खलङ्गा बजारभित्र पसेर तीन जना स्थानीयमाथि आ.क्रमण गरी घाइते बनाउने भालुलाई गोली हानेर मा.रियो

खलङ्गा बजारभित्र पसेर तीन जना स्थानीयमाथि आ.क्रमण गरी घाइते बनाउने भालुलाई गोली हानेर मा.रियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सदरमुकाम जुम्ला खलङ्गा बजारभित्र पसेर तीन जना स्थानीयमाथि आ.क्रमण गरी घाइते बनाउने भालुलाई गोली हानेर मा.रिएको छ । चन्दननाथ नगरपालिका–४ कार्कीवाडा जुम्लाका २९ वर्षीय हिमबहादुर रोकाया र उहाँको श्रीमती २६ वर्षीया निर्मला थापा रोकायालाई आज बिहान ५ः३० बजेतिर भालुले आक्रमण गरी घाइते बनाएको थियो । श्रीमान् हिमबहादुरलाई नुहाइरहेका अवस्थामा भालुले आक्रमण गरेको थाहा पाएर चिच्याउने बित्तिकै आफूलाई चिथोरेको पीडित निर्मलाले बताउनुभयो ।

चन्दनाथ नगरपालिका– ६ सिंगाचौर गाउँ जुम्लाका हिरा सार्कीलाई पनि भालुले घाइते बनाएको जिल्ला प्रहरी कार्यालय जुम्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।  टाउको र अनुहारमा आक्रमण गरी घाइते बनाएका तीनैजनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । भालुले स्थानीयमाथि आक्रमण गरी घाइते बनाएको खबर बिहान पाएलगत्तै प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंसहित सुरक्षा निकायको टोली घाइतेको उद्धार र भालुको खोजीकार्यमा लागेको थियो । भालु बजारमा छिरेर स्थानीयमाथि आक्रमण गरेपछि भालु आतङ्कले आज जुम्ला सदरमुकाम दिनभर तनावग्रस्त बनेको थियो ।

चन्दननाथ नगरपालिकाको सिंगाचौरको गोठमा बिहान ९ बजे पसेको भालु सुरक्षित नियन्त्रणका लागि प्रजिअ प्रसाईंसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले तीन घण्टा गाउँ नै सुरक्षा दिएर भालुलाई नियन्त्रण गरेको थियो । भालुलाई सुरक्षित नियन्त्रण गर्न डिभजन वन कार्यालय जुम्लाका कर्मचारी पनि सो स्थानमा पुगेका थियो ।

बजारमा मान्छे घाइते बनाउँदै हिँडेको भालुलाई जीवितै नियन्त्रणमा लिन खोज्दा उल्टै सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेपछि स्थानीय प्रशासनको निर्देशनमा उक्त भालुलाई गोली हानेर मारिएको प्रहरी नायब उपरीक्षक थापाले जनाउनुभयो । मारिएको भालुको पशुविज्ञबाट शव परीक्षण गरेर अन्त्येष्टि गरिने डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश खत्रीले जानकारी दिनुभयो ।

यो पनि – पे.स्तोल देखयाए लुटपाटको आरोपमा दुई पक्राउ

नौ लाख ८९ हजार लु.टपाटको आरोपमा दुई जना पक्राउ परेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका–४ बस्ने २० वर्षीय राम तामाङ र २१ वर्षीय सरोज श्रेष्ठलाई प्रहरीले आज चौताराको चाँगुटोलबाट पक्राउ गरेको हो । तामाङ र श्रेष्ठले चौताराबाट घर जाँदै गरेका जुगल गाउँपालिका– ३ का पासलाल तामाङसहित उनका चार जना साथीलाई साउन २६ गते दिउँसो २ः४५ बज नौबिसे बलेफी पक्की सडकखण्डमा मोटर साइकलमा आएर कु.टपि.ट गर्दै लु.टपाट गरेका थिए ।

नक्कली पे.स्तोलसमेत देखाइ कु.टपिट गरी नगदसहित महत्वपूर्ण कागजात लु.टपाट गरी फरार भएका उनीहरूलाई बा९९प ३६७२ नंको मोटरसाइकलसहित आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

घटनामा प्रयोग भएका थप तीन वटा मोटरसाइकल लु.काइछिपाइ राखेको अवस्थामा चौतारा साँगाचोक गढी नगगरपालिका–४ को ठूलाखेतबाट ब.रामद गरिएको र पक्राउ परेका दुई जनालाई डाँका चोरी मु’द्दामा सिन्धुपाल्चोक जिल्ला अदालतबाट दिन सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य शुरु गरिएको बस्नेतले बताउनुभयो । अन्य फरार व्यक्तिको खोजतलास जारी रहेको पनि प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

