बाढी प्रभावित मेलम्ची क्षेत्रमा बिजुली पु¥याउने पहल

बाढी प्रभावित मेलम्ची क्षेत्रमा बिजुली पु¥याउने पहल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरकारले बाढीपहिरोका कारण विद्युत् विच्छेद भएको मेलम्चीमा वैकल्पिक उपाए अपनाएर बिजुली पु¥याउन पहल थालेको छ ।पछिल्लो पटकको बाढीले इन्द्रावती–३ को हाइड्रो पावरको ६६ केभीको प्रसारण लाइनको टावरमा क्षति पुगेपछि त्यहाँ विद्युत् विच्छेद भएको थियो । गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारमा ठूलो क्षति पु¥याएको थियो । तीन ट्रान्समिसन लाइन बगाएको थियो ।

गत असारको क्षति मर्मत गरेको भए पनि यही साउन १६ गतेको बाढीले पुनः अर्को ठाउँमा दुई वटा टावर बगाएको थियो । मेलम्चीका जनता अँध्यारोमा बस्नुपरेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वैकल्पिक उपाय अपनाएर विद्युत् जोड्न निर्देशन दिनुभएको हो ।उहाँले विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने, बागमती प्रादेशिक कार्यालयका प्रमुख श्रीराम राज पाण्डे र ग्रीड सञ्चालन विभागका निर्देशक सचितानन्द यादवलाई आज मन्त्रालयमा बोलाउनुभएको थियो ।

मेलम्ची वितरण केन्द्रका प्रमुख माधव न्यौपानेका अनुसार मेलम्ची खोलाको करिडोरमा बाटो र पुल बगाएको छ । उहाँका अनुसार पहिलो बाढीमा ४१४ वटा पोल बगाएको थियो र शनिबारको बाढीले झण्डै ४०/५० वटा पोल बगाएको छ । हाल मेलम्ची नगर र इन्द्रावती गापमा विद्युत् आपूर्ति गरिएको भए पनि पाँचपोखरी र हेलम्बुमा विजुली पु¥याउन सकिएको छैन ।उहाँहरूले साँखु–जरसिंहपौवा–मेलम्चीको ११ केभी, बनेपा सिपाघाट इन्द्रावती हुँदै मेलम्ची र नुवाकोटको समुन्द्रटार मेलम्ची जोड्ने उपाय सुझाउनुभएको थियो । त्यसमा समुन्द्रटारबाट लैजानका केही समस्या देएिको बताउनुभएको थियो ।

उहाँले केही दिनमा वैकल्पिक बाटो प्रयोग गरेर विद्युत् जोड्न सकिने भए पनि क्यूलमा भने पोल पु¥याउन समस्या हुने मन्त्रीलाई जानकारी गराउनुभएको थियो । त्यसपछि मन्त्री भुसालले ऊर्जा सचिव देवेन्द्र कार्कीमार्फत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई सोलार जोड्न निर्देशन दिनुभएको छ । रासस

यो पनि -कारागार भवन भत्किएपछि सुरक्षा चुनौती बढ्यो

जोमसोमस्थित जिल्ला कारागार मुस्ताङको भवनको पर्खाल बुधबार भत्किएको छ । अत्यधिक बर्षातका कारण जीर्ण अवस्थामा रहेका कारागार भवनको पर्खाल भत्किएपछि कैदीबन्दी र सुरक्षाकर्मीको व्यवस्थापन तथा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न समस्या भएको कारागारका निमित्त प्रमुख भुवन केसीले जानकारी दिनुभयो । कारागार भवनको तीनवटा कोठाको पर्खाल भत्किएपछि सुरक्षा चुनौती बढेको उहाँको भनाइ छ ।

“सुरक्षाकर्मीलाई वैकल्पिक दुईकोठे जस्ताले छाएको भवनमा व्यवस्थापन गरिएको छ”, उहाँले भन्नुभयो, “कैदीबन्दीलाई कहाँ लगेर राख्ने भन्ने विषयमा छलफल भइरहेको छ ।” जीर्ण अवस्थाको भवनका अन्य कोठामा पनि क्षति पुगेको छ । ढुङ्गा र माटोले बनेको एकतले नौ कोठे भवनको सख्खर माटोले छाएको छानो अत्यधिक बर्सातले चुहिएर पर्खाल चर्किएको थियो । दुई कोठामा कैदीबन्दी, छवटा कोठामा सुरक्षाकर्मी र एक कोठामा कारागार प्रमुखको निवास थियो । भवनमा प्रयोग भएका काठ मक्किएको, चुहिने र जीर्ण भएकाले अप्रिय घटनाको जोखिम छ ।

दश जना अटाउने क्षमता रहेको सो कारागारमा हाल ११ जना कैदीबन्दी छन् । यसअघि बढीमा २६ जनासम्म कैदी–बन्दी राखिएको थियो । २० जना सुरक्षाकर्मीको दरबन्दीमध्ये १० र सात जना प्रशासनिक कर्मचारीको दरबन्दी भएकोमा चार जना कार्यरत छन् । करिब चार रोपनी क्षेत्रफलमा फैलिएको तत्कालीन सहायक अञ्चलाधीशको निवास रहेको भवनमा विसं २०३७ मा कारागार राखिएको थियो । प्रजिअ श्रीनाथ पौडेलसहित सुरक्षा अधिकारी र जनप्रतिनिधिको टोलीले भत्किएको कारागार भवनको आज दिउँसो निरीक्षण गरेर कैदीबन्दीको व्यवस्थापनका लागि पहल थालेको छ ।

पछिल्लो समय मुस्ताङमा तापक्रम बढ्ने, अत्यधिक मात्रामा वर्षा र बेमौसममा हिमपात हुन थालेपछि माटोले बनेका परम्परागत पुराना घर चुहिने, भत्किने र जीर्ण बनेका छन् । कारागारको भौतिक संरचनाको जिर्ण र जोखिम अवस्थाका बारेमा पटक÷पटक ध्यानाकर्षण गराए पनि नयाँ भवन निर्माणका लागि चासो देखाएका छैनन् ।