भदौमा महाधिवेशन सम्भव छैन ः महामन्त्री डा कोइराला

भदौमा महाधिवेशन सम्भव छैन ः महामन्त्री डा कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको जानकारी दिनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ ।” पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको जनाउँदै उहाँले यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुङ्ग्याउनुपर्छ भन्नुभयो । काँग्रेसको महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरुको माग रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “ पार्टी सभापतिका लागि मैले पनि उम्मेदवारी घोषणा गरेको छु । संस्थापन पक्षबाट अन्य दुई जना उम्मेदवार हुनुहुन्छ । सबै निर्वाचन लडे हारिन्छ । एउटामात्र उम्मेदवार बनाउन छलफल भइरहेको छ ।” फरक प्रसङ्गमा उहाँले आफू मन्त्रिमण्डलमा सहभागि नहुने र बाहिर बसेर सरकारलाई सहयोग गर्ने बताउनुभयो ।

यो पनि -सांसद राजभण्डारीद्वारा बाढीपहिरो व्यवस्थापन समन्वय समितिलाई सहयोग

नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले कांग्रेसले गठन गरेको बाढी, पहिरो व्यवस्थापन समन्वय समितिलाई आर्थिक सहयोग गर्नुभएको छ । देशका विभिन्न भागमा गएको विनाशकारी बाढीपहिराका कारण पुगेको जनधनको ठूलो क्षतिको तथ्याङ्क सङ्कलन तथा बाढी पहिरापीडितलाई राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले निर्माण गरिएको समितिलाई सांसद राजभण्डारीले बिहीबार रु एक लाख एक हजार आर्थिक सहयोग गर्नुभएको हो ।

उक्त समितिको सहसंयोजकसमेत रहनुभएका सांसद राजभण्डारीले समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतलाई उक्त रकम हस्तान्तरण गर्नुभयो । देशभर बाढीपहिराले क्षति पु¥याएपछि कांग्रेसले केन्द्रीय सदस्य बस्नेतको संयोजकत्वमा ११ सदस्यीय समिति निर्माण गरेको थियो । उक्त समितिको सहसंयोजकमा राजभण्डारी, सचिवमा कांग्रेस केन्द्रीय सदस्य किरण गिरी, कोषाध्यक्षमा केन्द्रीय सदस्य कल्पना चौधरी रहनुभएको छ ।

यस्तै सदस्यमा कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य भूमिबहादुर गुरुङ, प्रतिनिधिसभा सदस्य रामबहादुर विष्ट, पूर्वसांसद बहादुरसिंह थापा, संविधानसभा सदस्य राजीवविक्रम शाह, तीर्थबहादुर लामा, महासमिति सदस्य ललितजङ्ग शाही, देवराज चालिसे र नागिना यादव रहनुभएको छ । उक्त समन्वय समितिले बाढीपहिराको क्षतिको आकलन गरी पीडितलाई राहतकार्यमा सहयोग पु¥याउनेछ ।