‘प्रहरी हुँ’ भन्दै कु.टपि.ट गरी पैसा लुट्ने दुईजना पक्राउ

‘प्रहरी हुँ’ भन्दै कु.टपि.ट गरी पैसा लुट्ने दुईजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

‘प्रहरी हुँ’ भन्दै कु.टपि.ट गरी रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ का ३२ वर्षीय टीका खत्रीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

बिर्तामोड–५ की नयनसरी राजवंशीको घरमा गएर यही साउन ११ गते उप्रेती र खत्रीले “हामी सादा पोशाकका प्रहरी हौँ, तपाईँको छोरा ला.गुऔष.ध खाने बेच्ने गर्छ र डिलर पनि हो, अब छोरालाई जोगाउने हो भने रु २० हजार दिनु, नभए मु.द्दा हालिदिन्छौँ”, भनेर ध.म्क्याउनाका साथै राजवंशीको साथमा भएको रु एक हजार १०० लिएर पछि फेरि पैसा लिन आउँछौँ भन्दै गएका थिए ।

सोही सिलसिलामा यही साउन १४ गते राति नयनसरीको घर पुगेका उनीहरुले उहाँका छोरा २५ वर्षीय विशाल राजवंशीलाई बाहिर बोलाएर “हामी एउटा मिसनमा आएका हौँ, किन गाउँका मान्छेलाई हल्ला गरी बोलाएको ?” भन्दै उप्रेतीले कम्मरको बेल्ट खोलेर विशाललगायत अन्य व्यक्तिलाई समेत कु.टपि.ट गरेका थिए । पीडित राजवंशीले साउन २२ गते इलाका प्रहरी कार्यालय अनारमनीमा दिएको निवेदनका आधारमा उप्रेती र खत्रीलाई पक्राउ गरिएको प्रनाउ थापाले बताउनुभयो । पक्राउ परेका दुवैलाई इप्रका अनारमनीमा राखेर कानुनी कारबाही अघि बढाइएको थापाले जानकारी दिनुभयो ।

यो पनि – बाँदर धपाउन कृषकलाई यन्त्र वितरण

भोजपुर, २९ साउन (रासस) ः बाँदरको बथान आएर बालीनाली सखाप बनाउन थालेपछि चिन्ता रहेका किसानलाई उपकरण प्रदान गरिएको छ । मकै तथा अन्यबालीको याममा बाँदरले बढी दुःख दिने भएकाले हैरान भएका यहाँका कृषकलाई डिभिजन बन कार्यालयले धपाउने उपकरण वितरण गरेको हो । सो यन्त्रले बन्दुक पड्केझै आवाज दिने हुँदा बाँदर भगाउन सजिलो हुने अनुमान गरिएको छ । यतिबेला बारीमा मकैको याम छ, १०० देखि १५० सम्मको हुलमा आउने बाँदरको समूहले हामीलाई बाली जोगाउन मुस्किल परेको छ । स्थानीय कृषक दिनेश विकले भन्नुभयो, “बालीनाली त लगाइन्छ, हुलमा १०० देखि १५० आउने बाँदरले बाली जोगाउन नै मुुस्किल हुन्छ, ठूलोलाई त लखेटनसमेत समस्या हुन्छ। अब चाहिँ यो यन्त्रले केही सहज होला भन्ने आशा छ ।”

प्लाष्टिकको पाइपबाट निर्माण गरिएको यन्त्रमा कार्बाइड र पानीको मिश्रण गरी ग्यास उत्पादन गरेपछि ठूलो आवाजमा पड्कने गर्छ । कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले भन्नुभयो, “उपकरणबाट ठूलो आवाज आउने भएकाले बाँदरसहित अन्य जीवजन्तु भगाउन सहज हुन्छ । कृषकलाई बाली जोगाउन समस्या भएकाले परीक्षणस्वरूप केही थान उपकरण वितरण गरेका छौँ ।” बर्षेनी जिल्लामा बाँदर आतङ्कबढ्दै जान थालेकाले खेतीयोग्य जमिनमा समेत बाली लगाउन छाडिएको र जिल्लाका तल्लो भेगका अघिकांशले यसै कारण बसाइँसराइ गरेका छन् । पछिल्लो एक दशकयता बाँदरले बारीमा लगाएको सबै अन्नबाली नष्ट गर्दै आएको कृषकको गुनासो छ ।

