फिरन्ते जाति राउटे बस्तीमा तीन जनाको मृत्यु

फिरन्ते जाति राउटे बस्तीमा तीन जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ । यसै महिनामा उनीहरुको मृत्यु भएको हो । एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो । सुर्खेतको गुर्भाकोटस्थित कालीमाटी गाउँपालिकाबाट सल्यानको काल्चेखोलामा उनीहरू सरेका थिए । दुबैको मृत्यु भएपछि परम्पराअनुसार दाहासंस्कार पनि गरिएको थियोे ।

परम्पराअनुसार मान्छे मर्दा ठाउँ सर्ने राउटे सोही गाउँपालिकाको काल्चेखोला नजिक सारेका हुन् । यसअघि गुर्भाकोट गाउँपालिकाको आँपसोतीमा रहँदा एक बालिकाको मृत्यु भएको थियो । तीनैजनको मृत्युपछि अहिले उनीहरूको संख्या १४० रहेको प्रहरी नायब उपरीक्षक थापाले उल्लेख गर्नुभयो । मृत्युको खबर पाएपछि सुर्खेतस्थित जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेसहितको टोलीले सोमबार बस्तीमै पुगेर ५० जनाभन्दा बढीको स्वास्थ्य जाँच गरेको थियो तर अन्य कतिपयले भने जचाउन आएका थिएनन् ।

“बस्तीमा पुग्दा धेरै बालबालिका कुपोषित भएको पाइयो । त्यो समुदायमा घाउचोट लागेका बिरामी धेरै रहेछन्”, उहाँले भन्नुभयो, “बालबालिकालाई जुकाको औषधि खुवायौँ । म’दिरा, छाला र उच्च रक्तचापसम्बन्धी रोगी बढी थिए ।” जनस्वास्थ्य प्रमुख वाग्लेका अनुसार राउटेलाई सहयोग गर्दै आएको गैरसरकारी संस्था सोसेकको सहयोगमा केही औषधि उपलब्ध गराइएको र थप औषधि पछि पठाइनेछ ।

यो पनि -बागलुङमा लोकबाजा सङ्ग्रहालय बन्दै

बागलुङ, २६ साउन (रासस) : काठेखोला गाउँपालिका–४ तङ्ग्राममा लोकबाजा सङ्ग्रहालय बन्ने भएको छ । यसका लागि गाउँमैत्री अक्षयकोषले पूर्वाधार निर्माण र लोकवाद्ययन्त्र सङ्कलनको काम अघि बढाएको छ । विश्वभरका देशको प्रतिनिधित्व हुने गरी लोकबाजा सङ्ग्रह गर्ने महत्वकांक्षी लक्ष्य अक्षयकोषले लिएको छ । हालसम्म नेपाली र पश्चिमेली गरी २५ किसिमका बाजा सङ्कलन भइसकेको कोषका अध्यक्ष एवं सङ्गीतकर्मी हेमराज आश्रमले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी पाँच वर्षभित्रमा सङ्ग्रहालय पूर्ण स्वरुपमा सञ्चालनमा आउनेछ । भवनलगायत संरचना बनाउने कामका लागि गण्डकी प्रदेश सरकारले चालु आवमा रु ५० लाख बजेट विनियोजन गरेको छ । गत आवमा पनि प्रदेश सरकारबाट रु १० लाख बजेट आएको थियो ।

उक्त बजेटमध्ये रु पाँच लाख नगरा (दमाहा) र बाँकी कार्यालय भवन बनाउँदा खर्च भइसकेको छ । सङ्ग्रहालयको प्रारम्भिक काममध्ये २८० किलोको नगरा (दमाहा) हालै मात्र निर्माण गरिएको उहाँको भनाइ छ । उक्त नगरा ‘देशकै ठूलो’ भएको अक्षयकोषको दाबी छ । स्थानीय कालिगढले १८ दिन लगाएर नगरा निर्माण गरेका थिए । निर्माणाधीन सङ्ग्रहालय परिसरमा नेपाली लोकबाजा मादलको प्रतिमा भने त्यसअघि नै राखिएको थियो ।

