मेलम्चीको बाढीका कारण १८ परिवार विस्थापित

मेलम्चीको बाढीका कारण १८ परिवार विस्थापित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यही साउन १६ गते आएको बाढीका कारण मेलम्ची नगरपालिका–६ का १८ घरपरिवार विस्थापित भएका छन् । यसअघि गत असार १ मा आएको बाढीका कारण सोही ठाउँका सात परिवार विस्थापित भएको थियो । त्यस क्षेत्रका ३० परिवारभन्दा बढी बाढीको उच्च जोखिमा रहेको वडाध्यक्ष जितराज थापाले जानकारी दिनुभयो ।

मेलम्ची नदीले निरन्तर जमिन कटान गरी जग्गा तथा घर ढाल्न थालेपछि घर खाली गरेर स्थानीयवासी वैकल्पिक बासको खोजीमा लागेका छन् । विस्थापित अहिले आफन्तकोमा आश्रय लिइरहेको र तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने सीएसआरसीका कार्यक्रम संयोजक कुमार थापाले जानकारी दिनुभयो । विस्थापितलाई तत्काल बास तथा खाद्यान्न अभाव नहोस् भनेर आज नगर उपप्रमुख भगवती नेपालले खाद्यान्न तथा टेन्ट वडा नं ६ को कार्यालयमा पु¥याइएको जानकारी दिनुभयो ।

खोला नियन्त्रणमा थप जनशक्ति परिचालन

जोखिममा रहेका बस्ती तथा घर जोगाउनका लागि खोला नियन्त्रण गर्ने कार्यलाई मेलम्ची नगरपालिकाले निरन्तरता दिएको छ । यही साउन १६ गते आएको बाढीले घरमा क्षति गर्दै मेलम्ची बजारमा नै खोला पस्ने जोखिम बढेपछि नगरपालिकाले खोला नियन्त्रण गर्न थप जनशक्ति परिचालन गरेको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिनुभयो ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा नगरपालिकाको उच्च जोखिममा रहेका गैरा बगर र तल्लो बजारको विभिन्न स्थानमा ग्याविन वाल लगाउने काम भइरहेको अधिकृत धितालले जानकारी दिनुभयो । बाढी प्रभावितका लागि खान, बस्न र स्वास्थ्य उपचारको अभाव हुन नदिनेसमेत नगरपालिकाले दाबी गर्दै आएको छ । बाढी प्रभावितलाई रु २५ हजारदेखि १० हजार नगद सहयोग गर्नेसमेत नगर प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो । रासस

 


खोलाबाट जोखिममा रहेका बस्ति तथा घरहरु जोगाउन मेलम्ची नगरपालिकाले निरन्तरता दिएको छ । नेपाल प्रहरी, नेपाली सेना,सशस्त्र प्रहरी र स्थानियको सहयोगमा उच्च जोखिममा रहेका गैरा बगर र तल्लो बजारको विभिन्न स्थानमा ग्याविन वाल लगाउने काम भइरहेको छ । तस्वीर ः देवराज सुवेदी,रासस