डुयुखोलाको झोलुङ्गे पुल पहिराले पूर्ण क्षति

डुयुखोलाको झोलुङ्गे पुल पहिराले पूर्ण क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उत्तरी गोरखाको छेकम्पार र चुम्चेत पुग्ने झोलुङ्गे पुलमा पहिराले पूर्ण क्षति पु¥याएको छ । चुमनुबी गाउँपालिकाको वडा नं ६ चुम्चेतस्थित डुयुखोलामाथिको झोलुङ्गे पुल मङ्गलबार राति गएको पहिराले चुँडाएर क्षति पु¥याएको स्थानीयवासी सरोज लामाले जानकारी दिनुभयो । “झोलुङ्गे पुलमाथिबाट पहिरो खस्दा पुल पूरै चँुडिएको छ”, उहाँले भन्नुभयो, “अहिले पुलबाट मानिस आवाजजावत पूर्णरूपमा ठप्प भएको छ ।” झोलुङ्गे पुल पहिराले चुँडाएपछि खच्चडबाट सामान ढुवानीमा समस्या भएको लामाले बताउनुभयो ।

उक्त पुल हुँदै चुमभ्यालीमा पर्ने छेकेम्पार र चुम्चेतका नागरिक आवतजावत गर्नुपर्ने हुन्छ । “मूलबाटोमा पर्ने डुयुखोलाको पुलको लठ्ठा पहिराले चुँडाएको छ”, उहाँले भन्नुभयो, “मानिस घुमाउरो बाटो प्रयोग गरेर हिँडडुल गर्नसक्ने अवस्था रहेपछि साँघुरो बाटो भएकाले खच्चड ओहोरदोहोर गर्न सक्ने अवस्था छैन ।” पुल चुँडिदा खाद्य सामग्री बोकेर गएका चार÷पाँच समूह खच्चडबीच बाटोमा अलपत्र परेको लामाले बताउनुभयो । “विभिन्न गु्रपमा खाद्य सामग्री बोकेर जाँदै गरेका करिब ४० भन्दा बढी खच्चडसमेत पुल पहिराले चुडाएपछि बीच बाटोमै रोकिएका छन्, सडक सञ्जाल नपुगेको यो क्षेत्रमा खच्चडबाहेक ढुवानीको अर्को विकल्प छैन ।”

पहिराले पुलमा क्षति पु¥याएपछि त्यस क्षेत्रका करिब १८ भन्दा बढी गाउँका मानिसलाई आवतजावतमा समस्या भएको बताइएको छ । उनीहरुले पुलको तत्काल मर्मतका लागि पहल गरिदिन समेत माग गरेका छन् । उक्त पुल कादुरी नेपाल नामक संस्थाको सहयोगमा सन् २०१२ मा निर्माण गरिएको थियो ।

यो पनि – विद्युत् सर्ट हुँदा घर जलेर लाखौँकोे क्षति

मान्म, २० साउन । कालीकोटको रास्कोट नगरपालिका–२ चुडिमुलमा विद्युत्को तार सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ । मङ्गलबार अपराह्न ४ः०० बजे विद्युत् सर्ट हुँदा सहदेव सिम्खडाको घर जलेर नष्ट भएको हो । विद्युत् सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेका बालबालिका तत्कालै बाहिर निस्केर ज्यान जोगिएको स्थानीयवासी अमराज सिम्खाडाले जानकारी दिनुभयो । “घरमा बालबालिका खेलिरहेको बेला आगलागी भएको हो”, उहाँले भन्नुभयो, “घरले छाएको घर जलेर पूरै नष्ट भएको छ ।”

आगलागीबाट मानवीय क्षति नभए पनि लाखांै रुपैयाँ बराबरको धनमालको क्षति भएको वडाध्यक्ष दयाराम सिम्खाडाले बताउनुभयो । उहाँले भन्नुभयो, “घरभित्रका अन्नपानी, लुगाफाटा, भाँडाकुडा, गहनासहित केही नगद रुपैयाँ जलेर नष्ट भएका छन् ।” घर जलेर नष्ट भएपछि सहदेवको छ जनाको परिवार त्रिपालमा बस्दै आएको वडाध्यक्षले जानकारी दिनुभयो । रासस

यो पनि – कष्टकर जीवन बिताउन बाध्य छन् बाढीपीडित

भजनी, २० साउन । कैलालीको भजनी नगरपालिका–५ का लालबहादुर साउद भजनीमा रहेको महुन्याल सामुदायिक वनको शिविरमा एक वर्षदेखि बस्दै आउनुभएको छ । गत वर्षको साउन १४ गते आएको बाढीका कारण विस्थापित भएपछि उहाँ त्यही शिविरमा टहरा बनाएर बस्दै आउनुभएको हो । “घरमा पानी पस्यो बस्न नसक्ने अवस्था भयो, हामी सबै आफ्नो ज्यान जोगाउन सुरक्षित स्थानको खोजी गर्दै जाँदा सामुदायिक वनको जग्गामा आश्रय लिन पुगेका हौँ”, उहाँले भन्नुभयो, “अहिले हामी बाढीको त्रासबाट त सुरक्षित छौँ, तर खानेपानी, बिजुली बत्ती र सर्पदंशको त्रासले भने छाडेको छैन ।”

