फिफा वरियतामा नेपालको सुधार

फिफा वरियतामा नेपालको सुधार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले आज सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७१औँ स्थानमा रहेको थियो । नेपाल दक्षिण एशियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा छ । गत मे महिनाको अन्तिममा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अङ्क ९६८ रहेको थियो । अहिलेको नयाँ वरियतामा नेपालले चार अङ्क बटुल्दै ९७२ बनाएको छ ।

नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ । भारत १०५औँ स्थानमा छ भने माल्दिभ्स १५८औँ स्थानमा रहेको छ । नेपालभन्दा तल भूटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ । बङ्गलादेश १८८औँ स्थानमा छ भने भूटान १८७औँ स्थानमा छ । त्यस्तै पाकिस्तान १९८औँ स्थानमा रहँदा श्रीलङ्का २०५औँ स्थानमा छ । बेल्जियम फिफा वरियताको शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ । त्यसैगरी फ्रान्स तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौथो तथा इटाली पाँचौँ स्थानमा छ । अर्जेन्टिना छैटौँ, स्पेन सातौँ, पोर्चुगल आठौँ, मेक्सिको नवौँ र अमेरिका दशौँ स्थानमा छ ।

यो पनि – धुलिखेलमा पहिलोपटक आर्टिफिसियल इन्टेलिजन्सको पढाइ हुने

काठमाडौँ विश्वविद्यालयमा पहिलो पटक स्नातक र स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टेलिजेन्स विषयको अध्ययन हुने भएको छ । विश्वविद्यालयको स्कूल अफ इञ्जिनीयरिङअन्तर्गत कम्प्युटर साइन्स एण्ड इञ्जिनीयरिङ विभागले आगामी सेप्टेम्बर २०२१ बाट दुईवटा नयाँ शैक्षिक कार्यक्रम आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक÷एमटेक) विषयमा स्नातक र स्नातकोत्तर कार्यक्रम शुरु गर्ने भएको हो ।

विश्वविद्यालयले स्थानीय तथा विश्वव्यापी रुपमा सो क्षेत्रसँग सम्बन्धित विशेषज्ञ उत्पादन गर्ने उद्देश्यले ती विषयको कक्षा सञ्चालन गर्न लागेको स्कूल अफ इञ्जिनीयरिङअन्तर्गत कम्प्युटर साइन्स एण्ड इञ्जिनीयरिङ विभागका डिन प्रा डा मनिष पोखरेलले बताउनुभयो । “नेपालमा नै पहिलोपटक काठमाडौँ विश्वविद्यालयमा यो शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेका हौँ”, उहाँले भन्नुभयो, “हाल भर्ना सिटको कूल सङ्ख्या स्नातक तहमा ३० र स्नातकोत्तर तहमा १० छ, पढाइ आवासीय सुविधासहितको हुनेछ ।” इन्टर्नसीपको माध्यमबाट विद्यार्थीलाई परियोजनामा आधारित सिकाइमा व्यावहारिक ज्ञानको अनुभव प्रदान गर्ने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालले सञ्चालन गर्न लागेको आर्टिफिसियल इन्टेलिजेन्स विषयमा प्रविधि र विधिको प्रयोग गरी कार्यक्रमसँग सम्बन्धित कम्पनी तथा संस्थामा डाटामा आधारित निर्णय कार्यान्वयन गर्न सक्ने र कोर्षसँग सम्बन्धित विद्यार्थीले विभिन्न डाटा विश्षेलण गर्न सक्नुका साथै स्वचालित मेशिन प्रविधि निर्माण गर्न सक्ने दक्ष जनशक्ति उत्पादन हुने प्रा डा पोखरेलले बताउनुभयो । जुन कार्यक्रम प्राविधिक, आधारभूत प्रोग्रामिङ, कम्प्युटर विज्ञान, गणितको परिचयात्मक पाठ्याक्रमबाट शुरु हुनेछ । सो विषय अध्ययन गरेका विद्यार्थीले आर्टिफिसियल इन्टेलिजेन्स अवधारणाको प्रविधियुक्त ज्ञान सिक्न सक्ने प्रा डा पोखरेलले बताउनुभयो ।

