एकल पुरुषलाई भत्ता

एकल पुरुषलाई भत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङका चार स्थानीय तहले एकल पुरुषलाई पनि भत्ता दिने भएका छन् । स्थानीय तहले कार्यविधि बनाएर श्रीमतीको मृत्यु भएपछि एक्लो जीवन बिताइरहेका ५० वर्षभन्दा माथिका एकल पुरुषलाई मासिक रु ५०० देखि रु दुई हजारसम्म सामाजिक सुरक्षा भत्ता दिँदै आएका छन् । एकल पुरुष भत्ता दिनेमा दुर्गाथली, थलारा, वित्थडचिर गाँउपालिका र जयपृथ्वी नगरपालिका रहेका छन । जयपृथ्वी नगरपालिका र थलारा गाउँपालिकाले २०७७ सालमा कार्यविधि बनाई नीति तथा कार्यक्रममा समावेश गरी भत्ता दिन सुरु गरेका छन् । दुर्गाथली र वित्थडचिर गाउँपालिकाले पनि कार्यविधि पारित गरेर यही आर्थिक वर्षको साउनदेखि एकल पुरुषलाई भत्ता दिने भएका छन् ।

श्रीमतीको निधनपछि एकल पुरुषसमेत पीडित हुने अवस्थालाई हटाउन एकल पुरुष भत्ताको व्यवस्था गरेको दुर्गाथली गाउँपालिकाका अध्यक्ष प्रयागराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक, एकल महिला, दलित समु्दायका मानिसलाई सामाजिक सुरक्षा भत्ता दिइएको छ । श्रीमतीको निधनपछि समाजमा एकल महिलाजस्तै एकल पुरुषलाई पनि जीविकोपार्जन गर्न कठिन हुने भएकाले सामाजिक रुपमा भत्ता दिने व्यवस्था गरेका हौँ ।”

वित्थडचिर गाउँपालिका प्रवक्ता तथा वडानम्बर ६ का अध्यक्ष हर्क बोहराले एकल पुरुषलाई जीविकोपार्जन गर्न कठिन भएकाले गाउँपालिकाबाट भत्ताको व्यवस्था गरिएको बताउनुभयो । बोहराले भन्नुभयो, “छोरा बुहारी काममा व्यस्त हुने र श्रीमतीको मृत्यु भएका पुरुषले अरुको तुलनामा एक्लोपन महसुस गर्ने भएकाले बुढेसकालको सहारा बन्न कार्यविधि बनाई प्रक्रिया अघि बढाएका हौँ ।”

चारवटै स्थानीय तहहरुले ५० वर्षभन्दा माथि ७० वर्ष नपुगेका एकल पुरुषलाई र ६० बर्ष नपुगेका दलित एकल पुरुषलाई मासिक रु ५०० देखि रु एक हजार ५०० सामाजिक सुरक्षा भत्ता दिँदै आएका छन् । जयपृथ्वी नगरपालिका प्रवक्ता सविता खड्काले आर्थिक अवस्था कमजोर भएर एकल पुरुषले सामान्य उपचार सेवासमेत पाउन नसकेको र बिहान–बेलुका छाक टार्नसमेत मुस्किल भएकाले त्यस्ता एकल पुरुषको सङ्ख्या पहिचान गरी सामाजिक सुरक्षा भत्ता दिन थालिएको बताउनुभयो । –––रासस

यो पनि – हिरोशिमा बम विस्फोटनको ७६ औँ बर्ष, ह’तियार मोह त्याग्न जापानको आग्रह

जापानी सहर हिरोशिमामा भएको आणविक ब’म वि’स्फोटको ७६ औँ बर्ष पुगेको दिन शुक्रबार हिरोशिमा शहरले परमाणु प्रतिरोधलाई त्याग्न आह्वान गरेको छ । यो वर्ष हिरोशिमा शहरले अगस्त ६, १९४५ मा शहरमा ब’म वि’स्फोट गराइँदा भएको क्षतिलाई फेरि एक सानो स्मृति समारोहमार्फत् स्मरण गरेको छ । शुक्रबार बिहान ८ः१५ बजे शान्ति स्मारक पार्कमा एकछिन मौन धारण गरिएको छ ।

“अमेरिकाले सन् १९४५ को अगस्त ६ को बिहानी समयमा जापानको हिरोशिमा शहरमा परमाणु ब’म खसालेको थियो”

सन् १९४५ को अगस्त ६ को बिहानी समयमा यस शहरमा ब’म वि’स्फोट भएको थियो । जापानस्थित क्योदो न्युजले जापानी अधिकारीलाई उद्धृत गरी भनेको छ, “जापानी प्रधानमन्त्री योशिहिदे सुगाले आफ्नो सम्बोधनमा गम्भीर सुरक्षा वातावरण र यस मामिलामा राष्ट्रहरूको स्थानबीच मतभेद बढ्दै गएको बेला आणविक निरस्त्रीकरणतर्फ ‘निरन्तर यथार्थवादी पहलहरू’ गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ । हिरोशिमा शहरका मेयर काजुमी मात्सुईले देशलाई आणविक प्रतिरोधमा विश्वास गर्नको सट्टा आगामी निर्माणमा लागि सम्वादमा लाग्न आग्रह गर्नुभएको थियो ।

