डोरीले बाधेर युवकलाई नि.र्मम कु.टपि.ट गर्ने वडाध्यक्ष पक्राउ

डोरीले बाधेर युवकलाई नि.र्मम कु.टपि.ट गर्ने वडाध्यक्ष पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २१ साउन । डोरीले बाधेर युवकलाई कु.टपि.ट गर्ने वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। जाजरकोट जुनिचाँदे गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष रामबहादुर नेपाली युवकलाई कु.टपि.ट गरेको आरोपमा बिहीबार पक्राउ परेका हुन् । गत साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कु.टपि.ट गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्ष नेपालीले युवकलाई कु.टपि.ट गरेको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडिओ सार्वजनिक भएर चौतर्फी आ.लोचना भएपछि प्रहरीले वडाध्यक्षलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा लागिएको छ। जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेका अनुसार बुधबार साँझ पञ्चाला प्रहरी चौकीको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो । स्थानियका अनुसार घटना भएको दिन वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरण हुदै थियो । त्यसैक्रममा सर्पे दमाईले मापसे सेवन गरेर होहल्ला गरेको प्रहरीको भनाइ छ। अ.पशब्द बोलेर होहल्ला गरेपछि वडाध्यक्षले बाँधेर कु.टपि.ट गरेको खुलेको छ । पीडितले अहिलेसम्म जाहेरी दिएका छैनन्। तर पनि पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानूनी का.रबाही हुने प्रहरीले जनाएको छ ।

जुनिचाँदे-२ का वडाध्यक्ष रामबहादुर नेपाली

यो पनि – श्रीमती परपुरुषसंग रंगेहात भेटेपछि आफ्नो ६ वर्षीय छोरासहित मिडियामा आए सन्तोष (भिडियो)

काठमाडौँ, १९ श्रावन । रोजगारीको शिलसिलामा लाखौ युवाहरु यतिबेला परदेशमा रहेका छन । देशमा रोजगारीको अवसर नहुदा आफ्नो परिवारलाई छोडेर समुन्द्र पारी जानु पर्ने वाध्यता नेपाली युवाहरुको रहदै आएको छ । रोजगारीको सिलसिलामा आफ्नो परिवारलाई छोडेर परदेशमा जानुको पिडा त छदै छ । तर बैदेशिक रोजगारीले कत्तिको पारिवारिक सम्बन्ध नै डामाडोल पनि हुने गरेको छ । त्यस्तै पारिवारिक विचलनको एक घटना यतिबेला सामाजिक संजालमा सार्बजनिक भएको छ ।

नुवाकोट बेलकोटगढी नगरपालिका ७ का २५ वर्षीय सन्तोष सुनार ऋण तिर्न भनेर बैदेशिक रोजगारीको सिलसिलामा १९ महिना अगाडी दुबई जान्छन । उनले आफ्नो २१ वर्षीय श्रीमती मनिषा सुनार र छोरालाई घर मै छोडेर सुनौलो भविष्यको कल्पना गर्दै विदेशिन्छन । तर विदेश गएको ३ महिना मै सन्तोषको श्रीमतीसंग खटपट पर्न थाल्छ । श्रीमतीले आफुसंग गर्ने व्यवहारमा परिवर्तन आएपछि सन्तोषले गाउका अन्य आफन्तलाई श्रीमती बारे चियोचर्चा गर्न लगाउछन । त्यहाँबाट पाएको सुचनाले सन्तोष छागाबाट खस्छन । उनको श्रीमती त अर्कै परपुरुषसंग सम्बन्धमा पो पुगिसकेका रहेछन ।

छोरालाई समेत छोडेर श्रीमती अर्कै पुरुषसंग हिडेको थाहा पाएपछि सन्तोष नेपाल आउछन । नभन्दै उनले गत तिन महिना देखि नुवाकोट तारकेश्वर गाउँपालिका ४ का सन्तोष सदा संखरसंग एकै कोठामा बस्दै आएको फेला पार्छन । विवाहेत्तर सम्बन्धमा रहेका मनिषा जस्तै संखर पनि विवाहित नै हुन्। आफु अन्यायमा परेको भन्दै सन्तोषले मिडिया र प्रहरीको सहयोगमा उनीहरुलाई कोठा मै रंगेहात पक्रन्छन । संखर र मनिषाले आफ्नो गल्ति स्विकार्छन ।

