डुङ्गा दुर्घटनापछि बेपत्ता महिला मृत फेला

डुङ्गा दुर्घटनापछि बेपत्ता महिला मृत फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आठ दिन अघि कैलालीको मोहन्याल गाउँपालिकाको कर्णाली नदीमा भएको डुङ्गा दुर्घटनामा परी बेपत्ता हुने महिलालाई सोही नदीमा मृत फेला पारिएको छ ।घटनास्थलवाट दक्षिणतर्फ सोही नदीको बीच भागमा भेटिएको बेवारिसे शवको आज सनाखत गर्दा डुङ्गा दुर्घटनामा परी बेपत्ता हुने मोहन्याल गाउँपालिका—३ की २० वर्षीया उर्मिला सलामी मगरको रहेको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साउन १७ गते कर्णाली नदीमा काठको डुङ्गा चढेर पारी सुर्खेत जिल्ला जाने क्रममा पल्टिएर डुङ्गा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते सोही ठाउँकी १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको थियो । त्यसमा सवार पाँच जनाले पौडिएर ज्यान जोगाएका थिए ।

यो पनि – श्रीमतिमाथि ए.सिड प्र.हार गर्ने व्यक्तिलाई अदालतबाट दो.षी ठहर

धनुषामा श्रीमतीमाथि ए’सिड प्र’हार गर्ने एक व्यक्तिलाई अदालतले दो’षी ठहर गरेको छ । अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले २७ वर्षीय सञ्जीव साहलाई दो’षी ठहर गरेको अदालतका सूचना अधिकारी गङ्गाकुमार मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार सोही घटनामा पक्राउ परेका एसिड बेच्ने व्यापारी नागेन्द्र साहलाई भने सफाइ दिइएको छ । गत कात्तिक २९ गते दीपावलीकै दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर सञ्जीवले २६ वर्षीया श्रीमती आरती साह र ३ वर्षीया छोरी रियामाथि ए’सिड प्र’हार गरेका थिए ।

आरतीमाथि ए’सिड प्र’हार गरेकै दिन सञ्जीव पक्राउ परेका थिए भने सञ्जीवको बयानका आधारमा एसिड बेच्ने व्यापारीलाई एक हप्तापछि पक्राउ गरिएको थियो । घटनापश्चात् सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा सञ्जीव र ए’सिड बेच्ने व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको स’जाय माग गर्दै अभियोग पत्र दर्ता गराएका थिए । दुवै जनाविरुद्ध अङ्गभङ्ग, कुरुप र एकीकृत कसुर गरी तीनवटा कसुरको सजायका लागि माग दाबी गरिएको थियो । अङ्गभङ्गमा ५ वर्ष, कुरुप बनाएकामा ८ वर्ष र एकीकृत क’सुरको थप २ वर्ष ६ महिना स’जाय माग गरिएको थियो ।

यस मुद्दामा यसअघि ६ वटा पेसी भए पनि विभिन्न कारणले स्थगित गरिएको थियो । सूचना अधिकारी मिश्रले अब सरकारी वकिल तथा कानुन व्यवसायीबाट प्रतिवेदन आइसकेपछि सञ्जीवलाई स’जायका लागि पेसी हुने बताउनुभयो । अदालतले दो’षी ठ’हर गरिसकेपछि अब अर्काे पेसीमा स’जाय तोकिने सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो । “सजायको सन्दर्भमा सरकारी वकिलबाट प्रतिवेदन माग गरिएको छ”, उहाँले भन्नुभयोे, “त्यो पेस भएपछि सजाय तोकिनेछ ।”

चार वर्षअघि मात्रै आरतीको जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा निवासी सञ्जीवसँग सामाजिक परम्पराअनुसार विवाह भएको थियो । ए’सिड आ’क्रमणबाट आरतीको दाहिने आँखा गुम्नाका साथै घाँटी, छाती लगायतका शरीरको आधी अङ्ग जलेर कु’रुप बनेका छन् । एसिड आ’क्रमणमा परी उनकी छोरी रियाको दाहिने हात र टाउकामा खत बसेको छ । घरायसी वि’वादका कारण माइतमा बस्दै आएकी आरतीमाथि सञ्जीवले ए’सिड प्र’हार गरेको आरतीकी आमा सुनिता देवीले बताउनुभयो । केही वर्षअघि पनि सञ्जीवले मट्टितेल खन्याएर आगो लगाई आरतीलाई मार्ने प्रयास गरेका थिए । रासस

यो पनि – खोलाले बगाउँदा आमाछोराको मृत्यु

दाङको ग्वार खोलाले बगाउँदा आज आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनी निवासी ३५ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्तीे रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । दिउँसो २ बजेतिर सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनी घाट तर्ने क्रममा खोलाले बगाएर दुबै जनाको मृत्यु भएको हो । उनीहरुको शव दुई किलोमिटर तल भेटिएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिनुभयो ।

यो पनि – तीन हजार ६५१ सङ्क्रमित थपिए, २२ को मृत्यु

​पछिल्लो २४ घण्टामा थप तीन हजार ६५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा १६ हजार ५९४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । देशभरका विभिन्न प्रयोगशालामा १० हजार ४४५ जनाको आरटी–पिसीआर परीक्षण गर्दा दुई हजार ६०९ जनामा सङ्क्रमण पुष्टि भएको छ भने सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी छ हजार १४९ जनाको एन्टिजेन परीक्षण गरिएकोमा एक हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

देशका विभिन्न ठाउँमा २२ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ११५ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टाभित्र नेपालमा थप एक हजार ७८४ जना कोरोना सङ्क्रमित निको भएका छन् । विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेशनमा रहेका ती सङ्क्रमित सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना सङ्क्रमित भइ निको हुने दर ९३ दशमलव ५ प्रतिशत छ । हालसम्म छ लाख ७१ हजार ८३ जना सङ्क्रमणमुक्त भएका छन् । त्यसैगरी देशभर ३६ हजार २८८ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये ३२ हजार ९०७ होम आइसोलेशनमा छन् भने संस्थागत आइसोलेशनमा तीन हजार ३८१ जना छन् । सात सय ४१ जना आइसियुमा र १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । देशभर ४४१ जना क्वारेन्टिनमा रहेका छन् ।