दोस्रो विश्वयु’द्धका बेला जापानलाई आत्मसमर्पण गर्न बाध्य पार्ने आ’क्रामक प्रयासमा संयुक्त राज्य अमेरिकाले सन् १९४६ अगस्ट ६ मा हिरोशिमामा परमाणु ब’म खसालेको थियो । यसको तीन दिनपछि वासिङ्टनले जापानी शहर नागासाकीमा अर्को परमाणु ब’म खसालेको थियो । ती दुई घटनामा हजारौं मानिसको ज्यान गएको थियो भने नागासाकी ब’म वि’स्फोट भएको छ दिनपछि जापानले आफ्नो पक्षबाट यु’द्धको अन्त्य गर्दै सहयोगी सेनासहित अगस्त १५ मा आ’त्मसमर्पण गरेकोे थियो ।

यो पनि – टेलिकमको सियूजी प्याकेज : अनलिमिटेड कलदेखि डाटासम्म

नेपाल टेलिकमले सियूजी सेवामा आबद्ध हुने ग्राहकलाई अनलिमिटेड कलदेखि डाटासम्मको छुटको घोषणा गरेको छ । टेलिकमले कर्पोरेट युजर ग्रुप–सियूजी सेवामा आबद्ध हुने ग्राहकको सङ्ख्यामा वृद्धि हुने क्रम जारी रहेकाले कुनै संस्था÷कार्यालयमा कार्यरत न्यूनतम दश मोबाइल प्रयोगकर्तालाई सियूजी समूहमा आबद्ध गराएर छुट दिन सकिने जनाएको हो ।

सियूजी सेवामा आबद्ध सदस्यबीच निःशुल्करूपमा अनलिमिटेड भ्वाइस कल गर्न, सस्तो दरमा डाटा चलाउन र एसएमएस पठाउन सकिने तथा सियूजीमा आबद्ध नभएका नेपाल टेलिकमको नेटवर्कभित्रका अन्य नम्बरमा कुराकानी गर्न सकिने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार कर्पोरेट ग्रुपमा आबद्ध सदस्यको आवश्यकतालाई दृष्टिगत गरी रु २००, रु ५००, रु एक हजार र रु एक हजार ५०० दरका विभिन्न सियूजी प्याकेज उपलब्ध गराइएको छ । कम्पनीले उपलब्ध गराएको सो सेवामा प्रिपेड मोबाइलका ग्राहकले रु २०० को प्याकेजअन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कलबाहेक १०० मिनेट अननेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) र १० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस सुविधा तथा ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने एक जिबी डाटा सुविधा प्राप्त गर्न सक्दछन् ।

त्यसैगरी पोस्टपेड मोबाइलका ग्राहकले रु ५०० को प्याकेजअन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल बाहेक ५०० मिनेट अन नेट र ५० मिनेट अफ नेट भ्वाइस सुविधा तथा १०० अन नेट एसएमएस र ३० वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने पाँच जिबी डाटा सुविधा प्राप्त गर्न सक्दछन् । उक्त दुई प्याकेजबाहेक पोस्टपेड मोबाइलका ग्राहकले रु एक हजार र रु एक हजार ५०० का अन्य प्याकेजसमेत प्रयोग गर्न सक्दछन् । रु एक हजारको प्याकेजअन्तर्गत सियूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ः०० देखि बेलुकी ७ः०० बजेसम्म अनलिमिटेड कल वा मासिक जम्मा एक हजार मिनेट कल गर्न सकिन्छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिन्छ । साथै यस प्याकेजमा १० जिबी डाटा चलाउन र २०० एसएमएस पठाउन सकिन्छ ।

यसैगरी रु एक हजार ५०० को प्याकेजअन्तर्गत सियूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ः०० बजेदेखि बेलुकी ७ः०० बजेसम्म अनलिमिटेड कल गर्ने सुविधा वा मासिक जम्मा १५०० मिनेट कल गर्न सकिने सेवा लिन सकिन्छ । यस प्याकेजमा अन्य नेटवर्कमा २०० मिनेट कलका अतिरिक्त २० जिबी डाटा चलाउन र ४०० वटा एसएमएस पठाउन सकिन्छ ।

कुनै संस्था÷कार्यालयले ग्रुपमा सहभागी गराउनुपर्ने मोबाइल नम्बर र प्राप्त गर्न चाहेको प्याकेज पत्रमा उल्लेख गरी कम्पनीको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्छ । न्यूनतम १० प्रिपेड÷पोष्टपेड मोबाइल प्रयोगकर्ता समेटी आधिकारिकरूपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सियूजी प्याकेज उपलब्ध गराइने कम्पनीले जनाएको छ ।