“लोकवाद्ययन्त्रको सङ्कलन र संरचना निर्माणको काम सँगसँगै भइरहेको छ”,उहाँले भन्नुभयो, “सङ्ग्रहालयका लागि चाहिने मुख्य भवनमा बजेटले भ्याएसम्मको काम यही वर्ष हुन्छ, बाँकी आगामी वर्षमा हुँदै जान्छ ।” तीनतले भवनको पहिलो तलामा नेपाली, दोस्रोमा विदेशी लोकबाजा र तेस्रोमा नेपालको परम्परागत संस्कृति झल्काउने वेशभूषा, सामग्री आदिलाई सङ्ग्रह गरिनेछ । भवनका लागि अहिले रहेको जग्गा अपुग भएपछि थप एक रोपनी जग्गा खरिदका लागि प्रक्रिया अघि बढाइएको छ ।

विसं २०६६ मा स्थापित अक्षयकोषले सङ्ग्रहालय निर्माणका लागि तीन रोपनी जग्गा पहिले नै व्यवस्थापन गरेको थियो । लोकबाजा सङ्ग्रहालयले नेपाली संस्कृतिको प्रवद्र्धनमा नयाँ आयाम थप्ने वाङ्मयसेवी एवं काठेखोला गाउँपालिकाका कार्यपालिका सदस्य टीका सङ्गम विकले बताउनुभयो । “सङ्ग्रहालय बनेपछि त्यसले जिल्लामा पर्यटकीय आकर्षण पनि बढाउँछ”, उहाँले भन्नुभयो, “विश्वभरका लोकबाजा एकै ठाउँमा अवलोकन गर्न पाउनु, तिनबारे बुझ्न पाउनु हाम्रा लागि धेरै महत्वपूर्ण छ ।” गाउँपालिकासहित स्थानीय क्षेत्रबाट पनि सङ्ग्रहालय निर्माणमा हातेमालो हुनुपर्ने उहाँको भनाइ छ ।

सङ्ग्रहालय निर्माणका लागि अहिले आर्थिक अभियान पनि जारी छ । देश–विदेशबाट स्वतःस्फूर्तरूपमा सहयोग आउने क्रम सुरु भएको कोषले जनाएको छ । गाउँपालिकासँगको साझेदारीमा छिट्टै महिलालक्षित मादलवादनको कार्यशाला चलाउने योजनामा कोष छ । “पछि सारङ्गीलगायत अन्य लोकबाजाको प्रशिक्षण पनि चलाउने सोच बनाइरहेका छौँ”, अध्यक्ष आश्रमले भन्नुभयो । सङ्ग्रहालयमा ‘विश्वकै सबैभन्दा ठूलो’ हार्माेनियम पनि राखिने उहाँले सुनाउनुभयो । लोकबाजा सङ्ग्रह गर्ने र त्यसलाई सांस्कृतिक सङ्ग्रहालयका रूपमा विकास गर्ने अक्षयकोषको वर्षौँ पहिलेको सपना अब भने पूरा हुने भएको छ ।

यसअघि आर्थिक स्रोतको जोहो नहुँदा सङ्ग्रहालय बनाउने योजना अन्योलमा परेको थियो । प्रदेश सरकारबाट बजेटको सुनिश्चितता भएपछि कामले गति लिएको हो । प्रगतिशील गायन र सङ्गीतकर्ममा तल्लीन आश्रमकै विशेष पहलमा स्थापित अक्षयकोष कला, सङ्गीत र साहित्यको उत्थानमा क्रियाशील छ । उक्त संस्थाले वर्षेनी गाउँस्तरमा ‘ट्यालेन्ट अफ भिलेज’ नामको कार्यक्रमसमेत गर्दै आएको छ । गीत, नृत्य र साहित्यतर्फ प्रतिभाको खोजी गरिने उक्त प्रतियोगितात्मक कार्यक्रमले दशौँ संस्करण पार गरिसकेको छ ।

अक्षयकोषलाई थप संस्थागत र व्यवस्थित बनाएर समुदायलाई हस्तान्तण गर्ने योजनमा अध्यक्ष आश्रम हुनुहुन्छ । “संस्था स्थापनाकालमा कोही व्यक्ति विशेषको योगदान रहेको भए पनि यो समुदायको साझा सम्पत्ति हो”, उहाँले भन्नुभयो । रासस