झापामा मास्क बैंक स्थापना

झापामा मास्क बैंक स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरकारले शुरुआत गरेको मास्क अभियानलाई सहयोग पु¥याउने र कोरोना सङ्क्रमण न्यूनीकरण गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ स्थापना गरेको छ । जिल्लामै पहिलोपटक स्थापना भएको बैंकबाट स्वयंसेवक खटाएर निःशुल्करुपमा मास्क वितरण हुँदै आएको छ । एक हप्ताअघि संस्थाले एक हजार मास्क खरिद गरेर अभियान शुरु गरेको थियो । हाल बैंकमा रेक्रडसका आजीवन सदस्य र विभिन्न दाताले मास्क र मास्क खरिदका लागि नगद दुवै प्रदान गरिरहेको सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मास्क अभियानप्रति आम नागरिकलाई प्रेरित गर्न ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर प्रयोग गरौँ’ भन्ने नाराका साथ भद्रपुर बजार र लेखनाथ चोकमा बिहान ७ बजेदेखि १० बजेसम्म मेडिकल मास्क वितरण गरिँदैछ ।“मास्क नलगाउनेलाई बानी पार्न र मास्क किन्न नसकेर वा नपाएर त्यसै हिंड्न बाध्य भएकालाई निःशुल्क बाँड्छौँ”, सभापति गिरीले भन्नुभयो, “यसले सरकारले शुरु गरेको अभियानलाई सहयोग पनि पुग्छ र आम नागरिकलाई मास्क लगाउनुपर्ने रहेछ भन्ने सचेतना पनि बढ्छ ।”जिल्लामा दुई सातादेखि कोभिड– १९ को सङ्क्रमण र मृत्युदर बढेसँगै निषेधाज्ञा जारी छ । प्रहरीलेसमेत जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने र मास्क नलगाइ हिड्नेलाई मास्क लगाउन अभिप्रेरित गर्दै आइरहेको छ ।

यो पनि – पहिलो चरणमा पोखराका २५ सय पर्यटनकर्मीले लगाए खोप

पोखरा पर्यटन परिषद्को समन्वयमा बिहीबार पोखराका दुई हजार ५०० पर्यटनकर्मीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पोखराको विभिन्न पाँच स्थानमा पर्यटन सम्बद्ध सङ्घ संस्थालगायत पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र पर्यटन व्यवसायीलाई प्राथमिकताका आधारमा खोप लगाउन कार्यक्रम सम्पन्न गरिएको परिषद्का महासचिव रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल पर्यटन बोर्ड, होटल माउण्ट कैलाश, होटल बाराही, बुमराङ रेष्टुरेण्ट र खपौदीको द ब्रिजमा गरेर पाँच स्थानमा खोप केन्द्र तोकिएको थियो । प्रत्येक खोपकेन्द्रमा ५०० खोपको व्यवस्था गरिएको शर्माले जानकारी दिनुभयो ।परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले निकै लामो समयको प्रयासपछि पहिलो चरण सरकारले पर्यटन क्षेत्रलाई दुई हजार ५०० खोप छुट्याएको बताउनुभयो । “हामीले निकै लामो समयदेखि तीन तहकै सरकारलाई खोपको माग गर्दै आएका थियौँ, अहिले पहिलो चरणमा जम्मा दुई हजार ५०० खोप उपलब्ध भयो”, भट्टराईले भन्नुभयो ।

उहाँले पहिलो चरणको खोप अग्रमोर्चामा खटिने मजदुर, कर्मचारी र व्यवसायीलाई प्रबन्ध गरिएको जानकारी दिनुभयो । उहाँले अहिले लगाइएको खोप पर्याप्त नभएको जनाउँदै पुनः बाँकी पर्यटनकर्मीका लागि पनि सरकारले छिटो खोप उपलब्ध गराउनेमा आशावादी रहेको बताउनुभयो । उहाँका अनुसार पोखरामा २० हजारभन्दा बढी पर्यटन क्षेत्रमा आबद्ध छन् ।

गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकमार थापाले खोपकेन्द्रको संयुक्त अनुगमन गर्नुभएको थियो । मन्त्री कँडेलले पोखरा पर्यटकीय राजधानी भएकाले पर्यटन क्षेत्रलाई प्राथमिकता राखेको जनाउँदै छिट्टै बाँकी पर्यटनकर्मीका लागि खोपको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

परिषद्का सदस्य एवं पर्यटन क्षेत्रमा आबद्ध पश्चिमाञ्चल होटल एशोसिएशन (हान), ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल पश्चिमाञ्चल (टान), नेपाल टुर एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा), रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान), नेपाल हवाई खेलकुद संस्था (ना), पोखरा ट्याक्सी व्यवसायी समिति, पर्यटन यातायात व्यवसाय समिति, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ), पर्वतारोहण सङ्घ गण्डकी (एनएमए) इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसियशन (एगा), टे«किङ इक्युपमेन्ट सप एशोसियन (टेसा), महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ), पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) लगायत २५ भन्दा बढी सङ्घसंस्थाका सदस्यहरुले खोप लगाएको परिषद्का उपाध्यक्ष एवं कार्यक्रमका संयोजक पोमनाराण श्रेष्ठ जानकारी दिनुभयो ।

परिषद्ले पर्यटनकर्मीलाई खोपको सुनिश्चितता नभएसम्म पर्यटन व्यवसाय सञ्चालन गर्न नसकिने भएकाले “नो भ्याक्सिन, नो टुरिजम” भन्दै सामाजिक सञ्जाललगायत जिल्ला प्रशासन अगाडि विभिन्न चरणमा दबाबमूलक आन्दोलनसमेत गरेको थियो ।