राष्ट्रियतालाई सुदृढ बनाउन आदिवासी जनजातिको भूमिका महत्वपूर्ण: प्रदेश प्रमुख गुरुङ

राष्ट्रियतालाई सुदृढ बनाउन आदिवासी जनजातिको भूमिका महत्वपूर्ण: प्रदेश प्रमुख गुरुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपाली राष्ट्रियतालाई सुदृढ बनाउन आदिवासी जनजाति समुदायको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ । २७औँ विश्व आदिवासी दिवस (अगस्त ९) का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले राजनीतिक परिवर्तनसँगै देश निर्माणमा नेपालका आदिवासी जनजाति समुदायहरूले महत्वपूर्ण योगदान दिँदै आएको बताउनुभएको छ ।

“नेपाली राष्ट्रियतालाई सुदृढ बनाउन, जातीय सद्भाव र आदिवासी जनजाति समुदायको सहिष्णुता कायम राख्नसमेत यो समुदायको विशेष योगदान रहेको छ”, उहाँले सन्देशमा भन्नुभएको छ, “राज्यका हरेक निकायमा समुचित र न्यायोचित प्रतिनिधित्वका लागि नेपालको संविधान २०७२ ले संवैधानिक रुपमा प्रत्याभूत गरेकाले बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक देश नेपालको मौलिक विशेषताका रुपमा रहेको विविधतााई हामी सबैले सम्मान गर्नु पर्दछ ।

आदिवासी समुदायको अधिकारसम्बन्धी आईएलओ महासन्धि १६९ लाई नेपालले सन् २००७ सेप्टेम्बर १३ मा अनुमोदन गरिसकेको छ । आदिवासी समुदायको संस्कृति संरक्षणका लागि २३ डिसेम्बर १९९४ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले ९ अगस्तलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने अवधारणा अगाडि बढाएको उहाँको सन्देशमा उल्लेख छ ।

नेपाली जनताको पटकपटकको त्याग, बलिदान र सङ्घर्षले नै सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्दै सन्देशमा उपलब्धिको रक्षा र आदिवासी जनजाति समुदायलाई राज्यप्रति अपनत्व महसुस गराउन सबैको ध्यान जान आवश्यक रहेको भनिएको छ ।

यो पनि – समाज जागरुक,सचेत र सक्रिय भए अ.पराधका न्यूनीकरण हुन्छ ः प्रदेश प्रमुख झा

प्रदेश नं २ का प्रमुख डा राजेश झा ‘अहिराज’ ले समाज जागरुक, सचेत र सक्रिय भए अपराधका धेरैजसो घटनाहरु आफैँ न्यूनीकरण भएर जाने बताउनुभएको छ । आज यहाँ आयोजित सिरहाका सुरक्षा निकाय प्रमुख तथा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले समाज जागरुक, सचेत र सक्रिय भए आपराधिक प्रवृत्तिका व्यक्तिहरुको मनोबल खस्ँिकदै जाने र अपराधका घटनाहरु क्रमशः न्यूनीकरण हँुदै जाने बताउनुभएको हो ।

प्रदेश प्रमुख झाले समाजलाई सचेत, जागरुक र सक्रिय बनाउन राष्ट्रसेवक कर्मचारी र सञ्चाकर्मीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुहुँदै त्यसका लागि सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी र सञ्चारकर्मीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । अ’पराध र राजनीतिका घटनालाई छुट्याउनुपर्नेमा जोड दिँदै उहाँले हरेक घटनालाई राजनीतिकरण गर्ने परम्परालाई तोड्न सके सुरक्षा चुनौती कम हुने दाबी गर्नुभयो ।

प्रदेश प्रमुख झाले प्रदेश नं २ भ्रष्टाचारका कारण बदनाम भएको प्रति दुःख व्यक्त गर्दै भ्रष्टाचारविरुद्धको लडाइँमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । सबै राष्ट्रसेवक कर्मचारीलाई ‘शिरमा देश र मनमा मधेस’ राखेर काम गर्न निर्देशनसमेत उहाँले दिनुभयो । सो कार्यक्रममा सिरहाका प्रजिअ प्रदीपराज कणँेल, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख हीराबहादुर पाण्डले जिल्लाको सुरक्षा अवस्था, सीमाका समस्या, अपराध अनुसन्धान लगायतका विषयमा प्रदेश प्रमुख झालाई जानकारी गराउनुभयो ।

यो पनि – दाहाल यज्ञनिधिको स्मृति ः दृष्टिविहीन कार्कीलाई सम्मान

साहित्यकार एवं रेडियो प्रस्तोता दिवङ्गत दाहाल यज्ञनिधिको तेस्रो स्मृतिसभाका अवसरमा आज साहित्य र शिक्षा सेवामा सक्रिय सावित्री कार्कीलाई सम्मानित गरिएको छ ।

दाहाल यज्ञनिधि स्मृतिसभाद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा वरिष्ठ समालोचक निनु चापागाईंले कार्कीलाई रु २५ हजार राशिको सो सम्मान प्रदान गर्नुभएको हो । दुवै आँखा गुमाएकी भक्तपुर निवासी कार्कीले ब्रेललिपिका माध्यमबाट अध्ययन गर्दै त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर उपाधि प्राप्त हुनुहुन्छ ।

दाहाल पत्नी सुधा दाहाल संरक्षक रहनुभएको सो संस्थाले समाजमा पछि पारिएका र सङ्घर्षपूर्ण जीवनका माध्यमबाट सामाजिक रुपान्तरणका लागि योगदान दिने व्यक्तिलाई सम्मानको परम्परा आरम्भ गरेको हो । सभामा साहित्यकार चापागाईंले साहित्यकार दाहाल एक निष्ठाको उचाइ प्राप्त व्यक्तित्व हुनुभएको र उहाँले दिनुभएको सांस्कृतिक रुपान्तरणयुक्त योगदानको चर्चा गर्नुभयो । साहित्यकारहरु हरिहर खनाल, रमेश शुभेच्छु, निलम कार्मी ‘निहारिका’, प्रकाश सिलवाल लगायतले दाहालले साहित्य र सञ्चार क्षेत्रमा खेल्नुभएको उत्प्रेरणामूलक भूमिकाको स्मरण गर्नुभएको थियो ।

खोटाङको धारापानीमा विसं २०१० साउन ८ मा जन्मनुभएका मिर्गाैला पीडित दाहालको २०७५ साल साउन २५ मा निधन भएको थियो । पञ्चायतकालदेखि रेडियो नेपालमा ‘साहित्य संसार’ कार्यक्रमबाट लोकप्रिय उहाँको विसं २०५७ फागुन १० मा मिर्गाैला प्रत्यारोपण गरिएको थियो । दरबार हाई स्कुलका पूर्वशिक्षक, नागार्जुन साहित्यिक प्रतिष्ठानका पूर्वाध्यक्ष उहाँका गीत, निबन्ध, कविता, समालोचना आदि विधामा पुस्तक तथा रचना प्रकाशित छन् ।