सदनलाई प्रभावकारी बनाउने बारेमा प्रधानमन्त्री र सभामुखबीच छलफल

सदनलाई प्रभावकारी बनाउने बारेमा प्रधानमन्त्री र सभामुखबीच छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ साउन (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखकोे कार्यकक्षमा आज उहाँहरुबीच सदनलाई प्रभावकारी बनाउने, विधेयकलाई अघि बढाउनेलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

यो पनि – थप चार हजार ९०४ मा सङ्क्रमण पुष्टि, ३५ जनाको मृत्यु

काठमाडौँ, २६ साउन (रासस) : नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ९०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार १२३ मा नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । तीमध्ये १३ हजार १२७ को पिसिआर परीक्षण गर्दा तीन हजार १९४ र पाँच हजार ९०५ को एन्टिजेन परीक्षण गर्दा एक हजार ७१० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप दुई हजार ११५ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ७३ हजार १९८ पुगेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३.४ प्रतिशत छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३५ जनाको निधन भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दश हजार १५० पुगेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार ३३२ जना रहेका छन् । त्यस्तै ३३ हजार ९८५ जना होम आइसोलेसनमा, तीन हजार ३४७ संस्थागत आइसोलेसनमा र ३८१ जना क्वारेन्टिनमा रहेका छन् ।

कोरोना सङ्क्रमितमध्ये ७६१ जना सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ भने १७६ जना भेन्टिलेटरमा राखी उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।