तुईनबाट खसेर बेपत्ता जयसिंह धामीको परिवारलाई आर्थिक सहयोग

तुईनबाट खसेर बेपत्ता जयसिंह धामीको परिवारलाई आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घरमा एक छाक टार्नै धौधौ रहेका राजन्ती धामीको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । घरमा कमाउने श्रीमान जयसिंह बेपत्ता भएपछि घरमा चुल्हो बल्ने अवस्था नहुँदा भेट्न पुग्ने व्यक्तिले आर्थिक सहयोग गरेका हुन् । शुक्रबारसम्म विभिन्न निकाय र व्यक्तिबाट रु ४१ हजार आर्थिक सहयोग जुटेको छ । बेपत्ता जयसिंहका भाई नरेन्द्रसिंहका अनुसार छानविन समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले पीडित परिवारलाई भेटेर रु १० हजार आर्थिक सहयोग गर्नुभएको छ ।

यस्तै व्यास गाउँपालिकाले रु २५ हजार, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला सचिव भरत मल्लले रु पाँच हजार तथा सशस्त्र प्रहरीका नरेन्द्र बडालले रु एक हजार आर्थिक सहयोग गर्नुभएको छ । बेपत्ता जयसिंहका एक छोरा, एक छोरी र श्रीमती छन् । “छोराछोरी सानै छन्, विदेश जाँदा लागेको ऋण तिर्नुपर्ने एकातिर छ, अर्कोतिर बुवाको जमिनले एक महिना पनि खान पुग्दैन्”, हरकसिंहले भन्नुभयो । वैदेशिक रोजगारी खोज्न काठमाडौँ जाने क्रममा जयसिंह तुईन तर्दा बेपत्ता हुनुभएको हो ।

यो पनि -पहिराबाट ज्यान गुमाउनेका परिवारलाई पाँच लाख

तनहुँको ऋषिङ गाउँपालिकामा गत असार २४ गतेको पहिराबाट ज्यान गुमाउने दुई जनाको परिवारलाई सङ्घ र प्रदेश सरकारका तर्फबाट राहत वितरण गरिएको छ । वडा नं ७ की ५० वर्षीया देवीसरा थापा र वडा नं ८ का ४२ वर्षीय खुमबहादुर थापाको परिवारलाई राहत वितरण गरिएको हो । दुवै पीडित परिवारलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घ सरकारका तर्फबाट जनही रु दुई लाख र प्रदेश सरकारका तर्फबाट जनही रु ५० हजारका दरले राहत रकम प्रदान गर्नुभएको छ । सोक्रममा मुख्यमन्त्री पोखरेलले सरकार जनताको अभिभावक भएकाले पीडामा मलम लगाउन राहत रकम प्रदान गरिएको बताउनुभयो ।

उहाँले गाउँपालिकाका विभिन्न ठाउँमा बाढीपहिराले सडकमा पु¥याएको क्षतिको समेत अवलोकन गर्नुभएको छ । बाढीपहिराले भत्किएका सडक मर्मतका लागि प्रदेश सरकारले तत्काल रु २५ लाख उपलब्ध गराएको थियो । बाढीपहिराले सो गाउँपालिकाका थुप्रै घरमा क्षति पुगेको छ । घर क्षति भएकालाई पुनःस्थापनाका लागि प्रतिघर रु चार लाख उपलब्ध गराउने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गर्नुभयो ।