही थिएन । उहाँले चिनेको न ठूलो मान्छे थियो, न ठूलाहरुले उहाँलाई नै चिन्थे । चाउरी परे पनि उज्यालो अनुहार भएको, कपाल ढाकेर ढाका टोपी लगाएको, मुख छोपेर मास्क लगाएको, दौरा सुरुवाल र इस्टकोट लगाएको, एक हातमा पाइप र बाँस जोडेर बनाएको लौरो टेकेको, अर्को हातले छाता च्यापेको, प्लाष्टिकको जुत्ता लगाएको खोपको एक असली हकदारलाई चिन्न न त्यहाँ जनप्रतिनिधि थिए, न कर्मचारी । गर्मी र भीडले निस्सासिएर ड्युटी गरिरहेका प्रहरीले त्यस्तो ख्याल गर्न सक्ने अवस्था थिएन । अरूलाई त कसरी आफन्त, घरपरिवार, पार्टी र गुटका मान्छेलाई खोप दिने भन्ने चिन्ता थियो ।
सुरुमा बूढापाकाले खोप पाउने हो भन्ने सुन्नुभएका उहाँ सबै आशा मरेपछि “नागरिकता फिर्ता पाइयो भने घर लाग्छु” भन्दै स्वास्थ्य कार्यालयको ढोकाअघि भुईंमा बस्नु भयो । उहाँसँगै थिए श्रीभक्त राई, श्रीभक्तकी श्रीमती, फिदिम–४ का पदमबहादुर चौहानलगायत आठ–दशजना ज्येष्ठ नागरिक ।स्वास्थ्य कार्यालयभित्र खोपको प्रपञ्च गरिरहेका स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु तथा खोपको प्रबन्धका लागि बसेकाहरुले खोप सकियो भन्ने सन्देश बाहिर पठाए । त्यही बेला ढोकामा ज्येष्ठ नागरिकहरु ‘सानो मुख’ गरेर बसिरहेका थिए । उनीहरु न अरू जस्तो उफ्रिन र जोरजबर्जस्ती गर्न सक्थे, न त पहुँचवालासम्म पुग्न नै । ‘निरीह’ ज्येष्ठ नागरिकहरुसँग मौन आन्दोलन गर्नुको विकल्प थिएन ।
खोप सकियो भन्ने सुनेपछि रामकुमार राईसहितका ज्येष्ठ नागरिकहरु नागरिकताको प्रमाणपत्र फिर्ता खोज्दै हुनुहुन्थ्यो । यत्तिकैमा फिदिमका युवाहरुको समूहले आपत्ति जनायो । “घण्टौँदेखि ढोकामा बसेका बा–आमालाई कसरी खोप दिँदैनौ हेरौँ त !” बाहिर आवाज उठ्यो । न मापदण्ड र उमेर समूह नै । पहुँचका आधारमा खोप वितरण गर्नेहरुका पसिना अब भने छुटे । हस्याङफस्याङ रामकुमार, श्रीभक्त, पदमबहादुरसहितका ज्येष्ठ नागरिकहरुलाई खोप दिइयो । अब त ज्येष्ठ नागरिकहरुले न पालो पर्खनु प¥यो, न लाइन नै लाग्नु । “बाबु अन्तिममै भए पनि सुई लगाउन पाएँ”, खोप लगाएपछि रामकुमारले भन्नुभयो, “पानी झर्न लाग्यो । हामी चाहिँँ लाग्यौँ है ।”
सरकारले ५५ वर्ष माथिका सबै नागरिकलाई भेरोसेलको खोप उपलब्ध गराउने निर्णय गरेअनुसार रामकुमार राईसहितका ज्येष्ठ नागरिकहरुले सहजै खोप पाउनुपर्ने हो तर जिल्लाको सदरमुकाम भएको वडाकै एक वृद्धले पाँच घण्टा कुरेपछि अरूले आवाज उठाइदिँदा बल्लतल्ल खोप पाउँछन् भने दूरदराजका सामान्य नागरिकहरुले कसरी सहजै खोप पाउलान् ? उनीहरुलाई कसले सही सन्देश पु¥याइदेला ? अरू विशेष प्रकारका स्वास्थ्य सेवाहरुको पहुँचमा यस्ता ज्येष्ठ नागरिकहरु कहिले पुग्लान् ? खोप कुरिरहेकाहरुका प्रश्न थिए । रासस
यो पनि – श्रीमानलाई बिदेश पठाएर परपुरुषसंग राती ८ बजे बन्द कोठा भित्र श्रीमती रंगेहात पक्राउ, प्रहरी पुग्दा जे भयो (भिडियो)
काठमाडौँ, १९ श्रावन । रोजगारीको शिलसिलामा लाखौ युवाहरु यतिबेला परदेशमा रहेका छन । देशमा रोजगारीको अवसर नहुदा आफ्नो परिवारलाई छोडेर समुन्द्र पारी जानु पर्ने वाध्यता नेपाली युवाहरुको रहदै आएको छ । रोजगारीको सिलसिलामा आफ्नो परिवारलाई छोडेर परदेशमा जानुको पिडा त छदै छ । तर बैदेशिक रोजगारीले कत्तिको पारिवारिक सम्बन्ध नै डामाडोल पनि हुने गरेको छ । त्यस्तै पारिवारिक विचलनको एक घटना यतिबेला सामाजिक संजालमा सार्बजनिक भएको छ ।
नुवाकोट बेलकोटगढी नगरपालिका ७ का २५ वर्षीय सन्तोष सुनार ऋण तिर्न भनेर बैदेशिक रोजगारीको सिलसिलामा १९ महिना अगाडी दुबई जान्छन । उनले आफ्नो २१ वर्षीय श्रीमती मनिषा सुनार र छोरालाई घर मै छोडेर सुनौलो भविष्यको कल्पना गर्दै विदेशिन्छन । तर विदेश गएको ३ महिना मै सन्तोषको श्रीमतीसंग खटपट पर्न थाल्छ । श्रीमतीले आफुसंग गर्ने व्यवहारमा परिवर्तन आएपछि सन्तोषले गाउका अन्य आफन्तलाई श्रीमती बारे चियोचर्चा गर्न लगाउछन । त्यहाँबाट पाएको सुचनाले सन्तोष छागाबाट खस्छन । उनको श्रीमती त अर्कै परपुरुषसंग सम्बन्धमा पो पुगिसकेका रहेछन ।
