शिशुको ह.त्या गरी फरार व्यक्ति १८ वर्षपछि पक्राउ

शिशुको ह.त्या गरी फरार व्यक्ति १८ वर्षपछि पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्तव्य ज्यान मु’द्दामा २१ वर्ष छ महिना कैद स’जाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–१ कुसुन्डेडाँडा बस्ने ५१ वर्षीय मक्रान्ति साहिला भनिने प्रेमबहादुर सार्की रहेका छन् । नवजात शिशु मारेको अभियोगमा सार्की फरार रहेकामा उनलाई बुधबार पक्राउ गरिएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । जिल्ला अदालतले २०६० वैशाख ११ गते निजलाई सर्वस्वसहित जन्मकैदको स’जाय सुनाएकामा पोखरा पुनरावेदन अदालतले २०६० कात्तिक १८ उक्त फैसला सदर गरेको थियो ।

कर्तव्य ज्या’न मु’द्दामा तत्काल पक्राउ परेकी टीकामाया अम्गाईँ भन्ने टीका थापाको बयानमा निज सार्कीले नै ज’बर्जस्ती क’रणी गरेकाले ग’र्भ रहन गएको र छोरी जन्मिएपछि खरबारीमा लगेर ह’त्या गरेका थिए ।

चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ

चेक अनादर मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–२ बस्ने ४९ वर्षीय रामचन्द्र पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अदालतले निजलाई दुई छुटृाछुटृै मुद्दामा एक महिना कैद गर्नाका साथै रु तीन हजार र ११ लाख २० हजार जरिवानाको फैसला सुनाएको थियो ।

यो पनि -अझै रोकिएनन् बालविवाह

कालीकोटमा बालविवाहको घटना बढ्दै गएका छन् । गरिबी, शिक्षा र चेतनाको कमी, छोरीलाई बोझका रूपमा लिने कुसंस्कार, कानुन कार्यान्वयनको अभाव, अ’पराधलाई राजनीतिक संरक्षण दिने चलन, सामाजिक सञ्जालको दु’रुपयोगजस्ता कारणले त्यस्ता घटना वृद्धि भएको हो । किर्डाक नेपालले सञ्चालन गरेको सहयात्रा परियोजनाका अनुसार सन् २०२० मा तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकामा ४३४ विवाह भएको मध्ये १६९ कम उमेरमा भएको थियो ।

बालविवाहविरुद्ध अभियान निरन्तर सञ्चालनमा रहेको छ । यस वर्षको वैशाखयता मात्र बालविवाहका १४ मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । “दुई विवाहमा भने मुद्दा चलाइएको छ ।” कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भूपेन्द्र शाहीले भन्नुभयो, “बालिकाका अभिभावकले उजुरी दिएपछि विवाह गर्ने बालबालिकालाई सम्झाएर घर पठाइएको छ ।” बालअधिकारकर्मी बाले विश्वकर्माले पाँच वर्षअघि ६१ प्रतिशत रहेको बालविवाहदर अहिले २५ प्रतिशतमा झरेको भएपनि अभिभावकको सहयोग नहुँदा सफलता पाउन नसकिएको बताउनुभयो ।

बालविवाहको कारण दाम्पत्य जीवनमा समेत असर गर्ने गरेको र घरेलु हिंसा हुँदै सम्बन्धविच्छेदसम्म हुने गरेका जनाइएको छ । जिल्ला अदालतमा २३ सम्बन्धविच्छेदका मुद्दा परेका मध्ये ८० प्रतिशत बालविवाहका कारण सम्बन्धविच्छेदसम्म पुगेको सूचना अधिकारी निरीक्षक शाहीले बताउनुभयो ।