गत वर्षको बाढीबाट प्रभावित भएका भजनी नगरपालिका वडा नं ३, ५, ७, ८ र ९ वडाका करिब ५५० घरधुरीभन्दा बढी एक वर्षदेखि सामुदायिक वनको जग्गा अतिक्रमण गरी बस्दै आएका छन् । बर्सेनि वर्षायाममा विस्थापित हुँदै आएका नागरिकले शिविरमा बसेपछि बाढीको छुटकारा पाए पनि त्यसभन्दा जटिल समस्या शिविरमा छन् । भजनी–९ का निर्मल राजी पनि एक वर्षदेखि शिविरमा बस्दै आउनुभएको छ । बाढीबाट विस्थापित भएपछि स्थानीयवासीको पछिपछि लागेर उहाँ निर्मल सामुदायिक वनको शिविरमा पुग्नुभएको थियो । त्यहाँ उहाँ खरले छाएको अस्थायी घर निर्माण गरी सपरिवार त्यही शिविरमा बस्दै आउनुभएको छ । “बाढीले प्रभावित भएपछि घर छाडेर शिविरमा बस्नुप¥यो, शिविरमा बसेकालाई स्थानीय सरकारले राहतबाट पनि बञ्चित ग¥यो”, निर्मलले भन्नुभयो, “हामीले कष्टपूर्ण जीवन बिताउँदै आएको स्थानीय सरकारलाई थाहा छ, तर थाहा भएर पनि सरकारले हाम्रो दुःखमा मल्हम लगाउन सकेन ।”

भजनी–५ जोगेनी विकले बाढीको त्रासबाट छुटकारा मिले पनि त्यो भन्दा बढी काष्टपूर्ण जीवन शिविरमा बिताउनुपरेको बताउनुभयो । “दिउँसोको समयमा सबै घरको बाहिर भित्र सबै हुन्छन्, कुराकानी हुन्छ, दिन कटेको थाह हुँदैन”, जोगेनीले भन्नुभयो, “साना–साना बालबालिका छन्, वनमा बस्नुपरेको छ, रातिको समयमा जङ्गली जनावरको निकै डर हुन्छ ।” उहाँले शिविरमा शौचालय नभएका कारण रातिको समयमा जङ्गलभित्र टाढाटाढा जानुपर्ने हुँदा निकै समस्या हुने गरेको बताउनुभयो ।

भजनी–७ की पार्वती चौधरी जङ्गलमा रहरले नभई बाध्यताले बस्नुपरेको बताउनुहुन्छ । “घर फर्केर जाऊँ बाढीको बितण्डाले रातदिन जाग्राम बस्नुपर्ने हुन्छ, यतै बसौं भने जङ्गली जनावरको त्रास उस्तै छ”, पार्वतीले भन्नुभयो, “शौचालयको व्यवस्थापनका लागि सम्बन्धित निकायले ध्यान दिएको छैनन्, वनमा नै शौच गर्नुपर्ने अवस्था छ, विद्युत्को व्यवस्थापन छैन, रातितिर सर्प, कीरा फट्याङ्ग्राले हानी नोक्सानी गर्छ कि भने डर हुन्छ ।” उहाँले आफूहरु सबै क्षेत्रबाट पीडित भएर बसेकाले पहुँच भएकाले शिविरमा पनि घर निर्माण गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले अहिले पनि ओत लाग्नेसम्मको टहरो निर्माण गरेका छौँ, हामी १२ महिना २४ घण्टा यहीँ बस्छौँ, केही व्यक्तिले जग्गाको आशामा अतिक्रमण गरेका पनि छन्, बाहिरबाट कोही आएको थाहा पाएपछि तुरुन्तै यहाँ पुग्ने गर्छन्, अरु बेला उनीहरुको घर हुन्छ, तर उनीहरु हुँदैनन् ।”

सामुदायिक वनमा बस्दै आएका नागरिकलाई वन खाली गर्न वन कार्यालयले पटक–पटक पत्र काटे पनि बाढी प्रभावितले अर्को विकल्प नभएसम्म आफूहरु त्यहाँबाट कतै नजाने बताउँदै आएका छन् । स्थानीय सरकारले पनि बाढीपीडितलाई अन्य कुनै ठाउँमा व्यवस्थापन गर्न सक्ने अवस्था नदेखेपछि अहिलेसम्म पनि कुनै प्रतिक्रिया दिएको छैन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले स्थानीय सरकारले मात्रै चाहेर अतिक्रमित जग्गा खाली गराउन नसकिने भन्दै त्यसका लागि सामुदायिक वन र प्रशासन पनि चाहिने बताउनुभयो । रासस