दुवै तहमा अध्ययनको लागि चार वर्षे शैक्षिक कार्यक्रमको लागि विद्यार्थीले कूल शुल्क रु आठ लाख तिर्नुपर्ने छ । त्यस्तै मास्टर्स अफ टेक्नोलोजि इन आर्टिफिसियल इन्टेलिजेन्स अध्ययन गर्ने विद्यार्थीहरुले विभिन्न क्षत्रेहरु जस्तै व्यापार, आर्थिक, सुरक्षा, उद्योग नियन्त्रण र इञ्जिनियरिङ्गसँग सम्बन्धीत व्यवहारिक जीवनका समस्याहरुसँग जुध्न का लागि आफुले सिकेको कुराको प्रयोगात्मक परीक्षण गर्ने अवसरहरु पाउँनेछन् । त्यसको लागि दुई वर्षे शैक्षिक कार्यक्रममा थप शुल्क रु तीन लाख ९५ हजार निर्धारण गरेको विश्वविद्यालयले जनाएको छ ।

यो पनि – त्रिवि केन्द्रीय क्याम्पस अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्द

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुर विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालका साथै इडियुरोमको विश्वव्यापी सञ्जालमा जोडिएको छ ।  विश्वव्यापी अनुन्सधान तथा शैक्षिक सञ्जालमा आवद्घताले केन्द्रीय क्याम्पसका विभिन्न सङ्कायले सञ्चालन गर्दै आएको अनुसन्धानका क्रियाकलापलाई थप सुदृढ गर्न सकिने बताइएको छ ।

विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा सन् २०१० देखि अनुसन्धान तथा शैक्षिक सञ्जाल ट्रान्स युरोसिया इन्फरमेसन नेटवर्क नेपालमा जोडिएको थियो । हालसम्म नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयलगायत २५ वटा सङ्घसंस्था यस सञ्जालमा आवद्घ भएका छन् । इडियुरोम अनुसन्धान र शैक्षिक सङ्घसंस्थाका व्यक्तिहरूलाई विश्वका अन्य सङ्घसंस्थामा पुग्दा सहजै नेटवर्क पहँच उपलब्ध गराउने विश्वव्यापी सेवा हो ।

सन् २००२ देखि युरोपबाट शुरु भएको इडियुरोम सेवाको मुख्य उद्देश्य अनुसन्धान र शिक्षाका क्षेत्रमा क्रियाशील सङ्घसंस्था र व्यक्तिहरुबीच इन्टरनेटलगायतका सेवामा सहज पहँुच स्थापित गरी अनुसन्धान र शैक्षिक क्रियाकलापलाई सुदृढ गर्नु रहेको छ । इडियुरोम सेवा हाल १०० भन्दा बढी देशमा उपलब्ध भइसकेको छ । नेपालका शैक्षिक तथा अनुसन्धानसँग सम्बन्धित सङ्घसंस्थालाई एकापसमा जोडी अनुसन्धान र सहकार्यको वातावरण तयार पार्ने, विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्घ गर्ने तथा इडियुरोम सेवामा जोड्ने कामको नेतृत्व नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कले गर्दै आएको छ । रासस