छोरालाई समेत छोडेर श्रीमती अर्कै पुरुषसंग हिडेको थाहा पाएपछि सन्तोष नेपाल आउछन । नभन्दै उनले गत तिन महिना देखि नुवाकोट तारकेश्वर गाउँपालिका ४ का संखर सदासंग एकै कोठामा बस्दै आएको फेला पार्छन । विवाहेत्तर सम्बन्धमा रहेका मनिषा जस्तै संखर पनि विवाहित नै हुन्। आफु अन्यायमा परेको भन्दै सन्तोषले मिडिया र प्रहरीको सहयोगमा उनीहरुलाई कोठा मै रंगेहात पक्रन्छन । संखर र मनिषाले आफ्नो गल्ति स्विकार्छन ।
यो त एक प्रतिनिधि घटना मात्र हो । वैदेशिक रोजगारीको सिलसिलामा गएका महिला पुरुषहरु धेरैको सम्बन्ध बिग्रेको समाजमा देख्न सकिन्छ । यस्ता घटनाहरुबाट पाठ सिकेर पारिवारिक कलहलाई कसरी न्यूनीकरण गर्ने भन्ने सोचनीय हुन्छ । प्रहरीको रोहबरमा श्रीमती पिडित सन्तोष पुग्दा परपुरुषसंग बसिरहेको श्रीमती मनिषाको कोठामा यसरी रंगेहात पक्राउ परेकी थिइन । भिडियो यहाबाट हेर्न सकिन्छ ।
यो पनि – आजको राशिफल : वि.सं.२०७८ साल साउन २० गते । बुधबार । ईश्वी सन् २०२१ अगष्ट ०४ तारिख
वि.सं.२०७८ साल साउन २० गते । बुधबार । ईश्वी सन् २०२१ अगष्ट ०४ तारिख । नेपाल संवत् ११४१ । रा.क्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– एकादशी, दिउसो ०२ बजेर १८ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– मृगशिरा, रातको ०४ बजेर ३१ मिनेट उप्रान्त आद्रा । योग– व्याघात, रातको ०१ बजेर ५९ मिनेट उप्रान्त हर्षण । करण– बालव,दिउसो ०२ बजेर १८ मिनेट उप्रान्त कौलव,रातको ०३ बजेर १२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–बृष,दिउसो ३ बजेर १९ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४९ मिनेट । दिनमान ३३ घडी २० पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा कुटुम्बलाई समय दिन नसक्दा तपाईबाट टाडिनेछन् । मोजमस्ति तथा रमाईलो तिर ध्यान जादा स्वास्थ्य सम्बन्धि समस्या आउँन सकछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न निकैनै समय लगानि गर्नुपर्नेछ । बोल्दा वा कुनै सभा समारोहमा सहभागि भई प्रस्तुति दिदा ख्याल गर्नुहोला बोलिको प्रभाव घट्ने तथा गलत अर्थ लाग्ने प्रस्तुति हुँन सक्छ । साझको समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) तपाईको बि.रुद्ध नकारात्मक कैचि चलाउनेहरु आफै किनारा लाग्नेछन् । कुनै प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ । राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुहएकोछ भने पद प्राप्तीको गतिलो योग रहेकोछ । नया प्रकृतिका बिलाशी तथा फेन्सि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा एक अर्कालाई शंका तथा अबिश्वास गर्दा समस्या आउन सक्छ ध्यान दिनुहोला । कानुन तथा निति नियमको उल्लङघन गर्दा जरिवाना तिर्नु पर्ने हुनसक्छ । आफन्त तथा अग्रजहरु सँग राय बाजिने तथा बिछोड सम्मको अवस्या आउन सक्छ । बिदेशी लगानि बाट सञ्चालित सस्थाहरुमा काम पाउने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिभिन्न स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन तथा सम्पनि कमाई गर्न सकिनेछ । घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा रमाउने जोडीहरुका लागी समयले साथ दिनेछ । उचित समयमा दाजुभाई तथा अग्रजबाट पाईने सहयोगले एक कदम अगाडि बढ्न सकिनेछ । साझको समयमा यात्रा गर्दा ध्यान दिनुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समाजसेवा तथा राजनीति गर्नेहरुले जनताबाट अप.