यो त एक प्रतिनिधि घटना मात्र हो । वैदेशिक रोजगारीको सिलसिलामा गएका महिला पुरुषहरु धेरैको सम्बन्ध बिग्रेको समाजमा देख्न सकिन्छ । यस्ता घटनाहरुबाट पाठ सिकेर पारिवारिक कलहलाई कसरी न्यूनीकरण गर्ने भन्ने सोचनीय हुन्छ । प्रहरीको रोहबरमा श्रीमती पिडित सन्तोष पुग्दा परपुरुषसंग बसिरहेको श्रीमती मनिषाको कोठामा यसरी रंगेहात पक्राउ परेकी थिइन ।

यसै बीच सन्तोष र मनिषाको ६ वर्षीय छोरा सुप्रिम सुनार पनि मिडियामा आएका छन । आमा बाबाको सम्बन्ध बिग्रिएपछि सबै भन्दा पिडा तिनै छोरालाइ परेको छ । बालकलाई आमा र बुबा बीच रोज्न लगाउदा उनले बुबालाई रोजेका छन । बालकै अवस्थामा आमा बाबाको माया नपाउदा उनलाई कति पिडा छ उनको मुहारमा स्पष्ट देखिन्छ । भिडियो यहाबाट हेर्न सकिन्छ ।

मनिषा र उनको प्रेमी बसेको कोठामा प्रहरी सहित सन्तोष पुग्दा जे भयो । यहाँबाट भिडियो हेर्नुहोस ।

यो पनि – बिष्णु बरालको माइतीले लग्यो सबै दाइजो फिर्ता (भिडियो)

बिहे गरेको २७ दिन मै २३ वर्षीय बिष्णु बरालको रहस्यमय मृत्यु भएको छ । पोखरा महानगरपालिका २२ खाल्से दोबाटेमा माईती घर भएकी बिष्णुको बैशाख १७ गते वुटवलको मणीग्राम मन्दिरबाट बिहे भएको थियो । रूपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नंः १ बर्मा चोक आसपास घर भएका प्रदिप भट्टराईसँग बिष्णु बरालको राजिखुशी बिहे भएको थियो। माईती पक्षबाट बिहेको सम्पुर्ण ब्यबस्थापन बेहुली आफैले गरेकी थिईन् ।

बिहे भएको २७ दिनमा जेष्ठको १४ गते बिष्णु मृत फेला परिन् । मृतककी आमा अझै पनि छोरीले आ.त्मह.त्या गरेको हो भनेर पत्याउन सकेकी छैनन । मागी विवाह गरेकी उनको २७ दिन मै मृत्युको खबरले उनकी आमा अझै विछिप्त छिन । छोरीको रहस्यमय मृत्यु भएपछि विष्णुको माइती पक्षले सबै दाइजो फिर्ता लगेका छन । त्यस्तै केटा पक्षले दिएको सबै गहनाहरु पनि फिर्ता गरेका छन । दाइजो फिर्ता लिने क्रममा निक्कै भावुक बनेका बिष्णुका दिदीले बहिनि फिर्ता लानु पर्नेमा दाइजो फिर्ता लादा निक्कै दुख लागेको बताइन । भिडियो यहाँबाट हेर्नुहोस ।

