पाकिस्तानको कराँचीमा आ’क्रमणमा १३ जनाको मृत्यु, कैयौं घाइते

पाकिस्तानको कराँचीमा आ’क्रमणमा १३ जनाको मृत्यु, कैयौं घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाकिस्तानको कराँचीमा शनिबार भएको ग्रिनेड आ’क्रमणमा परी कुल १३ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका जियो न्युजले बताएको छ । आ’क्रमण बेलुकी ९ः३० बजेतिर बाल्डिया टाउनको मवाच गोथ क्षेत्र नजिकै भएको थियो विस्फोटन भएको ठाउँबाट भेटिएका अवशेषहरूको प्रयोग गर्दै गरेको प्रारम्भिक अनुसन्धानबाट स्थानीय प्रहरीले त्यस आ’क्रमणमा एउटा ग्रिनेड प्रयोग गरिएको बताएको छ ।

“यस आ’क्रमणको पछाडि को थियो, हामी भन्न सक्दैनौं । घटनाको प्रकृति हेर्दा पारिवारिक विवाद जस्तो देखिएको छ यसबारे थप अनुसन्धान भइरहेको छ,” स्थानीय एक प्रहरी अधिकारीले बताए । प्रहरी अतिरिक्त महानिरीक्षक इमरान याकोबले भन्नुभया, “यो आतं’कवादी हमला पनि हुन सक्छ । हामीसित यसबारे अझै कुनै ठोस प्रमाण नभेटिएको र अनुसन्धान जारी रहेकोले कुनै निष्कर्षमा पुगिहाल्नु हतार हुनेछ ।”

आ’तंकवाद वि’रोधी विभाग (सीटीडी)का वरिष्ठ अधिकारी, राजा उमर खत्ताबले प्रारम्भिक अनुसन्धानले यो ग्रेनेड आक्रमण भएको देखिएको बताउनुभयो । गाडीको कुनै भागमा ठोकिनु अघि नै ग्रिनेड वि’स्फोट भएकोजस्तो देखिएको उहाँले बताउनुभयो ।आ’क्रमणकारीहरु मोटरसाइकलमा आइ आ’क्रमण गरेको प्रारम्भिक अनुसन्धानले देखाउँछ । थप कुरा अनुसन्धानपछि मात्र भन्न सकिन्छ ।

अतिरिक्त प्रहरी डा. कारार अब्बासीले डा. रुथ फाउ सिभिल अस्पतालमा १० जनाको मृत शरिर ल्याइएको पुष्टि गर्नुभयो । उहाँका अनुसार पीडितहरूमध्ये छ जना महिला र चार जना केटाकेटी थिए । घटनामा घाइते भएका अन्य १० जनालाई उपचारका लागि अस्पताल ल्याइएको अब्बासीले बताए । सिन्धका मुख्यमन्त्री मुराद अली शाहले घाइतेहरुलाई नजिकैको अस्पतालमा पु¥याउन प्रहरी र जिल्ला प्रशासनलाई निर्देशन दिँदै घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभयो ।

यो पनि – ‘ह.तियार कब्जा तालिबान आ.क्रमणको सफलताको कडी’

संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा ता’लिबान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई ह’तियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अरबौं खर्च ग¥यो । तर अफगानी सुरक्षा बलको द्रूत पतनले वि’द्रोहीहरूको ह’तियार सङ्कलनमा सफलता मिलेपछि उनीहरूलाई थप आ’क्रामक बन्न सहयोग पुगेको छ । अमेरिकी सेनालाई हटाउने र स्थानीय सरकारलाई जिम्मेवारी छोड्ने आफ्नो निर्णयको रक्षा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले भन्नुभयो, “हामीले हाम्रा अफगान साझेदारहरूलाई ‘सबै औजारहरू’ प्रदान ग¥यौं । तर अफगान सुरक्षा फौजले त्यस ल’डाइँको लागि खासै जोड देखाएका छैनन् र हजारौंको सङ्ख्यामा सक्रिय ता’लिबानले उनीहरूलाई प्रमुख सहरहरूबाट तुरुन्तै उठाउन थालेका छन् ।”

ता’लिबान समूहले उनीहरूका सामाजिक सञ्जाल ता’लिबान ल’डाकूहरूले ह’तियारको ठूलो पैमाना जफत गरेको भिडियोले भरिएका छन् । यो अधिकांश ह’तियार पश्चिमी शक्तिहरूले प्रदान गरेको हो । उत्तरी शहर कुन्दुजमा आ’त्मसमर्पण गरिरहेका अफगान सिपाहीहरू रहेको एक दृष्यचित्रमा शक्तिशाली ह’तियारले भरिएको र वि’द्रोहीले हातमा ब’न्दुक समाएर उभिएको देखाइएको छ ।

पश्चिमी शहर फराहमा, ल’डाकुहरूले चीलले सर्पलाई आ’क्रमण गर्दै गरेको तस्वीर रहेको गा’डीमा गस्ती गरिरहेको पाइन्छ । यो अफगानिस्तानको गुप्तचर सेवाको आधिकारिक सङ्केत हो । यसले के बताउँछ भने वि’द्रोहीहरूले सरकारी सुरक्षा बलसँगबाट सबै प्रकारका ह’तियार तथा बन्दोबस्तीका सामानहरू कब्जा गरेका छन् ।

