दाना उत्पादन गर्न लागिएकामा किसान हर्षित

दाना उत्पादन गर्न लागिएकामा किसान हर्षित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खजुरास्थित कुखुरा विकास फार्मले आफँै दाना उत्पादन उद्योग स्थापना गरेको छ । कुखुरा, बाख्रा र गाईभैँसीलाई आवश्यक पर्ने दाना उत्पादन गर्ने उद्देश्यले स्थापित सो उद्योगको भवन निर्माण गर्नाका साथै आवश्यक उपकरण पनि जडान गरिएको छ । सो कार्यका लागि हालसम्म रु एक करोड दुई लाख लगानी भइसकेको फार्मका प्रबन्धक डा शङ्कर न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार भवनका लागि रु ३८ लाख र जेनेटरसहित अन्य उपकरणका लागि रु ६४ लाख जति खर्च भएकोे छ ।

उद्योगबाट प्रतिघण्टा छ टन दाना उत्पादन गर्न सकिने छ । उत्पादित दाना फर्ममा रहेका कुखुरालाई खुवाउन र सरकारी फार्मअन्तगर्तका अन्य फार्मलाई उपलब्ध गराउन र चल्ला तथा कुखुरा खरिद गरेर लैजाने किसानलाई सहुलियत दरमा बिक्री गरिने उहाँले बताउनुभयो । उत्पादित दाना बजार मूल्यभन्दा प्रतिकिलो दश रुपैया सस्तोमा किसानलाई बिक्री गरिने लक्ष्य रहेको फार्मले जनाएको छ ।सरकारी फार्ममै दानाको उत्पादन हुन लागेकामा ग्रामीण भेगका किसान हर्षित छन् ।

यो पनि – इन्द्रावतीको बाढीले दुई ठूला खानेपानी आयोजनामा क्षति

इन्द्रावती नदीमा आएको बाढीले यहाँका दुई ठूला खानेपानी आयोजनामा क्षति पु¥याएको छ । मेलम्चीहुँदै इन्द्रावती नदीमा गत असार १ गतेदेखि पटकपटक बाढी आउँदा पाँचखाल बृहत शहरी खानेपानी तथा सरसफाई आयोजना र तेमाल बृहत सुख्खा–क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाको मुहानमा ठूलो क्षति पु¥याएको हो ।

लिफ्टििङ प्रविधिका पाँचखाल खानेपानीको मुहान इन्द्रावती नदी किनार र तेमाल खानेपानीको मुहान सुनकोशी नदी किनारमा छन् । यस वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका वडा नं २ र ३ को सिमाना सुनकोशी नदी किनार चुखाबेंँसीका कटान शुरु गरेको थियो । त्यससँगै यही साउन १७ र १९ गतेको बाढीले आयोजनाको मुहानको पक्की संरचनासमेत बगाएको उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामजित लामाले बताउनुभयो । उहाँका अनुसार त्यहाँ निर्माण भएको ट्याङ्कीसमेत जोखिममा छ । “यस वर्षको अनपेक्षित बाढीले खानेपानीको मुहान क्षेत्रमा करोडौँंको क्षति पु¥यायो, क्षतिबारे हामी अनुगमन गर्दछौँ, क्षतिको प्रतिवेदन आउन बाँकी छ” लामाले भन्नुभयो ।

विसं २०७२ असारमा सम्झौता भएको आयोजनाको काम गत साल मङ्सिरमा सक्ने लक्ष्य राखिए पनि कारोना महामारीका कारण कामको निरन्तरता नहुँदा केही धकेलिएको थियो । बाढीले क्षति पु¥याएको पुनःनिर्माण गर्दा केही समय अझै धकेलिने लामाले बताउनुभयो । तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करिब ५५ हजार व्यक्तिका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो ।

भूकम्पलगत्तै खानेपानीका मूल सुक्दै गएपछि तेमालका केही बासिन्दा विस्थापित हुने तरखरमा थिए, तर बृहत खानेपानी आयोजनाले रोकेको बताइन्छ । खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताको नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा करिब ९५ प्रतिशत काम सकिएको समितिका अध्यक्ष लामाले जानकारी दिनुभयो ।उहाँका अनुसार सुनकोशी नदीबाट १२ किलोमिटरको उचाईमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ । यस्तै इन्द्रावती नदीको पहिलो र त्यसपछिका बाढीले पाँचखाल खानेपानी आयोजनाको मुहानमा निर्माणाधीन संरचनामा रु दुई करोडभन्दा बढीको क्षति पुगेको उपभोक्ता समितिले जनाएको छ ।

भुम्लु गाउँपालिका–१० बिमिरेस्थित मुहानका सबै संरचना ध्वस्त भई ठूलो क्षति पुगेको उपभोक्ता समितिका अध्यक्ष कुमार लामछिानेले जानकारी दिनुभयो । उहाँका अनुसार मुहानको इन्टेक, २० ठूला पम्प, प्यानल बोर्ड, पाइप तथा प्रोटेक्सन वालमा क्षति पुगेको छ भने निर्माणार्थ राखिएको सय टिपरभन्दा बढी बालुवा र केही मात्रामा सिमेन्ट बगाएको छ ।

“हामीले साउन महिनाभित्र मुहान क्षेत्रको काम सम्पन्न गर्ने लक्ष्यका साथ लागेका थियौँ, आयोजना निर्माण कम्पनीको आजको थप क्षति विवरणअनुसार मुहान क्षेत्रका रु दुई करोडभन्दा संरचनामा क्षति पुगेको प्रतिवेदन आएको छ”, लामिछानेले भन्नुभयो । आयोजनाका सहायक व्यवस्थापक इन्द्रमानसिंह बस्नेतका अनुसार निर्माणाधीन संरचना सुरक्षाको लागि बनाइएको तटबन्धका केही बाहेकका सबै संरचना बाढीले बगाएको छ ।अविरल वर्षाका कारण गत असार १ गते राति पहिराले थुनिएको सिन्धुपाल्चोकको मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्ची बजारका सयौँ घरटहरा बगाएको थियो । त्यसपछि साउन तेस्रो सातामा आएको पटकपटकका बाढीले मेलम्चीका थप भौतिक संरचना, सडक र पुलमा क्षति पु¥याएको थियो ।

इन्द्रावती नदीको मुहान क्षेत्र मानिने सिन्धुपाल्चोकमा भने मेलम्ची खोलाले चिनिन्छ । गत सालको कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण सम्झौतापछि केही समय धकेलिएको पाँचखाल वृहत शहरी खानेपानी आयोजनाको कामले तीव्रता पाउँदै आएको थियो ।पाँचखालका १० वडाका सात हजारलाई खानेपानी पु¥याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा छ । परियोजनाको २०७६ भदौ १२ गते त्रिपक्षीय सम्झौता भएको हो । उक्त खानेपानी आयोजना रु दुई अर्ब २१ करोडको लागतमा अढाई वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको र हाल कार्यान्वयनको चरणमा रहेका आयोजनाअन्तर्गत नेपालमा सञ्चालित खानेपानी योजनामध्ये पाँचखाल–सुनकोशी–पाँचखाल वृहत खानेपानी सबैभन्दा ठूलो मानिएको छ ।

आयोजना सम्झौताको शर्तअनुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन् । त्यसअनुसार पाँचखालका प्रति उपभोक्ता परिवारले एक वर्षअघि खानेपानी परियोजनाको बैंक खातामा रु १८ हजार जम्मा गरेका छन् । रासस