नेपालले भारतसित मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले भारतसित मैत्रीपूर्ण फुटबल खेल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली फुटबल टोलीले भारतसित आगामी महिना दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले भदौ १७ र २० गते भारतसित मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने छ । भारतीय फुटबल सङ्घले मैत्रीपूर्ण खेलका लागि एन्फासित प्रस्ताव राखेको हो । उक्त प्रस्ताव एन्फाले स्वीकार गरेको छ ।

नेपालले १३औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) आयोजना गर्नका लागि समेत प्रस्ताव अघि बढाएको छ । उक्त प्रतियोगिता अघि नेपालले भारतसित मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । बङ्गलादेशले कोरोना महामारीका कारण साफ च्याम्पियनसिप आयोजन गर्न नसक्ने जनाएपछि नेपालले सो प्रतियोगिता आयोजना गर्न इच्छा देखाएको हो । नेपालमा आगामी अक्टोबरमा १३औँ संस्करणको साफ च्याम्पियनसिप गर्न एन्फाले साफलाई पत्र पठाएको छ । नेपालले यसअघि सन् १९९७ र सन् २०१३ मा साफ च्याम्पियनसिप आयोजना गरिसकेको छ । –

यो पनि -टोकियो ओलम्पिक ः ७५ पदकसहित चीन शीर्ष स्थानमा कायमै

जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा चीन ७५ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्षस्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म ३४ स्वर्ण, २४ रजत र १७ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले ३१ स्वर्ण, ३५ रजत र ३० कास्य पदक प्राप्त गरेको छ भने जापानले २३ स्वर्ण, १० रजत र १५ कास्य प्राप्त गर्न सफल भएको छ । रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौंथो स्थानमा उक्लिएको छ । उसले १७ स्वर्ण, २३ रजत र २२ कास्य पदक प्राप्त गरेको छ । बेलायत १७ स्वर्ण, १८ रजत र १८ कास्य पदकसहित पाँचौँ स्थानमा छ ।

यसैगरी अस्ट्रलिया १७ स्वर्ण, छ रजत र २० कास्य पदक प्राप्त गर्दै छैटौँ स्थानमा छ । जर्मनी नौ स्वर्ण, १० रजत र १६ कास्यसहित सातौँ, इटली आठ स्वर्ण, १० रजत र १८ कास्यका साथ आठौँँ, फ्रान्स सात स्वर्ण, ११ रजत र नौ कास्य जित्दै नवौँ तथा नेदरल्याण्डस् सात स्वर्ण, नौ रजत र ११ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेभसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ८८ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आ आफ्नो खेलमा प्रतिस्पर्धा गर्नुभएको थियो । पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिनुभएको छ ।

यो पनि – अमेरिकाले जापानको हिरोशिमामा ब.म खसालेको ७६ औँ बर्ष, ह.तियार मोह त्याग्न जापानको आग्रह

जापानी सहर हिरोशिमामा भएको आणविक ब’म वि’स्फोटको ७६ औँ बर्ष पुगेको दिन शुक्रबार हिरोशिमा शहरले परमाणु प्र.तिरोधलाई त्याग्न आह्वान गरेको छ । यो वर्ष हिरोशिमा शहरले अगस्त ६, १९४५ मा शहरमा ब’म वि’स्फोट गराइँदा भएको क्षतिलाई फेरि एक सानो स्मृति समारोहमार्फत् स्मरण गरेको छ । शुक्रबार बिहान ८ः१५ बजे शान्ति स्मारक पार्कमा एकछिन मौन धारण गरिएको छ ।

“अमेरिकाले सन् १९४५ को अगस्त ६ को बिहानी समयमा जापानको हिरोशिमा शहरमा परमाणु ब’म खसालेको थियो”

 

सन् १९४५ को अगस्त ६ को बिहानी समयमा यस शहरमा ब’म वि’स्फोट भएको थियो । जापानस्थित क्योदो न्युजले जापानी अधिकारीलाई उद्धृत गरी भनेको छ, “जापानी प्रधानमन्त्री योशिहिदे सुगाले आफ्नो सम्बोधनमा गम्भीर सुरक्षा वातावरण र यस मामिलामा राष्ट्रहरूको स्थानबीच मतभेद बढ्दै गएको बेला आणविक निरस्त्रीकरणतर्फ ‘निरन्तर यथार्थवादी पहलहरू’ गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ । हिरोशिमा शहरका मेयर काजुमी मात्सुईले देशलाई आ.णविक प्र.तिरोधमा विश्वास गर्नको सट्टा आगामी निर्माणमा लागि सम्वादमा लाग्न आग्रह गर्नुभएको थियो ।

दोस्रो विश्वयु’द्धका बेला जापानलाई आ.त्मसम.र्पण गर्न बाध्य पार्ने आ’क्रामक प्रयासमा संयुक्त राज्य अमेरिकाले सन् १९४६ अगस्ट ६ मा हिरोशिमामा परमाणु ब’म खसालेको थियो । यसको तीन दिनपछि वासिङ्टनले जापानी शहर नागासाकीमा अर्को परमाणु ब’म खसालेको थियो । ती दुई घटनामा हजारौं मानिसको ज्यान गएको थियो भने नागासाकी ब’म वि’स्फोट भएको छ दिनपछि जापानले आफ्नो पक्षबाट यु’द्धको अन्त्य गर्दै सहयोगी सेनासहित अगस्त १५ मा आ’त्मसमर्पण गरेकोे थियो ।

यो पनि -पछिल्लो २४ घन्टामा थप ३,७२९ जनामा कोरोना संक्रमण पुष्टि,२५ जनाको मृत्यु

काठमाडौं, २१  साउन । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३,७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९,४९३ पीसीआर र ६,१८२ एन्टीजेन परीक्षणमा ३,७२९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख १० हजार ५०९ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएकाहरुको संख्या ६७ हजार ८० पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १,८८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ६ लाख ६५  हजार ५४८  पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यो पनि – बढ्न थाल्यो कोरोना ः अक्सिजनसहितका आइसोलेशन पूर्ववत अवस्थामा राख्न निर्देशन

पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहका आइसोलेशनलाई पूर्ववत् सुविधामा राख्न निर्देशन दिइएको छ । काभ्रेस्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसीएमसी)ले आवश्यक अक्सिजनसहित पूर्ववत् अवस्थामा राख्न निर्देश गरेको हो ।

स्थानीय तहमा रहेका आइसोलेशन अक्सिजनसहित पुनःसञ्चालनमा ल्याउन निर्देशन दिएको केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारीदिनुभयो । “सङ्क्रमणदर दैनिक बढ्न थालेपछि स्थानीय तहका आइसोलेशन अक्सिजन सुविधासहित पुनः सञ्चालनमा ल्याउन निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार सङ्क्रमण उच्च रहेका केही स्थानीय तहमा भने आइसोलेशन सञ्चालनरत रहेका छन् । पाँचखाल नगरको आइसोलेशनमा पाँच सङ्क्रमित उपचाररत छन् । जिल्लामा दैनिक सङ्क्रमणदर बढिरहेको तर थोरै मात्रामा कोरोनामुक्त हुने गरेको केन्द्रको तथ्याङ्कले देखाएको छ । अघिल्लो महिना जिल्लामा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शुन्यतामा झरे पनि यही साउनमा मृत्यु भइरहेका छन् । साउनमा मात्रै एक हजार १४ मा सङ्क्रमण देखियो भने सातले ज्यान गुमाइसकेका छन् ।

जिल्लामा हालसम्म १३ हजार ९३ मा सङ्क्रमण देखिएकोमध्ये १७८ को मृत्यु भइसकेको छ । मृतकमध्ये पनि १३३ कोरोना दोस्रो लहरका हुन् । जिल्लाका अस्पतालमासमेत कोरोनाका बिरामीको चाप बढिरहेको जनाइएको छ । हाल जिल्लामा एक हजार ८४२ सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बनेपा नगरमा २०५, धुलिखेलमा १६५, पाँचखालमा १३७, नमोबुद्धमा ६७, मण्डनदेउपुरमा ४७ तथा रोशी २१, चौँरीदेउरालीमा तीन, तेमालमा आठ, भुम्लुमा २१, बेथानचोकमा नौ र महाभारत गाउँपालिकामा तीन सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो । तेह्र स्थानीय तहमध्ये हाल खानीखोला गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएको छ ।

त्यसो त आगामी केही महिनामा कोरोनाको सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षपण गरिएपछि पनौती नगरले बालबालिकाको लागि गत असारमै आइसोलेशन निर्माण गरेको छ । नगरले ४ नम्बर वडा कार्यालयमा हाललाई ३० श्ययाको आइसोलेशन बनाएको हो । स्थानीय रोटरी नेपालसँगका सहकार्यमा अक्सिजनसहितको आइसोलेशन बनाइएको नगरप्रमुख भीमप्रसाद न्यौपानेले जानकारीदिनुभयो । “सम्भावित दुर्घटनाबाट बालबालिकालाई जोगाउन अहिल्यै पूर्वतयारीस्वरुप आइसोलेशन बनाएका हौँ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार गम्भीर अवस्थामा आवश्यकता परे वैकल्पिक व्यवस्थापनका लागिसमेत नगरमा छलफल भइरहेको छ । नगरले कोरोनाको दोस्रो लहर शुरुआत भएपछि वैशाख अन्तिम साता २५ श्ययाको अक्सिजनसहितको आइसोलेशन व्यवस्थित गरेको थियो । पनौतीमा हाल ६५ महिलासहित १५६ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने दुई दर्जनबढीको मृत्यु भइसकेको छ ।केन्द्रले गत जेठ अन्तिमसाता आउँदो केही महिनामा कोभिड–१९ को सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएअनुसार जिल्लास्थित अस्पताललाई २०५ श्यया छुट्याउन लगाउने निर्णयसमेत गरेको थियो । धुलिखेल अस्पतालले बालबालिकाका लागि १०० श्यया व्यवस्थापन गर्ने सम्झौता भइसकेको प्रजिअ पोखरलले बताउनुभयो ।

धुलिखेल, मेथिनकोट, बनेपास्थित शिरमेमोरियल र भोमी अस्पताललगायतलाई प्रारिम्भक चरणमा २०५ श्यया छुट्याउन अनुरोध गरिने केन्द्र सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारीदिनुभयो । उहाँका अनुसार प्रक्षेपणअनुसार बालबालिकामा सङ्क्रमण फैलिए स्थानीय तहलाई समेत बालबालिकाका लागि छुट्टै अक्सिजनसहितको आइसोलेशन कक्ष निर्माण गर्न लगाइनेछ । “प्रक्षेपित तेस्रो लहरले कस्तो क्षति पु¥याउँछ सोहीअनुसार व्यवस्थापनमा लाग्न तयारी अवस्थामै छौँ”, उहाँले भन्नुभयो । रासस