यो पनि -विद्यालयको प्राङ्गण पहिरोले बगायो,विद्यालयको भवन उच्च जोखिममा

केदारस्यँ गाउँपालिका–६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन पहिराको जोखिममा परेको छ । अविरल वर्षाका कारण विद्यालयको प्राङ्गण पहिराले बगाएकाले भवन पनि जोखिममा परेको हो । साउन १२ गते रातिको अविरल वर्षाले विद्यालयको मूलद्वार र प्राङ्गण पहिराले लगेकोे प्रधानाध्यापक मानबहादुर धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लगातारको वर्षाका कारण भवनसमेत भत्कने खतरा छ । भिरालो जमिनमा विद्यालय भएकाले पहिरो खस्न थालेको हो ।” कक्षा ८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल २३५ विद्यार्थी अध्ययनरत छन् ।वडाध्यक्ष काशीराम धामीले यस वर्ष रु २० लाख बराबरको ग्याविन जाली राखिएकामा जालीसहित गाउँका २० परिवारको बाली र विद्यालयको प्राङ्गण पनि पहिराले बगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले त विद्यालय बन्द छ खुला भयो भने कहाँ पढाउने भन्ने समस्या भएको छ । विद्यालय भवन अन्त बनाउनका लागि जग्गाको खोजी गरिरहेका छाँै, भेट्टाएका छैनौँ, कतै पाइएमा चाँडै भवन अन्तै सार्ने योजनामा छौँ ।

बझाङको केदारस्यँ गाउँपालिका– ६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन पहिरोको जोखिममा । अविरल वर्षाका कारण विद्यालयको फिल्ड पहिरोले बगाएपछि भवन जोखिममा परेको हो । तस्वीर ः रमेश केसी÷रासस

 

बझाङको केदारस्यँ गाउँपालिका– ६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन पहिरोको जोखिममा । अविरल वर्षाका कारण विद्यालयको फिल्ड पहिरोले बगाएपछि भवन जोखिममा परेको हो । तस्वीर ः रमेश केसी÷रासस

 

यो पनि – विद्यार्थी र उद्यमीसँग सम्बन्ध विस्तारका लागि रोजगार मेला

एड्भान्स्ड कलेज अफ इञ्जीनियरिङ एण्ड म्यानेजमेन्टले विद्यार्थी र उद्यमीसँग सम्बन्ध विस्तारका लागि भर्चुअल माध्यमबाट रोजगार मेला आयोजना गरेको छ । मेरो जबसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रमको आज नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष अग्रवालले कोभिड–१९ महामारी तथा अन्य व्यवधानका बाबजुद व्यावसायिक गतिविधि उज्ज्वल देखिएकाले यस किसिमका मेलाहरू बढाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा स्टार्स स्कलर्स नेटवर्कका अध्यक्ष प्राडा उत्तम गौलीले विविधतापूर्ण नेटवर्कका माध्यमबाट उनीहरूको भविष्य निर्धारण गरी बजारमा स्थापित हुन सहयोग पुग्ने बताउनुभयो । मेरो जबका संस्थापक तथा प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले वैयक्तिक विवरण लेखन, अन्तर्वार्ता तथा सामूहिक छलफलको मूल्यमाथि केन्द्रित रहन मेला एक अवसर हुने बताउनुभयो । स्वतन्त्र विद्युत् उत्पादक सङ्घ नेपालका कार्यकारी समिति सदस्य अभिज्ञा मल्लले वर्तमान उद्योगहरूको प्रभावकारी, उत्पादनशील र परिणाममुखी प्रकृतिका मागप्रति प्रत्येक विद्यार्थी सचेत हुनुपर्ने बताउनुभयो । एड्भान्स्ड कलेजका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले एड्भान्स्ड कलेज र उद्योगहरूबीच अनन्त सम्बन्ध कायम गर्न मेला आयोजना गरिएको जानकारी दिनुभयो ।

सो कलेजका प्रिन्सिपल लोचनलाल अमात्यले आगामी दिनमा समेत उनीहरूको महत्वपूर्ण सहयोगको अपेक्षा गर्दै उनले यो भर्चुअल जब मेला उद्योगको मागअनुसार एड्भान्स्ड कलेजका विद्यार्थीको सीप विकास गर्ने प्रयास रहेको बताउनुभयो । रासस

