वर पीपल बचाउ अभियान

वर पीपल बचाउ अभियान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डिभिजन वन कार्यालयले वर , पीपल रोप्ने अभियान सञ्चालनमा ल्याएको छ । सडक विस्तार तथा मानवीय गविधिका कारण सयौँ वर्ष अगाडि रोपिएका त्यस्ता रुख मासिन थालेपछि कार्यालयले यस्तो अभियान सञ्चालनमा ल्याएको जनाएको छ । वरपीपलबाट प्रशस्त मात्रामा अक्सिजन दिने तथा वातावरणलाई हराभरा राख्न ठूलो टेवा पु¥याउने भएकाले सार्वजनिक तथा खुल्ला क्षेत्रमा रोप्ने गरी अभियान सञ्चालनमा ल्याइएको हो ।

धेरै मात्रामा वर, पीपल विस्तार गर्न सके बस्तीमा बाँदर आउने क्रम समेत रोकिने कार्यालयको दाबी छ । वर पीपलको फल खाएर बाँदर अल्मलिने हुँदा त्यसबाट किसानको अन्नबालीमा कम क्षति हुने कार्यालयका प्रमुख विष्णुप्रसाद घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय धेरै वर्ष पुराना वर, पीपलका रूखहरु मासिँदै गएका छन् । अधिकांश ठाउँमा वर, पीपलका ठुटा मात्र देखिन्छन्, त्यसले वातावरणलाई प्रत्यक्ष रुपमा हानि पुगिरहेको छ । त्यसैले हामीले अहिले झापाबाट बिरुवा मगाएर यसलाई अभियानका रुपमा सञ्चालन गर्नेले लक्ष्यका साथ विस्तार गरिरहेका छौँ ।”

त्यस्तै बाँदरले बस्तीमा आएर क्षति गर्न थालेपछि सामुदायिक वनहरुमा फलफूलजन्य बिरुवा तथा इक्कुस रोपनलाई ध्यान दिन आग्रह गरिरहेका छौँ । बाँदरको लागि खाने आहारा वन क्षेत्रमा नै उत्पादन गर्न सकेमा गाउँ बस्तीमा बाँदरले कम क्षति गर्ने कार्यालयको भनाइ छ । कार्यालय प्रमुख घिमिरेले भन्नुभयो, “हाम्रा कारणले नै बाँदरलाई बस्तीमा आउने अवस्था बनाएका छौँ । वन्यजन्तुलाई हाम्रा व्यवहारले पनि असर पारिरहेको छ । उनीहरुलाई खानका लागि आवश्यक पर्ने वस्तु फेला नपरेपछि बस्तीमा आउनु स्वाभाविक छ । वन क्षेत्रमा पनि फलफूलका बिरुवालाई विस्तार गर्न जरुरी देखिएको छ । यसैले पनि हामीले खुल्ला क्षेत्रमा वर, पीपल रोप्ने अभियान सञ्चालनमा ल्याएका हौँ ।”

बढ्दैछन् जडीबुटी कृषक

पछिल्लो समयमा जिल्लाका स्थानीयवासी जडीबुटी खेतीतर्फ आकर्षित भएका छन् । कार्यालयले कृषकलाई प्रोत्साहन गर्नेले विभिन्न कार्यक्रमहरु सञ्चालन ल्याएसँगै यसतर्फ कृषकको आकर्षण बढेको छ । कार्यालयले विभिन्न खालका कृषक लक्षित कार्यक्रम सञ्चालनमा ल्याएसँगै यहाँ जडीबुटीमा लाग्ने कृषकको सङ्ख्या बढेको हो । कार्यालयले विभिन्न कार्यक्रममार्फत आर्थिक तथा प्राविधिक सहयोग गरेपछि कृषकहरुले जडीबुटी खेतीलाई व्यावसायिक रुपमा सञ्चालनमा ल्याएका हुन् । कार्यालयले यस वर्ष मात्र टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा, आमचोक गाउँपालिकालगायत ठाउँमा जडीबुटी विस्तार कार्यक्रम सञ्चालन गरेको हो । कार्यालयले कृषकलाई आयआर्जनमा जोड्न, सतुवा, लोठ सल्ला, चिराइतो लगायतको खेती विस्तारमा कृषकलाई प्रोत्साहन कार्यालयको भनाइ छ । यस वर्ष कार्यालयले गरेको कामको समीक्षा कार्यक्रममार्फत दिएको जानकारीअनुसार थप दुईओटा जडीबुटी नर्सरी विस्तार गरिएको छ । जिल्लामा ६ ओटा नर्सरीबाट एक लाख, ६४ हजार बिरुवा उत्पादन गरेको कार्यालयको भनाइ छ ।

कृषकलाई करिब पाँच हजार कागती, काजती लगायतका बिरुवा वितरण भएको कार्यालयले जनाएको छ । कार्यक्रमका सहभागीहरुले बर्सेनि बिरुवा वितरण गरिए पनि त्यसको उपलब्धि आउन नसकेकाले त्यसतर्फ ध्यान दिनुपर्ने राखे ।

त्यस्तै कृषकले उत्पादन गरेको जडीबुटीको बजारीकरणमा सरकारले भूमिका खेल्नुपर्ने व्यवसायीले बताएका छन् । कार्यालयले सतुवा, टिमुरलगायत विभिन्न जडीबुटीको पकेट क्षेत्र निर्धारण गरेर काम गरिहरहेको छ । त्यस्तै कृषकलाई थप प्रोत्साहन गर्नका लागि लाहा खेती विस्तारका लागिसमेत काम भइरहेको कार्यालयले जनाएको छ । त्यस्तै जडीबुटी खेती विस्तार तथा वन क्षेत्रको विकासका लागि पञ्चवर्षीय योजना भनिरहेकाले त्यसमा छुटेका विषयवस्तुका बारेमा समेत राय सुझाव स¬ङ्कलन लिइएको छ । सहभागीहरुले जडीबुटीको उत्पादन राम्रो भए पनि भण्डारणको समस्या रहेकाले त्यसतर्फ ध्यान दिन सुझाएका थिए ।