यो पनि – पछिल्लो २४ घण्टामा थप ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि,३२ जनाको मृत्यु

काठमाडौं, २७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १०,८०६ पीसीआर र ४,६५६ ९ एन्टीजेन परीक्षणमा ३,२६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख २५ हजार ७६९ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका ७२ हजार ८८२ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा २,२९४  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ६ लाख ७७ हजार ३७७ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

यो पनि – भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४१ हजार १९५ जना नयाँ सङ्क्रमित थपिएका हुन् । तर अघिल्लो दिन भने ३८ हजार ३५३ नयाँ सङ्क्रमित थपिएका थिए । केही दिन अगाडिसम्म दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएकोमा अहिले फेरि बढ्न थालेको देखिएको हो ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले ४६ दिनदेखि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम रहेको जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८७ हजार ९८७ पुगेको मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी पछिल्लो एक दिनमा भारतमा ३९ हजार ६९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

एउटै समयमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएकाले सक्रिय अवस्थामै रहेका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । भारतमा अहिले ९७.४५ प्रतिशत मानिस सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या भने तीन करोड १२ लाख ६० हजार ५० पुगेको छ । सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म ४८ करोड ७३ लाख कोरोना परीक्षण गरिएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप शुरु भएको थियो । सो समयदेखि हालसम्म कोरोना भाइरसविरुद्धको ५२ करोड ३६ लाख डोज खोप लगाइएको छ ।

यो पनि – सबै विद्यार्थीलाई खोप दिएर परीक्षा दिने वातावरण बनाउन सांसदको माग

सांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले कक्षा १२ को परीक्षा पूर्वतयारीबिना स्थगित गरिएको र विश्व विद्यालय अन्तर्गत विभिन्न तहको परीक्षाको मुखमा रहेका विद्यार्थीले परीक्षा दिने वातावरण सिर्जना गर्न माग गर्नुभयो । साथै उहाँहरुले परीक्षार्थीलाई खोपको व्यवस्था गर्न वा वैकल्पिक विधिद्वारा परीक्षा दिने वातावरण बनाउन पनि सराकार समक्ष माग गर्नुभयो ।

सांसद उदया शर्मा पौडेलले पूर्वतयारीबिना कक्षा १२ को परीक्षण स्थगित गरी करिब चार लाख परीक्षार्थीको भविष्य अन्योलमा परेकामा चिन्ता व्यक्त गर्दै विद्यार्थीको मनोविज्ञानलाई असर नगर्नेगरी परीक्षार्थीलाई खोपको व्यवस्था गरी परीक्षामा सामेल हुने वातावरण बनाउन माग गर्नुभयो । सांसद कोमल वलीले शिक्षामन्त्री नियुक्तिमा ढिलाइ भएकाले समग्र शिक्षा क्षेत्रमा अन्योल छाएको टिप्पणी गर्दै विद्यार्थीलाई खोप लगाएर या वैकल्पिक विधिद्वारा भए पनि परीक्षा दिने वातावरण बनाउन सरकार समक्ष माग गर्नुभयो । “कोभिड महामारीका कारण शिक्षा क्षेत्रमा अन्योलता छाएको छ । विद्यार्थीले अनलाई माध्यमबाट अध्ययन गरेपनि परीक्षा दिन पाएका छैनन् यसमा सरकारले विशेष ध्यान दिन जरुरी छ”, उहाँले भन्नुभयो ।

सांसद अनिता देवकोटाले नेपालको नक्सामा समेटिएको लिम्पयाधुरा, कालापनी, लिपुलेकको जमिन फिर्ता ल्याउन कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गर्नुभयो । सांसद इन्दु कडरियाले सामाजिक सुरक्षा भत्तामा विभेद् भएको तथा दलित र गैरदलितबीचको दुरी बढाएको भन्दै सामाजिक सुरक्षाभत्ता ६० वर्ष पुगेका नागरिकलाई दिने व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद ठगेन्द्रप्रकाश पुरीले बाढीपहिरोले बर्सेनि प्राकृतिक विपत्तिका घटना बढेको तथा वनजङ्गल अतिक्रमण भइरहेकोमा चिन्ता प्रकट गर्दै यसको दीर्घकालीन समाधानका लागि भू–उपयोग नीतिलाई तत्काल कार्यान्वयनमा ल्याउन माग गर्नुभयो । सांसद तारादेवी भट्टले भीमदत्त नगरपालिकाको नगर शिक्षा समितिले दरबन्दी मिलानको नाममा नियमविपरित शिक्षकको सरुवा गर्ने गरेकोमा आपत्ति जनाउँदै यस किसिमका कार्य तत्काल बन्द गर्न माग गर्नुभयो । रासस

