विराटनगर, ३० साउन (रासस) : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ६९२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सात सय ८८ जनाको पिसीआर परीक्षण गर्दा २१५ र एक हजार ५४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा १०८ मध्ये विराटनगरमा २०, सुनसरीमा ४२, झापामा ३८, धनकुटामा १४, इलाममा नौ, उदयपुरमा दुई, सङ्खुवासभा र भोजपुरमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशमा ६४५ सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३०७ महिला र ३३८ पुरुष छन् । सो अवधिमा तीन महिलासहित सात जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यो पनि – भूमिस्थलीमा रामकृष्ण मन्दिर पुनःनिर्माण
काठमाडौँ, ३० साउन (रासस) : विसं २०७२ वैशाख १२ गतेको भुकम्पले क्षति पु¥याएको काठमाडौंँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–२ भूमिस्थलीस्थित रामकृष्ण मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका र रामकृष्ण मन्दिर व्यवस्थापन समितिको साझेदारीमा रु एक करोड १५ लाख ९० हजारको लागतमा मन्दिर पुनःनिर्माण सम्पन्न भएको हो । मन्दिर परिसरमा योग हल, ज्येष्ठ नागरिक विश्रामस्थल र प्रवचन कक्षसमेत निर्माण गरिएको छ ।
मन्दिरको उद्घाटन गर्नुहुँदै नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पशुपतिदेखि वागद्वारसम्म वाग्मती नदी क्षेत्रलाई धार्मिक परिपथका रुपमा विकास गर्ने लक्ष्यका साथ नगरपालिकाले कार्य अघि बढाएको बताउनुभयो । नगरपालिकाका उपप्रमुख शान्ति नेपाल र वडा नं १ का वडाध्यक्ष राम मानन्धरले नगरपालिका क्षेत्र भित्रका मठमन्दिर एवं सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रा डा ऋषिराम पोखरेल, दामोदर खनाल, शेरलाल श्रेष्ठ, शङ्कर घिमिरेलगायतले मन्दिर परिसरमा ज्येष्ठ नागरिकका लागि सत्सङ्ग, नियमित योग अभ्यास एवं विभिन्न सामाजिक कार्य सञ्चालन गर्ने गरिएको बताउनुभयो । कार्यक्रममा नगरप्रमुख चालिसेले मन्दिर निर्माणका लागि रु ३० लाख नगद सहयोग गर्नुहुने स्थानीयवासी गोपाल श्रेष्ठलाई सम्मान गर्नुभएको थियो ।
प्रतिक्रिया