यो पनि -सबै विद्यार्थीलाई खोप दिएर परीक्षा दिने वातावरण बनाउन सांसदको माग

सांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले कक्षा १२ को परीक्षा पूर्वतयारीबिना स्थगित गरिएको र विश्व विद्यालय अन्तर्गत विभिन्न तहको परीक्षाको मुखमा रहेका विद्यार्थीले परीक्षा दिने वातावरण सिर्जना गर्न माग गर्नुभयो । साथै उहाँहरुले परीक्षार्थीलाई खोपको व्यवस्था गर्न वा वैकल्पिक विधिद्वारा परीक्षा दिने वातावरण बनाउन पनि सराकार समक्ष माग गर्नुभयो ।

सांसद उदया शर्मा पौडेलले पूर्वतयारीबिना कक्षा १२ को परीक्षण स्थगित गरी करिब चार लाख परीक्षार्थीको भविष्य अन्योलमा परेकामा चिन्ता व्यक्त गर्दै विद्यार्थीको मनोविज्ञानलाई असर नगर्नेगरी परीक्षार्थीलाई खोपको व्यवस्था गरी परीक्षामा सामेल हुने वातावरण बनाउन माग गर्नुभयो । सांसद कोमल वलीले शिक्षामन्त्री नियुक्तिमा ढिलाइ भएकाले समग्र शिक्षा क्षेत्रमा अन्योल छाएको टिप्पणी गर्दै विद्यार्थीलाई खोप लगाएर या वैकल्पिक विधिद्वारा भए पनि परीक्षा दिने वातावरण बनाउन सरकार समक्ष माग गर्नुभयो । “कोभिड महामारीका कारण शिक्षा क्षेत्रमा अन्योलता छाएको छ । विद्यार्थीले अनलाई माध्यमबाट अध्ययन गरेपनि परीक्षा दिन पाएका छैनन् यसमा सरकारले विशेष ध्यान दिन जरुरी छ”, उहाँले भन्नुभयो ।

सांसद अनिता देवकोटाले नेपालको नक्सामा समेटिएको लिम्पयाधुरा, कालापनी, लिपुलेकको जमिन फिर्ता ल्याउन कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गर्नुभयो । सांसद इन्दु कडरियाले सामाजिक सुरक्षा भत्तामा विभेद् भएको तथा दलित र गैरदलितबीचको दुरी बढाएको भन्दै सामाजिक सुरक्षाभत्ता ६० वर्ष पुगेका नागरिकलाई दिने व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद ठगेन्द्रप्रकाश पुरीले बाढीपहिरोले बर्सेनि प्राकृतिक विपत्तिका घटना बढेको तथा वनजङ्गल अतिक्रमण भइरहेकोमा चिन्ता प्रकट गर्दै यसको दीर्घकालीन समाधानका लागि भू–उपयोग नीतिलाई तत्काल कार्यान्वयनमा ल्याउन माग गर्नुभयो । सांसद तारादेवी भट्टले भीमदत्त नगरपालिकाको नगर शिक्षा समितिले दरबन्दी मिलानको नाममा नियमविपरित शिक्षकको सरुवा गर्ने गरेकोमा आपत्ति जनाउँदै यस किसिमका कार्य तत्काल बन्द गर्न माग गर्नुभयो । रासस

यो पनि – उपत्यकामा आज राति ८ बजेपछि सार्वजनिक तथा निजि सवारी साधन चलाउन नपाइने

कोभिड–१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ । आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ । अत्यावश्यक काममा प्रयोग हुने सवारी भने चौबीसै घण्टा सञ्चालन हुने छ । पछिल्लो दुई हप्तादेखि उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअलरूपमा मात्रै गर्ने निर्णय गरेको थियो ।

अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत राखिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजिअसहितको बैठकले उक्त आदेश जारी गरी लागू गरेको हो । अन्य विभिन्न जिल्लामा पनि आदेशमा कडाइ गर्न थालिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ ।