यो पनि – कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै

कञ्चनपुरमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दैनिक बढ्न थालेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १२० पुगेको छ । बजार, सार्वजनिकस्थल र सार्वजनिक सवारीसाधनमा बढ्दो भिडाभाडसँगै स्वास्थ्यका मापदण्ड पालना नगर्दा कोरोना सङ्क्रमणका बिरामीको सङ्ख्या बढ्न थालेको हो । बिहीबार मात्रै भीमदत्त नगरपालिकामा चार, दोधारा चाँदनीमा एक, कृष्णपुरमा एक, पुर्नर्वासमा दुई र गड्डाचौकीमा एक जना गरी नौ जनामा सङ्क्रमण देखिएको छ । गएको पाँच दिनको अवधिमै ६६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

कोरोना सङ्क्रमण देखिएकामध्ये चारको आइसोलेशनमा र ११६ को होम आइसोलेशनमा उपचार भइरहेको छ । वैशाख महिनादेखि हालसम्म छ हजार ९९१ जनाको पिसिआर परीक्षण गर्दा तीन हजार ८२३ जनामा कोरोना सङ्क्रमण देखा परेको थियो । त्यसैगरी २९ हजार ५०१ जनाको एन्टेजेन परीक्षण गर्दा दुई हजार ४५९ जनामा सङ्क्रमण देखिएको थियो । जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार २११ पुगेको छ । तीमध्ये सात हजार ८८५ जना सङ्क्रमणमुक्त भएका छन् ।

कोरोना सङ्क्रमणबाटै कञ्चनपुरमा १८८ जनाले ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमण बढ्न थालेपछि स्थानीय तहले सक्रियता देखाउन थालेका छन् । स्थानीय तहले सरोकारवालासँग छलफल गरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि सुझाव लिने र योजना बनाउने कार्य अगाडि बढाएका छन् ।शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले कोरोना रोकथामका लागि योजना बनाउनका लागि सरोकारवालासँग छलफल गरी सुझाव माग गरिएको बताउनुभयो । “सुझावअनुसार नगरपालिका क्षेत्रभित्रका मुख्य बजारमा हुने भिडभाड नियन्त्रण गर्नका लागि प्रहरीसँग समन्वय गरी स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न लगाउने कार्यमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “मास्क नलगाई बजार क्षेत्रमा हिँडडुल गर्ने कार्यलाई निरुत्साहित गर्नका लागि प्रहरीले कडाइ गर्न थालेको छ ।”

बजार क्षेत्रमा मास्क नलगाइ हिँडेको पाइए सम्झाउने बुझाउने र मास्क लगाउनका लागि अह्राउने कार्य भइरहेको छ । मास्कको व्यवस्था गर्न नसक्ने व्यक्तिलाई निःशुल्करुपमा मास्क उपलव्ध गराउने व्यवस्था भइरहेको उहाँले बताउनुभयो ।कोरोनाको तेस्रो लहरलाई मध्यनजर गर्दै नगरपालिकामा रहेको कोभिड अस्पतालमा अक्सिजन, औषधिको व्यवस्थाका लागि स्वास्थ्य शाखालाई निर्देशन दिइसकिएको उहाँको भनाइ छ । यसैगरी पुर्नर्वास नगरपालिकाले उपलब्ध संरचना तथा सेवा, होल्डिङ सेन्टर, स्वास्थ्य तथा सहायता कक्षको व्यवस्थापन र स्तरोन्नति गर्ने कार्यलाई अगाडि बढाएको छ ।

नगर प्रमुख जीवनराज थापाले कोरोनाको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै सर्तकता अपनाइएको बताउनुभयो । “कोभिड–१९ विरुद्ध प्रतिकार्यका लागि योजना तथा कार्यविधि निर्माण गर्ने कार्यलाई समेत अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिकासँग जोडिएको सीमानाका डोकेबजार गौरिफण्टालाई स्वास्थ्य जाँचको कार्यलाई व्यवस्थित बनाउनका लागि गैरसरकारी सङ्घसंस्था र प्रदेश सरकारसँग समन्वय गरी अगाडि बढेका छौँ ।”रासस