स्याङ्जामा भूकम्पपीडित लाभग्राही दश हजार बढी

स्याङ्जामा भूकम्पपीडित लाभग्राही दश हजार बढी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वालिङ, २१ साउन । गोरखा भुकम्पबाट क्षति भएका दश हजार बढी पीडितले लाभ लिएका छन् । क्षतिग्रस्त निजी आवास तथा भवनको पुनःनिर्माणका लागि हालसम्म जिल्लामा पुनःनिर्माण तथा प्रबलीकरण गरी कूल दश हजार १६२ घर निर्माण छन् । पुनःनिर्माणतर्फ ९०८ र प्रबलीकरणतर्फ ७५४ लाभग्राहीका सूचीमा रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख प्रवीण ढकालले जानकारी दिनुभयो ।

पुनःनिर्माणतर्फका कूल ९ हजार ४०८ लाभग्राही रहेका थिए । “प्रथम किस्ता बुझेका छ हजार २०२ मध्ये गत असार मसान्तसम्ममा ६८.३५ प्रतिशतले घर निर्माण सम्पन्न गरेका छन्” उहाँले भन्नुभयो, “घर निर्माण सम्पन्न गरेका लाभग्राहीलाई तेस्रो किस्ताबापतको रकम प्रदान गरिसकेका छौं ।”प्रबलीकरणतर्फका कूल लाभग्राही ७५४ मध्ये ६०८ ले सम्झौता गरी प्रथम किस्ताबापतको रु ५० हजार बुझेका उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार तोकिए बमोजिमको प्रबलीकरण गरी ३२ लाई मात्र दोस्रो तथा अन्तिम किस्ताबापतको रु ५० हजार प्रदान गरिएको हो ।

लाभग्राही कायम भएकाको हकमा आगामी कात्तिक मसान्तसम्म आवास पुनःनिर्माणको अवधि कायम गरेको छ । “प्रबलीकरणमा कायम भएका लाभग्राहीले चाहेको खण्डमा पुनःनिर्माणको लाभग्राहीमासमेत परिवर्तन हुन पाउनेछन्” प्रमुख ढकालले भन्नुभयो, “यदि सामान्य मर्मत सम्भारमात्रै गर्न चाहेमा रु ५० हजार प्राप्त गर्न सक्नेछन् ।” पहिले सर्भे÷रिसर्भे भएर पनि लाभग्राही कायम हुन नसकेका ७१७ गुनासोकर्ताको पुनरावेदन फाइल केन्द्रमा पठाइएको छ । जिल्लामा २१ लाभग्राहीले आफ्नो अन्यत्रसमेत बस्न योग्य घर रहेको जनाउँदै प्रथम किस्ताबापतको रु ५० हजारका दरले रु दश लाख ५० हजार फिर्ता गरेका प्रमुख ढकालले जानकारी दिनुभयो ।

पुनःनिर्माण लाभग्राहीले निजी आवास निर्माणका लागि तीन किस्तामा गरी तीन लाख र प्रबलीकरण लाभग्राहीले आंशिक क्षतिग्रस्त घर प्रबलीकरण गर्न दुई किस्तामा एक लाख रूपैयाँ पाउँछन् । रासस

यो पनि –अझै सम्पन्न भएन अस्पताल भवन

ठेकेदारले कार्ययोजना अनुसार काम गरेको भए बेनी अस्पतालको सुविधा सम्पन्न भवन सञ्चालन भइसकेको हुन्थ्यो । अस्थायी र पुराना भवनका साँघुरा कोठामा काम चलाउ हिसाबले बिरामीको उपचार गर्नुपर्ने समस्या हट्थ्यो । बीस महिना अघिनै सम्पन्न गर्ने सम्झौता गरेका निर्माण व्यवसायीको विवाद अदालत पुगेपछि अधुरो भवन निर्माण पनि अन्र्योलमा परेको छ ।