हतियार खोजी समूह, ‘कन्फ्लिक्ट आर्मामेन्ट रिसर्च’का जस्टिन फ्लिश्नरले एएफपीसँग भन्नुभयो, “अमेरिकी सेनाले ‘अत्याधुनिक’ उपकरणहरू आफूसँगै लगेपनि तालिबानको आक्रमणले उक्त समूहलाई ‘बन्दोबस्तीका गाडी, बख्तरबन्द गाडी, मध्यम खालका हातहतियार र हल्का हतियारका साथसाथै गोला बारूद’ दिएको छ । विशेषज्ञहरूको भनाइअनुसार ता’लिवानका क्षेत्रीय सहयोगी समूहहरूको अज्ञात समर्थनले ता’लिबानलाई ठूलो बल मिलेको छ ।

‘एस राजारतनाम स्कूल अफ इन्टरनेशनल स्टडीज’ का वरिष्ठ अधिकारी राफाएलो पन्टुचीका अनुसार यी ह’तियारहरूले काबुलमा तालिबानको आ’क्रमणलाई मात्र होइन यसले तालिवान ल’डाकूद्वारा कब्जा गरिएका शहरहरूमा उसको अवस्थालाई सुदृढ पार्नेछ । अमेरिकी फौज सबै गइसकेपछि अहिले तालिबानले एक पैसा पनि खर्च नगरीकन अमेरिकाले अफगानिस्तानमा आपूर्ति गरेका औजारहरूलाई जम्मा गर्न सफल भएका छन् । “यो एकदमै गम्भीर कुरा हो । उहाँले भन्नुभयो, “यो लालिवान ल’डाकू समूहका लागि ‘सफलताको कसी’ हुनेछ । यसको असर कतिपय प्रान्तिय सहर कब्जा गर्ने बेला देखिइसकेको छ ।

अमेरिकी सेना उसको फिर्ता समय सीमाभन्दा अगाडि नै स्वदेश फर्किने तयारी भइरहँदा सन् २००१ मा भएको आ’तङ्ककारी ह’मलापछि अल कायदासँग सम्बन्ध कायम राख्ने अफगानी वि’द्रोहीहरू पनि अमेरिकाले अफगान सरकारलाई उपहार दिएका ह’तियारसाथ परेड खेल्नु र शहरहरूबाट सरकारी सेनाको बहिर्गमन (पतन) हुनु यहाँको सबैभन्दा ख’तरनाक परिदृश्य भएको सन् २००१ मा तालिबानलाई विस्थापित गर्न अमेरिकी विशेष फौजको नेतृत्व गर्ने जेसन अमेरीनले एएफपीलाई बताउनुभयो ।

अफगान राष्ट्रिय सेनालाई संकेत गर्दै उहाँले भन्नुभयो, “अमेरिकाले ह’तियार र सैनिक बन्दोबस्तीका सामान तालिबानको हातमा पर्न सक्छ भन्ने अनुमानका साथ एएनएलाई सुसज्जित गरेको थियो । “हालको सं’कट खरिद निर्णय गर्दा विचार गरिएको सबैभन्दा खराब परिस्थिति हो ।” तालिवानले आफ्नो सफलतालाई अफबाहको रूपमा फैलाउन सफल भएका छन् । यसले अफगानी सेना तथा अधिकारीलाई मनोवैज्ञानिक असर परेको छ । कुन्दुज विमानस्थलमा रातो मोटरसाइकलमा रहेका ता’लिबान ल’डाकू शीरदेखि पैतालासम्म वि’द्रोही पोशाकमा सजिएका र विमानस्थलमा रहेको सैनिक हेलिकोप्टरलाई हेरिरहेको देखिन्थ्यो । हेलिकोप्टर उनीहरूको नियन्त्रणमा थियो । यो वि’द्रोही इलाकाभरि झल्किएको हर्षको चित्र हो ।

विमानले कम्तीमा पनि विमानचालक विना यु’द्धभूमिमा कुनै असर पार्ने छैन । सीआईए आ’तंकवाद विरोधी विश्लेषक अकी पेरिट्जले एएफपीसँग भन्नुभयो, “तिनीहरू अफवाहको उद्देश्यका लागि मात्र हुनेछन् ।” योभन्दा बढी उपयोगी भनेको देशको दुर्गम भू–भागमा मार्ग–निर्देशन गर्न प्रयोग गरिने हल्का हातह’तियार तथा गाडीहरू हुनेछन् ।

सेनाको मनोबल घट्दै गएसँगै तिनीहरूले पश्चिमी समर्थित सरकारलाई ता’लिबानले निम्त्याउने ख’तरालाई बढावा दिनेछन् । सं’कट बढ्दै जाँदा, बाइडेनको प्रशासनले अझै पनि पराजित हुनै लागेको अफगान सेनालाई सुसज्जित गर्ने बताएको छ ।

मध्यपूर्वका अवलोकनकर्ताहरूले यो ह’तियार हस्तान्तरण भएको पहिला नै देखेका छन् । अमेरिकी इराकबाट हटेपछि सन् २०१४ को मध्यतिर इस्लामिक स्टेट (आइएस) समूहले इराकी शहर मोसुललाई कब्जामा लिएको थियो र यस क्रममा उसले अमेरिकाद्वारा आपूर्ति गरिएका ब’न्दूक तथा बख्तरबन्द गाडी पनि कब्जामा लिएको थियो, जसलाई जिहादी मुसलमानहरूले इराकदेखि सिरियासम्म इस्लामिक क्षेत्र घोषणा गर्नका लागि प्रयोग गरेका थिए । पेरिट्जले यो अहिले एउटा बाटोको रूपमा परिणत बनेको बताउँदै अफगानिस्तानमा तालिवानको विजय यस क्षेत्रको शान्तिका लागि मुख्य चुनौति भइरहने बताउनुभयो ।