मान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुको आलोचना खप्नु पर्नेछ । लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दै हुनुहुन्छ भने सचेत हुनुहोला डकुमेन्ट नमिलेर झन्झट बेहोर्नु पर्ला । साझको समय राम्रो रहेकोले राजनीति तथा सामाजिक काममा जनताको गतिलो समर्थन रहनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । साझबाट समय राम्रो रहेकोले रोकिएका कामहरु बन्नेछन् ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) मनपरेको भौतिक बस्तु तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्लित हुनेछ । व्यापारको शिलशिलामा लामो दुरिको उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने व्यापार बिस्तार गरि मनग्गे आम्दानि गर्न सकिनेछ । जीवनसाथि तथा आफ्नो बिषेश मानिसको सहयोगले आम्दानिको दायरा बढाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा तपाईले गरेको लगानिबाट सार्थक नतिजा आउँनाले मन प्रशन्न हुनेछ । साझपख भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लगनशिल तथा ईमान्दारिता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न गर्न सकिनेछ भने आर्थिक रुपमा सबल हुँने समय रहेकोछ । बिशिष्ट व्याक्तिहरुको संगतले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न हुनेछ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य मौषमि रोगको प्रकोप भने देखिन सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेमका कोपिलाहरु नचाहादा नचाहादै फक्रन नपाउँदा मनमा तनाब पैदा हुनेछ । बिभिन्न कारणले अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा नतिजा अरुकै पोल्टोमा पर्नेछ । समय तालिका अनुशार नचल्नाले दुख पाईनेछ भने अरुकै काममा समय बित्नेहुदा आफ्नो काम थाति रहनेछ । साझको समय राम्रो रहेकोले आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आमा वा आमा सोसरहका मानिसको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके उपलब्धि हुँने काम गर्न सकिनेछ । कृषि तथा पशुपान व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने पढाई लेखाईमा अरुदिन भन्दा बढि समय दिन सक्दा सफलता हात लाग्नेछ । प्रेम प्रशङगमा खुलेर रम्ने समय नरहेकोले ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाईदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ । साझपख यात्रा गर्दा ध्यान दिनुहोला ।
तपार्ईँको दिन शुभ रहोस् ।
यो पनि – साप्ताहिक राशिफल : साउन १७ गते आईतबारदेखी साउन २३ गते शनिबारसम्मको
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको पहिलो दिन अर्थात आईतबार समय मध्ययम रहेकोले आर्थिक ब्याबस्थापनको अभावले व्यापार व्यावसायमा आउँने बिभिन्न अवसरहरु गुम्नेछन् । तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । सोमबारदेखि समय उत्तम रहेकोले पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुनालेजस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ । टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । नयाँ नयाँ काम गर्ने अवसर प्राप्त हुने तथा पदोन्नति हुने योग रहेको छ । कार्यक्षेत्रमा सबैको मन जित्न सकिनेछ भने तपाईको काम देखि सबै प्रभावित हुनेछन् । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हटाउँदै नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बडेर जानुको साथै परिवारका मानिसबाट तपाईको काममा सहयोग तथा समर्थन प्राप्त हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । भाग्यले साथ दिने हुदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । पुराना साथिभाई सँग भेटघाट गरि नँया योजना प्रस्तुत गर्न पाउँदा गर्बको महशुस हुनेछ । परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुनेछ । पढाई लेखाईमा सुधार हुनुको साथै खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । सोमबार र मंगलबारको समय मध्ययम भएकोले हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । साथिभाई हरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ ।
मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा) साता उत्तम रहेकोले न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुने हुनालेघर परिवारमा खुसियालि छाउँनेछ । प्रतिश्पर्धामा पतिश्पर्धिहरुलाई हराउँदै सम्मानजनक पद प्राप्त गर्न सकिनेछ भने बिपक्षिहरु आफै किनारा लाग्नेछन् । ब्याबसायिक यात्राको क्रममा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्न अवसर प्राप्त हुनेछ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ । अध्ययनमा समय दिने बिद्यार्थि वर्गहरुले थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा हात पार्नेछन् । हप्ताको अन्तमा यात्राको अधिक सम्भावना रहेकोछ ।
कर्कट (ही,हू ,हे,हो,डा,डी,डु,डे,डो) नयाँ नयाँ कामको प्रस्ताब आउने तथा अल्झेर बसेका कामहरु फत्ते हुनेछन् । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ भने जीवन साथिबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । बादबिवाद तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् भने सामाजिक काम गरि अरुको मन जित्न सकिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुनालेमन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साताको पहिलोदिन आईतबार समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा जनताको मन जित्न राम्रा काम गर्दा गर्दै पनि बिपक्षीहरुले अनाबस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् ख्याल गर्नुहोला । सोमबारबाट समय राम्रो रहेकोले सवारि साधन तथा भौतिक सम्पति लाभ हुने तथा चिठ्ठा पर्ने योग रहेकोछ । बौद्धिक कार्यमा सहभागि भई बौद्धिक तथा प्राज्ञिक ब्यात्तित्व सामु गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुनालेमन प्रशन्न हुनेछ । नयाँ नयाँ कामको प्रस्ताब आउने तथा अल्झेर बसेका कामहरु फत्ते हुनेछन् । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ भने जीवन साथिबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । ऋण,रोग तथा सत्रुबाट छुटकारा मिल्नेछ । संकट ब्याबस्थापनका लागी चालिएको कदमबाट सकारात्मक नतिजा आउने हुनालेमन प्रशन्न रहनेछ
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले पराक्रम बढ्ने हुनाले आटिलो तथा शाहसिलो काम गर्न जोस जागर बढेर जानेछ । उद्योग,व्यापार व्यावसायमा गरिएको लगानिबाट भरपुर आम्दानि गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुनालेमन प्रशन्न हुनेछ । साथिभाई तथा परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हुनेछ । व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिने हुनालेअन्य क्षेत्रमा पनि रुपैया पैसा लगानि गर्न आट आउँनेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले सामाजिक तथा राजनितिक बिषयहरुको उठान आज नगर्नु नै उचित हुनेछ किनकि त्यस्ता बिषयसँग सम्बन्धित मुद्दाहरु आज किनारा लाग्ने छैनन् । आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुदा आफ्नो काम थाति रहनेछन् । लामो दुरिको यात्रा हुने अधिक सम्भावना रहेकोछ । घर परिवार तथा आफन्त सँग छुट्टिएर यात्राको तय गर्नुपर्दा मनमा खिन्नता पैदा हुनेछ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू ,ते) पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्ब सँगको सम्बन्धमा नयाँ आयामको बिकास हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहन तथा बिद्या तथा प्रतिश्पर्धामा सफलता प्राप्त हुनेछ । माया प्रेममा आफ्नो मायालुसँग दिनभरु सँगै रहेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा सहकारि क्षेत्रलाई समय सापेक्ष परिमार्जन गरि भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । राजतिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुदा मन प्रशन्न रहनेछ । साताको अन्तको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला । बिदेश यात्राको गतिलो योग रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू) धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको प्रखर बोलिले सबैको मन जित्नेछ भने सार्वजनिक बिषयबस्तुको