यो पनि – उपत्यकामा निषेधाज्ञामा कडाइ : राति ८ बजेसम्म मात्र सवारी साधन चलाउन पाउने

कोभिड–१९ को सङ्क्रमण वृद्धिसँगै काठमाडौँ उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअलरुपमा मात्रै गर्ने निर्णय गरेको स्थानीय प्रशासनले यसपालि राति ८ बजेबाट सार्वजनिक तथा निजी सवारी साधन गन्तव्यमा पुगी सक्नुपर्ने (८ बजेपछि सवारी सञ्चालन गर्न नपाइने) निर्णय थप गरेको छ । यद्यपि अत्यावश्यक सवारी साधन भने सञ्चालन गर्न पाइने छ । आजको बैठकले गरेको निर्णय यही साउन २८ गते बिहान १ बजेबाट भदौ ८ गते राति १२ बजेसम्म लागू हुनेछ ।

यसअघि गोष्ठी, तालिम, सेमिनार, बैठक तथा प्रशिक्षणजस्ता कार्यक्रम उपस्थित भएरै गर्नुपर्ने भएमा २५ जनाभन्दा बढी नहुने गरी सञ्चालन गर्न अनुमति दिइएको थियो भने रातिको समयमा पनि सवारी साधन सञ्चालन गर्न अनुमति दिइएको थियो ।अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत राखिएको छ । कोभिड–१९ का बिरामीको सङ्ख्या वृद्धि हुन थालेकाले केही कडाइ गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलले जानकारी दिनुभयो । “राति बीच बाटोमा अलमल गर्ने अवस्था देखियो, त्यसले भीडभाड बढेको पाइयो, त्यसलाई रोक्न ८ बजेभित्र नै गन्तव्यमा पुगी सक्नुपर्ने गरी निर्णय गरिएको हो”, उहाँले रासससँग भन्नुभयो । आदेशमा कोभिड–१९ को लक्षण देखिएका तथा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पिसिआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन र भीडभाडबाट बच्न अनुरोध गरिएको छ । स्वास्थ्यको मापदण्ड पूर्ण पालना गर्न पनि भनिएको छ ।

सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितका खेलकुद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न÷गराउन पाइने छैन । खुला स्थानमा मानिस भेला हुन, सभा÷जुलुस गर्न, जात्रा महोत्सव, भोज भतेर आदि गर्न÷गराउन पनि पाइने छैन । नित्य पूजाबाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठन पनि गर्न नपाइने आदेशमा उल्लेख छ ।

औषधि तथा स्वास्थ्यसम्बन्धी पसल भने जुनसुकै बेला खोल्न सकिने छ । अन्य पसल, व्यवसाय भने साँझ ७ बजेसम्म मात्रै खोल्न पाइने छ । स्थानीय ढुवानीका साधन बिहान ९ देखि ११ र अपराह्न ४ देखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । अत्यावश्यक वस्तुको अनलाइन अडर, रेष्टुराँ तथा फाष्टफुड तथा अन्य अडरको हकमा टेक–अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

सिट क्षमताअनुसारको यात्रु राखेर यातायातका साधन सञ्चालन गर्न भनिएको छ । त्यसरी सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूर्णपालना गर्नुपर्ने छ । टेम्पु र नीलो माइक्रोमा यसअघि लागू भएको नौ जना मात्रै यात्रु राख्न पाइने र यात्रुको बीचमा प्लाष्टिकको छेकबार लगाउनुपर्ने व्यवस्थालाई कायम राखिएको छ ।

यसअघिको आदेशानुसार लामो दूरीका सवारी साधन मापदण्ड पालना गरेर चलाउन पाइने छ । सार्वजनिक तथा निजी ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने व्यवस्था छ । परीक्षामा भने एक कोठामा २५ भन्दा बढी राख्न नपाइने र स्वास्थ्यका सबै मापदण्ड पूर्णपालना गर्नुपर्नेछ ।