तत्कालीन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले विसं २०७३ मङ्सिर २१ गते ५० श्यया क्षमताको अस्पताल भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । रु २४ करोड चार लाख २९ हजार ८६९ लागत अनुमान गरिएको थियो । सो निर्माण कम्पनीका सञ्चालक निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवी सिंह हुनुहुन्छ । यो भवन बनाउने जिम्मेवारी रवीन जोशीले लिनुभएको बताइको छ । विसं २०७६ मङ्सिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चार तले तीन भवन निर्माणको हालसम्मको भौतिक प्रगति ६० प्रतिशत मात्र रहेको सो कार्यालयका प्रमुख प्रभाकरलाल कर्णले जानकारी दिनुभयो ।

“विभिन्न चरणमा भएको लिखित र मौखिक प्रतिबद्धता अनुसार भवन निर्माणलाई गति दिन नसकेपछि कालोसूचीमा राख्ने प्रक्रिया थालेका हांै,” उहाँले भन्नुभयो, “जमानी बसेको बैंकलाई पहिलो चरणको पत्र काटेका छौं । अब पत्रिकामा सार्वजनिक सूचना जारी गर्छौ ।” तीन तला ढलान र प्लास्टर भइसकेको भवनमा टायल राख्ने, रङगरोगन, विद्युत्, पानी र फर्निचर जडानलगायतका काम बाँकी छन् । सार्वजनिक खरिद ऐनको पछिल्लो संशोधन र कोरोनाका कारण थप भएको म्याद विसं २०७८ जेठ २० गते सकिएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ को बजेट भाषणमार्फत सरकारले गरेको घोषणा अनुसार आगामी मङ्सिर २० गतेसम्म म्याद थप गर्न सकिन्छ । साझेदारीमा काम गरेका तीन निर्माण व्यवसायीको विवादले काम अघि बढ्ने आधार नदेखिएपछि कारवाही प्रक्रिया शुरुआत गरेको आयोजना प्रमुख कर्णले जानकारीदिनुभयो । साझेदारी गरेका तीन निर्माण कम्पनीको लेनदेन विवाद अदालत पुगेको बताइएको छ । अदालतको आदेश अनुसार कार्यालयले रु दुई करोड भुक्तानी रोकेर राखेको छ । दुई वर्ष शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाइ कास्कीलाई हस्तान्तरण गरिएको यो आयोजना आर्थिक वर्ष २०७७÷०७८ मा कार्यालयमा फिर्ता ल्याइएको थियो ।

भवन निर्माण अलपत्र बनेपछि सेवा प्रवाहमा असर परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारीदिनुभयो । “पचास श्यया क्षमता भए पनि १५ श्ययाको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौं” उहाँले भन्नुभयो, “पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ ।’’ पछिल्लो एक वर्षयता भवन निर्माणको काम सुस्त बनेको छ । नयाँ भवन बनाउन पुरानो भवन भत्काइएको थियो । बहिरङग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरङग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयका भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ । सघन उपचार कक्ष (आइसीयु) र डायलाइसीस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ ।

पन्ध्र श्यया क्षमताको अस्पताल विसं २०७२ मा पचास श्ययामा स्तरोउन्नति भएको थियो । भूकम्प प्रतिरोधी क्षमत्ताको भवन अपाङ्ग मैत्रीसमेत हुनेछ । भूइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा सघन उपचार, कक्ष प्रयोगशाला, रेडियोलोजी, पहिलो तलामा शल्यक्रिया थियटर, बहिरङग सेवा र अन्तिम तलामा प्रशासन कक्ष बनाउन प्रस्ताव गरिएको छ ।

निर्माण कम्पनीका प्रतिनिधि जोशीले पुरानो भवन भत्काउन, रुख कटान र ढुवानीका लागि सडक बनाउन समयमै अनुमति पाउन ढिलाइ भएको बताउनुभयो । उहाँले सम्झौता गरेको एक वर्षपछि मात्र काम शुरु गर्न पाएको र काम नरोकिएको दाबी गर्नुभयो । भवन निर्माणमा खटिएका मजदूरले निर्माण व्यवसायीले ज्याला नदिएको र सामान बेचेका आपूर्तिकर्ताले करोडौं भुक्तानी नपाएको गुनासो समेत गरेका छन् ।