यो पनि – साप्ताहिक राशिफल : साउन १७ गते आईतबारदेखी साउन २३ गते शनिबारसम्मको

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको पहिलो दिन अर्थात आईतबार समय मध्ययम रहेकोले आर्थिक ब्याबस्थापनको अभावले व्यापार व्यावसायमा आउँने बिभिन्न अवसरहरु गुम्नेछन् । तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । सोमबारदेखि समय उत्तम रहेकोले पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुनालेजस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ । टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । नयाँ नयाँ काम गर्ने अवसर प्राप्त हुने तथा पदोन्नति हुने योग रहेको छ । कार्यक्षेत्रमा सबैको मन जित्न सकिनेछ भने तपाईको काम देखि सबै प्रभावित हुनेछन् । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हटाउँदै नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बडेर जानुको साथै परिवारका मानिसबाट तपाईको काममा सहयोग तथा समर्थन प्राप्त हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । भाग्यले साथ दिने हुदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । पुराना साथिभाई सँग भेटघाट गरि नँया योजना प्रस्तुत गर्न पाउँदा गर्बको महशुस हुनेछ । परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुनेछ । पढाई लेखाईमा सुधार हुनुको साथै खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । सोमबार र मंगलबारको समय मध्ययम भएकोले हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । साथिभाई हरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा) साता उत्तम रहेकोले न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुने हुनालेघर परिवारमा खुसियालि छाउँनेछ । प्रतिश्पर्धामा पतिश्पर्धिहरुलाई हराउँदै सम्मानजनक पद प्राप्त गर्न सकिनेछ भने बिपक्षिहरु आफै किनारा लाग्नेछन् । ब्याबसायिक यात्राको क्रममा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्न अवसर प्राप्त हुनेछ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ । अध्ययनमा समय दिने बिद्यार्थि वर्गहरुले थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा हात पार्नेछन् । हप्ताको अन्तमा यात्राको अधिक सम्भावना रहेकोछ ।

कर्कट (ही,हू ,हे,हो,डा,डी,डु,डे,डो) नयाँ नयाँ कामको प्रस्ताब आउने तथा अल्झेर बसेका कामहरु फत्ते हुनेछन् । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ भने जीवन साथिबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । बादबिवाद तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् भने सामाजिक काम गरि अरुको मन जित्न सकिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुनालेमन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साताको पहिलोदिन आईतबार समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा जनताको मन जित्न राम्रा काम गर्दा गर्दै पनि बिपक्षीहरुले अनाबस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् ख्याल गर्नुहोला । सोमबारबाट समय राम्रो रहेकोले सवारि साधन तथा भौतिक सम्पति लाभ हुने तथा चिठ्ठा पर्ने योग रहेकोछ । बौद्धिक कार्यमा सहभागि भई बौद्धिक तथा प्राज्ञिक ब्यात्तित्व सामु गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुनालेमन प्रशन्न हुनेछ । नयाँ नयाँ कामको प्रस्ताब आउने तथा अल्झेर बसेका कामहरु फत्ते हुनेछन् । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ भने जीवन साथिबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । ऋण,रोग तथा सत्रुबाट छुटकारा मिल्नेछ । संकट ब्याबस्थापनका लागी चालिएको कदमबाट सकारात्मक नतिजा आउने हुनालेमन प्रशन्न रहनेछ

