सदरमुकाम बेनीमा आगलागी हुदा दुई पसल जलेर पूर्णरूपमा नष्ट

सदरमुकाम बेनीमा आगलागी हुदा दुई पसल जलेर पूर्णरूपमा नष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन् । बेनी नगरपालिका–८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा आजविहान आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भएको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको नयन स्टोर्सका प्रोपाइटर जगननाथ शर्माले जानकारी दिनुभयो । आगलागी हुँदा ग्यास सिलिण्डर पड्किएर ठूलो आवाज आएको थियो । डेरी पसलभित्र बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने जनाइएको छ ।

यो पनि – गाउँगाउँमा स्वास्थ्य संस्था ः विपन्न समुदाय औधी खुशी

कैलालीको जानकी गाउँपालिकाले पालिकाका सबै वडामा स्वास्थ्य संस्था स्थापनामा जोड दिएको छ । गाउँपालिकाका वडा नं २ र ५ मा मात्रै स्वास्थ्य संस्था स्थापना हुन बाँकी छन् । स्वास्थ्य शाखा संयोजक जीतबहादुर चौधरीले वडा नं २ र ५ का भवन यही साउन मसान्तसम्म सम्पन्न हुने जानकारी दिनुभयो । “अहिले पालिकामा स्वास्थ्य संस्थाको सङ्ख्या आठ पुगेको छ । ”, उहाँले भन्नुभयो, “घरदैलोमै स्वास्थ्य सेवा पु¥याउने लक्ष्य हो । त्यहीअनुरुप काम गरिरहेका छौँ । स्वास्थ्य नागरिकको पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।”

गाउँपालिकामा स्वास्थ्यचौकीको सङ्ख्या चार, सामुदायिक स्वास्थ्य एकाइ एक, आधारभूत स्वास्थ्य केन्द्र तीन स्थापना भइसकेका छन् । गत सातामात्रै जानकी–९ बक्लौहवामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गरिएको थियो ।भवनमा प्रसूति गृह, उपचारकक्ष छन् । गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनले नागरिकमा आधारभूत स्वास्थ्य सेवामा पहुँच हुने बताउनुभयो । “गाउँपालिकामा स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन अस्पताल निर्माणको प्रक्रियालाई समेत अगाडि सारेका छौँ”, उहाँले भन्नुभयो, “नागरिकलाई आवश्यक स्वास्थ्य सेवा स्थानीयस्तरमै दिने उद्देश्य हो । सामान्य बिरामी हुँदा पनि उपचारका लागि बाहिर जान नपरोस् ।”

उपाध्यक्ष उमा महतोले प्रसूतिगृह निर्माण भएकाले प्रसूति सेवा गाउँमै पाउने बताउनुभयो । “प्रसूति सेवा लिन टीकापुर अस्पताल वा अन्य स्वास्थ्यचौकी जाने गरेका थिए”, उहाँले भन्नुभयो, “अब तालिमप्राप्त स्वास्थ्यकर्मीबाट गाउँमै सेवा पाउँछन् ।”जानकी–९ का वडाध्यक्ष खगेन्द्र भण्डारीले गाउँमै सेवा पाएपछि स्थानीयवासी खुशी भएका बताउनुभयो । “विगतमा स्वास्थ्य सेव लिन टाढा पथरैया स्वास्थ्यचौकी वा टीकापुर अस्पताल जानुपर्ने बाध्यता थियो, अब नागरिकले गाउँमै उपचार पाउँछन्”, उहाँ भन्नुभयो, “स्वास्थ्य पहिलो आधार हो । हामीले स्वास्थ्यलाई प्राथमिकता दिएर आउँदा दिनमा पनि काम गर्नेछौँ ।”

कैलालीका अन्य पालिकाले पनि गाउँगाउँमा स्वास्थ्य संस्था स्थापनालाई प्राथमिकता दिएर काम गरिरहेका छन् । टीकापुर नगरपालिकाले गत वर्ष नै सबै वडामा स्वास्थ्य संस्था स्थापना गरी सेवा दिइरहेको छ । “हामीले सबै वडामा आफ्नै भवनसहितका स्वास्थ्य संस्था स्थापना गरेका छौँ, नागरिक जटिल समस्या वा विशेषज्ञको सेवा लिनमात्र टीकापुर अस्पताल आउने गरेका छन्”, स्वास्थ्य शाखा संयोजक रावलले भन्नुभयो, “आउँदा दिनमा थप पूर्वाधार र जनशक्तिको व्यवस्था गरी थप सेवा विस्तार गर्ने योजना छ ।” भजनी र जोशीपुर गाउँपालिकाले पनि वडास्तरमा स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिएका छन् । अझ कोरोना महामारीपछि स्थानीय तहले स्वास्थ्य पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छन् ।