यो पनि – उपत्यकामा आज राति ८ बजेपछि सार्वजनिक तथा निजि सवारी साधन चलाउन नपाइने

कोभिड–१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ । आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ । अत्यावश्यक काममा प्रयोग हुने सवारी भने चौबीसै घण्टा सञ्चालन हुने छ । पछिल्लो दुई हप्तादेखि उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअलरूपमा मात्रै गर्ने निर्णय गरेको थियो ।

अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत राखिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजिअसहितको बैठकले उक्त आदेश जारी गरी लागू गरेको हो । अन्य विभिन्न जिल्लामा पनि आदेशमा कडाइ गर्न थालिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ ।

यो पनि – उपत्यकामा निषेधाज्ञामा कडाइ : राति ८ बजेसम्म मात्र सवारी साधन चलाउन पाउने

कोभिड–१९ को सङ्क्रमण वृद्धिसँगै काठमाडौँ उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअलरुपमा मात्रै गर्ने निर्णय गरेको स्थानीय प्रशासनले यसपालि राति ८ बजेबाट सार्वजनिक तथा निजी सवारी साधन गन्तव्यमा पुगी सक्नुपर्ने (८ बजेपछि सवारी सञ्चालन गर्न नपाइने) निर्णय थप गरेको छ । यद्यपि अत्यावश्यक सवारी साधन भने सञ्चालन गर्न पाइने छ । आजको बैठकले गरेको निर्णय यही साउन २८ गते बिहान १ बजेबाट भदौ ८ गते राति १२ बजेसम्म लागू हुनेछ ।

यसअघि गोष्ठी, तालिम, सेमिनार, बैठक तथा प्रशिक्षणजस्ता कार्यक्रम उपस्थित भएरै गर्नुपर्ने भएमा २५ जनाभन्दा बढी नहुने गरी सञ्चालन गर्न अनुमति दिइएको थियो भने रातिको समयमा पनि सवारी साधन सञ्चालन गर्न अनुमति दिइएको थियो ।अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत राखिएको छ । कोभिड–१९ का बिरामीको सङ्ख्या वृद्धि हुन थालेकाले केही कडाइ गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलले जानकारी दिनुभयो । “राति बीच बाटोमा अलमल गर्ने अवस्था देखियो, त्यसले भीडभाड बढेको पाइयो, त्यसलाई रोक्न ८ बजेभित्र नै गन्तव्यमा पुगी सक्नुपर्ने गरी निर्णय गरिएको हो”, उहाँले रासससँग भन्नुभयो । आदेशमा कोभिड–१९ को लक्षण देखिएका तथा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पिसिआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन र भीडभाडबाट बच्न अनुरोध गरिएको छ । स्वास्थ्यको मापदण्ड पूर्ण पालना गर्न पनि भनिएको छ ।

सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितका खेलकुद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न÷गराउन पाइने छैन । खुला स्थानमा मानिस भेला हुन, सभा÷जुलुस गर्न, जात्रा महोत्सव, भोज भतेर आदि गर्न÷गराउन पनि पाइने छैन । नित्य पूजाबाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठन पनि गर्न नपाइने आदेशमा उल्लेख छ ।

औषधि तथा स्वास्थ्यसम्बन्धी पसल भने जुनसुकै बेला खोल्न सकिने छ । अन्य पसल, व्यवसाय भने साँझ ७ बजेसम्म मात्रै खोल्न पाइने छ । स्थानीय ढुवानीका साधन बिहान ९ देखि ११ र अपराह्न ४ देखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । अत्यावश्यक वस्तुको अनलाइन अडर, रेष्टुराँ तथा फाष्टफुड तथा अन्य अडरको हकमा टेक–अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

सिट क्षमताअनुसारको यात्रु राखेर यातायातका साधन सञ्चालन गर्न भनिएको छ । त्यसरी सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूर्णपालना गर्नुपर्ने छ । टेम्पु र नीलो माइक्रोमा यसअघि लागू भएको नौ जना मात्रै यात्रु राख्न पाइने र यात्रुको बीचमा प्लाष्टिकको छेकबार लगाउनुपर्ने व्यवस्थालाई कायम राखिएको छ ।

यसअघिको आदेशानुसार लामो दूरीका सवारी साधन मापदण्ड पालना गरेर चलाउन पाइने छ । सार्वजनिक तथा निजी ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने व्यवस्था छ । परीक्षामा भने एक कोठामा २५ भन्दा बढी राख्न नपाइने र स्वास्थ्यका सबै मापदण्ड पूर्णपालना गर्नुपर्नेछ ।