राम्रो सँग अध्ययन गरि गरिने निर्णयलाई सबैले सम्मान गर्नेछन् । गित संगित तथा मोडलिङ पेशा व्यावसाय अगाल्नेहरुलाई आजको दिन मनग्गे आम्दानि हुनेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनुको साथै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो,रमाईलो तथा अर्थपुर्ण यात्राको तय गर्न सकिनेछ । लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल भएर जानेछन् भने अदालत तथा न्यायलयबाट हुने न्यायिक निणय हरु तपाईकै पक्षमा हुनेछन् । मनग्गे रुपैया पैसा कमाईने हुदा अन्य क्षेत्रमा लगानि गर्ने जोस जागर आउँनेछ । पढाई लेखाइमा दुई चार कदम अगाडि बढेर प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफनो पक्षमा पार्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू ,ध,फा,ढा,भे) साताको पहिलो दिन अर्थात आईतबारको समय मध्ययम रहेकोले कार्यक्षेत्रमा आफुभन्दा अग्रज ब्यात्तित्वहरु सँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुदा मानशिक तनाब बढ्नेछ । सोमबारबाट जीवन साथिसँग रमाईलो स्थानको अवलोकन गर्न लामो दुरिको भ्रमण तय हुनेछ भने ब्याबसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । धार्मिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । नयाँ कामको थालनि हुने तथा आर्थिक उन्नतिमा नयाँ अवसरहरु मिल्नेछन् । सम्मानित काम गरेर समाजमा नाम,दाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । तपाईको कामबाट बिशिष्ट ब्याक्तित्वहरु प्रफुल्लित हुनेछन् । राजनितिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरेर प्रसिद्धि कमाउँने समय रहेको छ भने अरुलाई प्रभावमा पारेर आफ्नो काम फत्ते गर्न सकिनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साताको शुरु र अन्तको समय राम्रो रहेकोले थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ भने महत्वपुर्ण जिम्मेवारि सम्पादन गर्ने जिम्मा तपाईको काँधमा आउनेछ । कला,साहित्य तथा नृत्य प्रतियोगितामा सहभागि भई प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिने हुनालेआफन्त तथा साथिभाईहरु खुसि हुनेछन् । माया प्रेम तथा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले आफन्त तथा चेलीमाईति बिच राय बाजिनेछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । ऋण,रोग तथा संकटले सताउँनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू ,से,सो,दा) नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुने योग रहेको छ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । बिभिन्न किसिमका मानव निर्मित भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले यो साता रमाईलोका साथ बित्नेछ भने ईच्छित कामनाहरु पुरा हुने समय रहेको छ । अधुरा कामहरु पूरा हुनुका साथै नयाँ कामका अवसर आउनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको व्यावसाय फस्टायर जानेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् । हप्ताको अन्तमा भौतिक सम्पति तथा हार्डवयेर सँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाई लेखाईमा राम्रो प्रगति हुनेछ भने बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा सहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो झनै कसिलो हुनेछ । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बादबिवाद, प्रतिश्पर्धा तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । उद्योग व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुने हँुनाले मन प्रशन्न रहनेछ । लेखन कलाको बिकाश हुनेछ भने लेखेरै आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ । आत्मिय मित्रहरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग मिल्नेछ । साताको अन्तमा लामो दुरिको व्यावसायिक यात्रा हुने प्रवल योग रहेकोछ ।
तपाईको दिन शुभ रहोस ।
प्रतिक्रिया