यो पनि – चितवनमा चिकित्सा शिक्षा परीक्षा : कोटाभन्दा उत्तीर्ण कम

चितवन, २६ साउन । चिकित्सा शिक्षाको स्नातक तहमा केही तहमा शिक्षण संस्थाले प्राप्त गरेको कोटाभन्दा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या कम भएको छ । चिकित्सक शिक्षा आयोगले हालै लिएको परीक्षामा कम विद्यार्थी उत्तीर्ण भएका हुन् । विद्यार्थी कम भएपछि निजी शिक्षण संस्था सञ्चालक अन्योलमा परेका छन् । विभिन्न विश्वविद्यालका आङ्गिक र सम्बन्धन पाएका गरी स्वास्थ्य स्नातक पढाउने ७६ क्याम्पस छन् । आयोगले हालै सार्वजानिक गरेको नतिजा अनुसार धेरै स्नातक कार्यक्रममा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएका छन् ।

आयोगले यही साउन ९ देखि १३ गतेसम्म लिएको स्नातक तहको विभिन्न विषयको प्रवेश परीक्षामा छ विषयमा सिट सङ्ख्याभन्दा उत्तीर्ण हुनेको सङ्ख्या कम भएको पाइएको छ । आयोगको नतिजा अनुसार एक हजार ४२० बिपिएच सिट संख्यामा ५६५, ९०२ बी फर्मामा ५४७, १५० बिपिटीमा ११४ , ७१ बिएससी एमआइटीमा ३५ मात्रै उत्तीर्ण भएका छन् । यसैगरी ४२५ बिएससी एमएलटीमा ११८, एक हजार १०० बिएससी नर्सिङमा ५०४ उत्तीर्ण भएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयका स्वास्थ्यसँग सम्बन्धित निजी प्राविधिक क्याम्पसका सञ्चालकको संस्था एलाइड साइन्स इन्स्टिच्युसनल एशोसिएशन नेपाल (एसिया)का अध्यक्ष यमप्रसाद अधिकारीले सरकारी क्याम्पसलाई मात्रै पुग्ने गरी विद्यार्थी उत्तीर्ण गराइएको बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय विषयमा त छात्रवृत्ति कोटाका लागि पनि विद्यार्थी पुग्दैन ।” राष्ट्रिय–अन्तर्राष्ट्रिय गिरोह सक्रिय भएर नेपालका निजी क्याम्पस प्रभावित बनाउने काम भएको उहाँको आरोप छ ।

यहाँका विद्यार्थी विदेश पठाउनका लागि गिरोहले काम गरिरहेको जनाउँदै उहाँले भन्नुभयो, “स्वास्थ्य शिक्षामा आकर्षण छ, ती विद्यार्थी बाहिर पठाउने गिरोह सक्रिय भएको छ ।” नेपालका निजी क्याम्पसहरुमा एउटामा अस्पतालसहित रु एक अर्ब ५० करोड हाराहारी लगानी भएको जनाउँदै उहाँले सो लगानी धारासायी बनाउन लागिएको गुनासो गर्नुभयो । ती क्याम्पस बैंकको ऋणमा रहेकाले धारासायी हुँदै गर्दा बैंकसहित आम नागरिक प्रभावित हुने बताइएको छ ।

पूर्वाञ्चलका मात्रै स्वास्थ्य स्नातक पढाउने ३७ क्याम्पस छन् । सरकारको नीतिका कारण सिटिइभिटीबाट सम्बन्धन प्राप्त ९३ नर्सिङ कलेज बन्द हुन लागेका र १९ बिएससी नर्सिङ र बिएन कार्यक्रम रोकिएको उहाँको भनाइ छ ।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेले विद्यार्थी विदेश पठाउन षड्यन्त्र गरिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो “बङ्गलादेश, भारतको बैङ्गलोर र देहरादुन विद्यार्थी पढाउने गिरोह सक्रिय भएको छ ।” सरकारले समयमै बुझ्न नसकेमा नेपालको शिक्षा क्षेत्र प्रभावित हुने उहाँको भनाइ छ । अहिले उत्तीर्ण भएका विद्यार्थीले केही क्याम्पसबाहेक अन्यत्र विद्यार्थी नपुग्ने उहाँले बताउनुभयो । दक्ष जनशक्ति बाहिर पठाउने गरी चलखेल भएको उहाँको आरोप छ ।

नेपाल पोलिटेक्निक इन्स्टिच्युटका प्रिन्सिपल ई बाबुराम उपाध्यायले नेपाल प्राविधिक शिक्षामा अग्रणी भएको भन्दै राज्यले समयमै ध्यान दिनुपर्ने बताउनुभयो । श्री मेडिकल एण्ड टेक्निकल कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालले पुनः प्रवेश परीक्षा वा (पर्सेन्टायल) विद्यार्थीले प्राप्त गरेको अङ्कको आधारमा पढ्ने अवसर दिनुपर्ने बताउनुभयो ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले उत्तीर्ण भएका विद्यार्थीले मात्रै पढ्न पाउने र नीति–नियमअनुसार आयोगले काम गरेको बताउनुभयो । उहाँले कोटा भएर पनि पढ्ने अवसर नपाउनेहरुका लागि के गर्ने भन्ने विषयमा आयोगले सोचेको छैन भन्नुभयो । निजी क्याम्पस सञ्चालकले विदेश विद्यार्थी शैक्षिक माफियाको साँठगाँठमा आयोगले विद्यार्थी अनुत्तीर्ण गराएको आरोप लगाउँदै आएका छन् । रासस