यो पनि – नर्सिङ सेवासहितको वृद्धाश्रम निर्माण गरिने

बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणधीन मानवसेवा आश्रम भवन नजिकै सुविधा सम्पन्न वृद्धाश्रम निर्माण गरिने भएको हो । सुविधा सम्पन्न वृद्धाश्रम निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको बागलुङ नगरपालिकाले जनाएको छ । नगरपालिकाको समन्वयमा राष्ट्रिय योजना आयोगको सिफारिसमा अर्थमन्त्रालयको विशेष अनुदानमा वृद्धाश्रम निर्माण गर्न थालिएको बताइएको छ ।

बागलुङ नगरपालिकाले हेला होचोमा परेका वृद्धवृद्धा, परिवारका सदस्यबाट बहिस्कारमा परेका, स्याहारसुसार नपाएकालाई आश्रय दिनका लागि वृद्धाश्रम निर्माण गर्ने योजना चार वर्ष अघिनै अघि सारेको भए पनि अहिले आएर बजेट विनियोजन भएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।“सकेसम्म वृद्धाश्रम जाने वातावरण नबनोस् भन्ने आम धारण हुन्छ तर पछिल्लो समय वृद्धाश्रम अनिवार्य जस्तै बन्दै गएको विभिन्न स्थानमा सञ्चालनमा आएका आश्रमले देखाउँछ”, उहाँले भन्नुभयो, “घरमा बस्ने वातावरण नभएका, हेला होचामा परेका र संरक्षणको अभाव भएकालाई संरक्षण दिने, ध्यान र योग गर्न सिकाउने र खुशी जीवनयापन गर्न सिकाउने मूल उद्देश्य लिएर वृद्धाश्रम निर्माण गरिन लागेको हो ।” वैदेशिक रोजगारिका लागि युरोप अमेरिका जानेले आफ्ना बुबाआमालाई वृद्धाश्रममा राख्ने गरेको समेत पाइएको छ ।

आर्थिक वर्ष २०७८÷८९ मा एक तला भवन निर्माण गर्ने योजना रहेको र यसका लागि रु दुई करोड ६७ लाख बजेट विनियोजन भएर आएको छ । भवन निर्माणका लागि तत्कालै ठेक्का प्रक्रियामा जाने बागलुङ नगरपलिकाका इञ्जिनीयर मनोज शर्माले जानकारी दिनुभयो । निरयघाटमा रहेको जङ्गेश्वर महादेव लक्ष्मीनारायाण गुठीको पाँच रोपनी जग्गामा अहिले एक तलाका दुईवटा भवन निर्माण हुनेछ । ध्यान केन्द्र, नर्सिङ सेन्टर, भान्सा, डाइनिङसहित १४ कोठा निर्माण गरिने उहाँले जानकारी दिनुभयो । उक्त गुठीको जग्गामा मानव सेवाआश्रम निर्माण गर्न सात रोपनी जग्गा उपलब्ध गाराइएको बागलुङ नगरपालिकाले जनाएको छ ।

बागलुङ बजारमा जग्गाको अभाव भएपछि मानव सेवाआश्रम र वृद्धाश्रम दुबैलाई निरयघाटमा रहेको गुठीको जग्गा उपलब्ध गराइएको हो । पाँच रोपनी जग्गामा कम्पाउड, पार्क, ब्यायम केन्द्र, ध्यान गर्ने सभाहलसहितको तीन वटा तीन तले भवन निर्माण भएर आश्रमले पूर्णता पाउन झण्डै रु १२ करोड खर्च हुने इञ्जिनीयर शर्माले बताउनुभयो ।

“निर्माण गर्दै जाने वृद्धवृद्धा राख्दै जाने नगरपालिकाको योजना हो, वृद्धाश्रम पूरा हुन त समय लाग्ला अहिले १४ कोठाको भवन बन्नेछ” उहाँले भन्नुभयो, “विद्धाश्रममा स्वास्थ्यकर्मीसहितको सेवा हुनेछ, वृद्धाश्रम सञ्चालनका लागि कार्यवृद्धि बनाइनेछ ।” वृद्धाश्रममा अस्थायी रुपमा अभिभावकत्व प्रदान गर्ने गरी वृद्धवृद्धा राख्न सकिनेछ ।