दुम्सीचौरमा तीन लाख ६० हजारको लागतमा दुम्सीको मूर्ति निर्माण

दुम्सीचौरमा तीन लाख ६० हजारको लागतमा दुम्सीको मूर्ति निर्माण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

व्यास नगरपालिका–१० स्थित दुम्सीचौरमा दुम्सीको मूर्ति निर्माण गरिएको छ । वडा नं १० कार्यालयको रु तीन लाख र रु ६० हजारको श्रमदान गरी कूल रु तीन लाख ६० हजारको लागतमा दुम्सीको मूर्ति निर्माण गरिएको हो । वडाभित्र रहेका ऐतिहासिकस्थलको नाम नमेटिने गरी पहिलो चरणमा दुम्सीको मूर्ति र परेवाको मूर्ति निर्माण कार्य सम्पन्न गरिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो ।

“दुम्सीको माउ र बच्चा गरी दुई वटा मूर्ति निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “पार्कमा विद्युत् जडान, दुबो र टायल विच्छाउने कार्य भैरहेको छ ।” दुम्सीको मूर्ति निर्माणसँगै त्यहाँ सेल्फी र टिक्टक् बनाउने सर्वसाधारणको भीड लाग्ने गरेको छ । त्यसैगरी वडाले अघिल्लो वर्ष परेवा डाँडामा परेवाको मूर्ति निर्माण गरी सकेको छ । वडामा रहेका ऐतिहासिक र सांस्कृतिक स्थलको संरक्षण एवं सम्वद्र्धन गर्दै पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न लागिएको वडाध्यक्ष सापकोटाको भनाइ छ ।

सात फिट अग्लो परेवाको मूर्ति निर्माणका लागि रु तीन लाख खर्च भएको छ । उहाँका अनुसार परेवाको मूर्ति निर्माणका लागि वडा कार्यालयबाट रु एक लाख ५० हजार र पिजनहिल रेष्टुरेण्ट एण्ड फन पार्कका सञ्चालक विवेक सापकोटाले रु एक लाख ५० हजार सहयोग गरेको छ । परेवाको मूर्ति निर्माण गरेपछि सोही स्थान नजिकै होटल व्यवसायी सापकोटाले रेष्टुरेण्ट एण्ड फन पार्क सञ्चालन गरेपछि आफ्नो रेष्टुरेण्टमा पनि पर्यटकको आगमनमा वृद्वि हुन सक्ने उद्देश्यले सहयोग गर्नुभएको बताइएको छ ।

कुमालटारीमा कुमालले माटोको आरी निर्माण गर्दै गरेको र माझीले मादी नदी तार्दै गरेको मूर्ति निर्माणका लागि पनि उचित स्थान खोजी भइरहेको वडाध्यक्ष सापकोटाले बताउनुभयो । उक्त वडामा कुमाल, बोटे र दरै जातिको बाहुल्यता रहेको छ । वडाभित्रका ऐतिहासिक, धार्मिक र सांस्कृतिक क्षेत्रको पहिचान गरी संरक्षण गर्न प्राथमिकतामा राखेर काम गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताउनुभयो ।

यो पनि -नेप्से ओरालो, कारोबारमा कीर्तिमान

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटे पनि कारोबार रकममा भने नयाँ कीर्तिमान कायम भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २४.५७ अङ्कले घटेर तीन हजार १५४.३३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९० बिन्दुले घटेर ५८९.२८ मा पुगेको छ । कूल २२२ कम्पनीको तीन करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर रु २१ अर्ब ६४ करोड ७६ लाख ६५५ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ । उत्पादन १६०.२३, लघुवित्त ११५.१२ र लगानी ०.६६ बिन्दुले उकालो लागेको छ । यस्तै, बैंकिङ ७.१५, व्यापार ३६.५, होटल तथा पर्यटन ६६.०४, विकास बैंक १६०.१३, जलविद्युत् १५७.४१, वित्त ८७.०५, निर्जीवन बीमा २२४.६२, अन्य ४०.१४, जीवन बीमा १९१.१२ र सामुूहिक लगानी कोष ०.१३ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा आज नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु एक अर्ब पाँच करोड ४६ लाख ७८ हजार ८१५ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु ७९ करोड २५ लाख ४२ हजार ८३१, अपि पावर कम्पनी रु ७० करोड २७ लाख १८ हजार ६८५, रिडी हाइड्रोपावर रु ५९ करोड ४७ लाख ४५ हजार ५९९ र अरुण भ्याली हाइड्रोपावर रु ५७ करोड ६० लाख ६७ हजार ४०३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

तीन कम्पनीको शेयरमा सर्किट

नेप्से ओरालो लागे पनि आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । खानीखोला हाइड्रोपावर,जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्सको शेयरमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लागेको छ । यस्तै आइसिएफसी फाइनान्स ९.५६ र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका शेयरधनीले ८.९७ प्रतिशतले कमाएका छन् ।

यसैगरी, एनआइबिएल प्रगति फण्ड ८.५४, रिडी हाइड्रोपावर ८.५२, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी ७.८८, रसुवागढी हाइड्रोपावर ६.३४ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका लगानीकर्ताले ६.०७ प्रतिशतले गुमाए । साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब छ अर्ब सात करोड ९८ लाख ३१ हजार ८३१ बराबर पुगेको छ ।