‘विचार र सिद्धान्तका आधारमा पार्टी अघि बढ्छ’

‘विचार र सिद्धान्तका आधारमा पार्टी अघि बढ्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीका अध्यक्ष कृष्णबहादुर थापाले पार्टी विचार र सिद्धान्तका आधारमा अघि बढ्ने बताउनुभएको छ । नेकपा (एमाले) पोखरा– १७ वडा कमिटी कार्यालयको आज डेमसाइडमा उद्घाटनसँगै पार्टी विस्तारित बैठकमा उहाँले पार्टी निर्माणमा एकताबद्ध भएर जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

निर्वाचित जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध पानी र माछा जस्तै हुनुपर्ने उल्लेख गर्दै उहाँले नेकपा (एमाले)ले शुरु गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को अभियानलाई जनताको घरघरमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । पार्टीका जिल्ला सचिव दामोदर बैरागीले निकट भविष्यमा हुने पार्टी महाधिवेशनसँगै मुलुकमा हुने तीनै तहका निर्वाचनका लागि तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो । नेकपा (एमाले) पोखरा महानगर कमिटी अध्यक्ष दिपक पौडेलले पार्टीको आन्तरिक जीवनलाई मजबुद बनाउन प्रत्येक कार्यकर्ता उत्पादनसँग जोडिनुपर्नेमा जोड दिनुभयो । पार्टी वडा कमिटी १७ का अध्यक्ष सुभास ढुङ्गानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि – प्रधानमन्त्री देउवासँग पूर्वकप्तान खड्काको भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले आज भेट्नुभएको छ । भेटमा प्रधानमन्त्री देउवाले दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलता नेपालीले कहिल्यै नभुल्ने र ती रोमाञ्चक जित तथा मुलुकलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा उहाँलाई धन्यवाद दिनुभएको थियो ।

खड्काले यही साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गर्नुभएको थियो । नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् भन्दै प्रधानमन्त्री देउवाले सरकारको साथ र सहयोग सधैँ रहने बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।