सङ्घीयताका विषयमा पुनः विचार गर्नुपर्छ : अध्यक्ष थापा

सङ्घीयताका विषयमा पुनः विचार गर्नुपर्छ : अध्यक्ष थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको विषयमा पुनःविचार गर्नुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्नुहुँदै पात्र र दल फेरिँदैमा देशको सुधार नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो राजनीतिक परिवर्तनपछि देश जुन बाटोमा अघि बढ्यो त्यसले देशमा शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य हासिल गर्न सकेन । अब विचार नै परिवर्तन गर्न जरुरी छ ।” सरकारको नेतृत्व परिवर्तन हुँदैमा देशमा शान्ति स्थायित्व र समृृद्धिको यात्रा पूरा नहुने भन्दै उहाँले यसका लागि बाटो र विचार नै परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो ।

यो पनि – कर्णालीमा सञ्चारमैत्री कानुन बनाउँछुः मन्त्री नेपाली

कर्णाली प्रदेश सरकारले सञ्चारमैत्री कानुन ल्याइने भएको छ । नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखा, मानवअधिकार सञ्चार प्रतिष्ठान, फ्री मिडिया नेटवक सुर्खेत र इन्टरनेशनल अलर्टको संयुक्त आयोजनामा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपालीले कर्णाली प्रदेश सरकारले सञ्चारमैत्री कानुन ल्याउने जानकारी दिनुभयो ।

प्रदेश सरकारको प्रवक्तासमेत रहनुभएकी मन्त्री नेपालीले विषय विज्ञसहित सरोकारवाला पक्षहरुसँग छलफल गरेर कर्णाली सुहाउँदो सञ्चारमैत्री कानुन ल्याउने बताउँदै पत्रकारहरुको भौतिक तथा पेसागत सुरक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । योभन्दा अगाडि बनेको कर्णाली प्रदेशको प्रसारण ऐन संशोधनको तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

मन्त्री नेपालीले आमसञ्चार प्रतिष्ठान विधेयक प्रदेशसभामा दर्ता भएको र लोक कल्याणकारी विज्ञापन नीतिको कार्यविधि बनाउने तयारीमा सरकार रहेको उल्लेख गर्दै सञ्चारसँग सम्बन्धित कानुनहरु ल्याउँदा सरोकारवालाको सहभागितामा छलफल गरेर निर्माण गरिने बताउनुभयो । उहाँले जनतालाई सत्य र तथ्यका आधारमा मात्रै समाचार प्रकाशन तथा प्रसारण गर्न पत्रकारहरुलाई सुझाउनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले पत्रकारहरुको भौतिक तथा पेसागत सुरक्षाका लागि प्रदेश सरकार तथा स्थानीय तहहरुले ध्यान दिनुपर्ने बताउँदै यसका लागि प्रदेश सरकारले सरोकारवालाको सहभागितामा सञ्चारमैत्री कानुन ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पत्रकारहरुको भौतिक तथा पेसागत सुरक्षामा आइपर्ने सवालहरुलाई पहिचान गरेर अगाडि बढ्न सकिने विषयमा मानवअधिकार सञ्चार प्रतिष्ठानका निराजन नेपालीले कार्यपत्र प्रस्तुत गर्नुभयो । रासस

यो पनि -तिङ्करमा सशस्त्र प्रहरीको बीओपी भवन निर्माण

व्यास गाउँपालिका–१ तिङ्करस्थित छायालेकमा सशस्त्र प्रहरीको भवन निर्माण भएको छ । चीनसँग सीमा जोडिने तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाका लागि भवन निर्माण गरिएको हो । चीनको ताक्लाकोटसँग जोडिएको तिङ्करमा स्थापना गरिएको यो पहिलो बीओपी हो । सरकारले बीओपी निर्माण गर्ने लक्ष्यअनुसार भवन निर्माण गरिएको छ । त्यही क्षेत्रमा नेपाल प्रहरी पनि बस्दै आएको छ ।

तिब्बत भएर हुने चोरी, सिकार, तस्करी, नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई निगरानी तथा नियन्त्रण गर्न बीओपी निर्माण गरिएको छ । छायालेकबाट नेपाल चीनको सीमा पिलर नं १ सम्म पुग्न चारदेखि पाँच घण्टा लाग्ने गर्छ । यसअघि छाङ्गरुको गागामा रहेको सशस्त्र प्रहरीले पिलर नं १ सम्म गस्ती गर्दै आइरहेको थियो । छालालेकमै बीओपी स्थापना हुने भएपछि चीनसँग सीमा क्षेत्रमा गस्ती गर्न सहज हुनेछ । छायालेकमा बीओपीको भवन निर्माण धुलिखेल प्याराडाइज एलवी जेभीले गरेको हो । गत जेठमै निर्माण सक्नुपर्ने भए पनि प्रतिकूल मौसम र विभिन्न कठिनाइका कारण केही ढिला गरी निर्माण सकिएको छ ।

गत पुसमा सशस्त्र प्रहरी र धुलिखेल प्याराडाइज एलवी जेभीबीच बीओपी निर्माणको सम्झौता भएको थियो । ६ महिनाभित्र निर्माण कार्य पूरा गर्ने सम्झौता भए पनि सामान ढुवानी गर्न समस्या भएपछि निर्माण कार्य केही ढिलाइ भएको निर्माण व्यवसायी लालबहादुर बमले बताउनुभयो ।सडक मार्गसँग नजोडिएको तिङ्करमा मान्छेबाट निर्माण सामग्री ढुवानी गर्न सम्भव थिएन भने भारतबाट सामान लिन पनि सकस भएको थियो । निर्माण व्यवसायले गत असारमा हेलिकप्टरमार्फत सामान ढुवानी गरेर निर्माण कार्य पूरा भएको स्थानीयवासी योगेश बोहराले बताउनुभयो ।

यस्तै सशस्त्र प्रहरी बल नेपाल नं ४४ गुल्म छाङ्गरुको भवन निर्माण कार्य भने अलपत्र जस्तै भएको सुरक्षाकर्मी बताउँछन् । १५ महिनाभित्रै निर्माण सक्नुपर्ने भवन अझै भुइँतला मात्रै निर्माण गरिएको बताइएको छ ।