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले पराक्रम बढ्ने हुनाले आटिलो तथा शाहसिलो काम गर्न जोस जागर बढेर जानेछ । उद्योग,व्यापार व्यावसायमा गरिएको लगानिबाट भरपुर आम्दानि गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुनालेमन प्रशन्न हुनेछ । साथिभाई तथा परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हुनेछ । व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिने हुनालेअन्य क्षेत्रमा पनि रुपैया पैसा लगानि गर्न आट आउँनेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले सामाजिक तथा राजनितिक बिषयहरुको उठान आज नगर्नु नै उचित हुनेछ किनकि त्यस्ता बिषयसँग सम्बन्धित मुद्दाहरु आज किनारा लाग्ने छैनन् । आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुदा आफ्नो काम थाति रहनेछन् । लामो दुरिको यात्रा हुने अधिक सम्भावना रहेकोछ । घर परिवार तथा आफन्त सँग छुट्टिएर यात्राको तय गर्नुपर्दा मनमा खिन्नता पैदा हुनेछ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू ,ते) पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्ब सँगको सम्बन्धमा नयाँ आयामको बिकास हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहन तथा बिद्या तथा प्रतिश्पर्धामा सफलता प्राप्त हुनेछ । माया प्रेममा आफ्नो मायालुसँग दिनभरु सँगै रहेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा सहकारि क्षेत्रलाई समय सापेक्ष परिमार्जन गरि भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । राजतिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुदा मन प्रशन्न रहनेछ । साताको अन्तको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला । बिदेश यात्राको गतिलो योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू) धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको प्रखर बोलिले सबैको मन जित्नेछ भने सार्वजनिक बिषयबस्तुको राम्रो सँग अध्ययन गरि गरिने निर्णयलाई सबैले सम्मान गर्नेछन् । गित संगित तथा मोडलिङ पेशा व्यावसाय अगाल्नेहरुलाई आजको दिन मनग्गे आम्दानि हुनेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनुको साथै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो,रमाईलो तथा अर्थपुर्ण यात्राको तय गर्न सकिनेछ । लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल भएर जानेछन् भने अदालत तथा न्यायलयबाट हुने न्यायिक निणय हरु तपाईकै पक्षमा हुनेछन् । मनग्गे रुपैया पैसा कमाईने हुदा अन्य क्षेत्रमा लगानि गर्ने जोस जागर आउँनेछ । पढाई लेखाइमा दुई चार कदम अगाडि बढेर प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफनो पक्षमा पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू ,ध,फा,ढा,भे) साताको पहिलो दिन अर्थात आईतबारको समय मध्ययम रहेकोले कार्यक्षेत्रमा आफुभन्दा अग्रज ब्यात्तित्वहरु सँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुदा मानशिक तनाब बढ्नेछ । सोमबारबाट जीवन साथिसँग रमाईलो स्थानको अवलोकन गर्न लामो दुरिको भ्रमण तय हुनेछ भने ब्याबसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । धार्मिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । नयाँ कामको थालनि हुने तथा आर्थिक उन्नतिमा नयाँ अवसरहरु मिल्नेछन् । सम्मानित काम गरेर समाजमा नाम,दाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । तपाईको कामबाट बिशिष्ट ब्याक्तित्वहरु प्रफुल्लित हुनेछन् । राजनितिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरेर प्रसिद्धि कमाउँने समय रहेको छ भने अरुलाई प्रभावमा पारेर आफ्नो काम फत्ते गर्न सकिनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साताको शुरु र अन्तको समय राम्रो रहेकोले थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ भने महत्वपुर्ण जिम्मेवारि सम्पादन गर्ने जिम्मा तपाईको काँधमा आउनेछ । कला,साहित्य तथा नृत्य प्रतियोगितामा सहभागि भई प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिने हुनालेआफन्त तथा साथिभाईहरु खुसि हुनेछन् । माया प्रेम तथा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले आफन्त तथा चेलीमाईति बिच राय बाजिनेछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । ऋण,रोग तथा संकटले सताउँनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू ,से,सो,दा) नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुने योग रहेको छ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । बिभिन्न किसिमका मानव निर्मित भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले यो साता रमाईलोका साथ बित्नेछ भने ईच्छित कामनाहरु पुरा हुने समय रहेको छ । अधुरा कामहरु पूरा हुनुका साथै नयाँ कामका अवसर आउनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको व्यावसाय फस्टायर जानेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् । हप्ताको अन्तमा भौतिक सम्पति तथा हार्डवयेर सँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाई लेखाईमा राम्रो प्रगति हुनेछ भने बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा सहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो झनै कसिलो हुनेछ । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बादबिवाद, प्रतिश्पर्धा तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । उद्योग व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुने हँुनाले मन प्रशन्न रहनेछ । लेखन कलाको बिकाश हुनेछ भने लेखेरै आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ । आत्मिय मित्रहरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग मिल्नेछ । साताको अन्तमा लामो दुरिको व्यावसायिक यात्रा हुने प्रवल योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस ।