सहर सहरमा मनाइयो घण्टाकर्ण अर्थात् गठामङ्गल

सहर सहरमा मनाइयो घण्टाकर्ण अर्थात् गठामङ्गल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रत्येक वर्ष श्रावण कृष्ण चतु्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री सहरमा मनाइएको छ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व साँस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाएका हुन् । राजधानीको भित्री सहरका साथै नेवार समुदायको बाहुल्यता रहेको सहर बजारमा पनि यो पर्व मनाइएको छ ।


गथाः मुगः च¥हे (गथेमङ्गल)का दिन शुक्रबार मध्यपुर थिमिमा नर्कटको घण्टाकर्णलाई घिसारेर लगिँदै स्थानीय । तानेर लगेर हनुमन्ते खोलामा फाल्ने गरिन्छ । तस्वीर ः रत्न श्रेष्ठ, रासस

परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा कीरालगायत रोग नलाग्ने विश्वास रहेको बताउनुहुन्छ ।

यसैगरी बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ । गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्व, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ । यस्तो परम्परा अहिले पनि राजधानीको तीनै सहर काठमाडौँ, ललितपुर र भक्तपुरका भित्री भागमा छ ।

यसो गर्नाले नव विवाहित जोडीको जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ । आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्वपूर्ण मान्छन् । आज विभिन्न धातुबाट बनेका औँठी किनेर लगाएमा नकारात्मक तत्वबाट शरीरलाई रक्षा गर्छ भन्ने विश्वाससमेत छ । यसैकारण आज धातुका औँठी किन्नेको भीड लाग्छ । यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भयले बजारमा औँठी किन्नेको भीडभाड कमै देखिन्थ्यो ।