छ वर्षपछि इलाका प्रशासनबाट नागरिकता दिन सुरु, पहिलो दिन सात जनाले सेवा लिए

छ वर्षपछि इलाका प्रशासनबाट नागरिकता दिन सुरु, पहिलो दिन सात जनाले सेवा लिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्लाको दक्षिण भेगका चारवटा गाउँपालिकाका नागरिकलाई सेवा दिने हेतुले स्थानपना भएको इलाका प्रशासन कार्यालय सर्केगाडले छ वर्षपछि आइतबारदेखि सेवा दिन सुरु गरेको छ । सर्केगाड, चङ्खेली, अदानचुली र ताँजकोट गाउँपालिकाका नागरिकलाई नागरिकतालगायत अन्य सिफारिसका लागि तीनदेखि चार दिनको पैदल हिँडेर सिमकोट पुग्नुपर्ने बाध्यता हटोस् भन्ने उद्देश्यले इलाका प्रशासन कार्यालय स्थापना भएपछि आइतबारदेखि यहाँका नागरिकले नागरिकता पाएका छन् ।

सर्केगाड गाउँपालिकामा विसं २०७३ असार ३० गते स्थापना भएको इलाका प्रशासन कार्यालय छ वर्षपछि आधिकारिकरूपमा कार्य सञ्चालन सुरु भएको हो । चारवटा गाउँपालिकाका नागरिकलाई प्रशासनिक सेवासुविधा सहजरूपमा प्रदान होस् भन्ने उद्देश्यले गृहमन्त्रालयको निर्णयानुसार निजामती सेवा ऐन, २०४९ को दफा १३ बमोजिम कार्यालय प्रमुख उपस्थित नभएसम्मका लागि छ महिनाको कामु शाखा अधिकृतको जिम्मा नायब सुुब्बा भीमबहादुर रोकायालाई दिइएकोे छ । नागरिकता र अन्य सिफारिस लिनका लागि तीनदेखि चार दिनको पैदल हिँडेर सदरमुकाम सिमकोटमा जानुपर्ने बाध्यता भएको भए पनि आइतबार सर्केगाडमै नागरिकता पाउँदा खुशी भएको चङ्खेली गाउँपालिका–४ निवासी मनिषा रावलले बताउनुभयो ।

कामु शाखा अधिकृत रोकायाले आइतबार पद सम्हालेपछि पहिलो दिन पाँच जनालाई नयाँ र दुई जनालाई प्रतिलिपि गरी सात जना सेवाग्राहीलाई सेवा दिइएको बताउनुभयो । स्थानीय जनतालाई घरदैलोमै छिटोछरितो र पारदर्शी ढङ्गमा प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्लाको मध्यवर्ती क्षेत्रमा इलाका प्रशासन स्थापना भएको कामु शाखा अधिकृत रोकायाले बताउनुभयो । अबदेखि नागरिकता, सिफारिस, राहदानीका साथै अन्य सिफारिसका लागि इलाका प्रशासन कार्यालयमा सेवा लिन पाउने भएको रोकायाले बताउनुभयो ।

यो पनि -सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासनको आलोपालो सेवा प्रणाली

वाग्मती, ३२ साउन । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रवाह गर्दै आएको अत्यावश्यकबाहेक विभिन्न सेवालाई आलोपालोको व्यवस्था लागू गरेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न फरक फरक मितिअनुसार सेवा प्रवाह गरी समय निर्धारण गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।

नागरिकताको प्रतिलिपि र राहदानीका लागि आगामी भदौ ४ गते शुक्रबारसम्म समयसीमा तोकिएको छ भने नयाँ नागरिकताका लागि भदौ ७ गते सोमबारदेखि भदौ १२ गते शुक्रबारसम्म तोकिएको छ । शान्ति सुरक्षा, मुद्दा, विपद् व्यवस्थापनलगायतका अत्यावश्यक सेवा भने निरन्तर रहने जनाइएको छ । यसैबीच बढी भीडभाड हुने हेटौँडास्थित मालपोत कार्यालय र नापी कार्यालयका सेवा एक साताका लागि बन्द गरिएको प्रजिअ पाण्डेले बताउनुभयो । मकवानपुरमा कोभिड सङ्क्रमण बढ्दै गएपछि निषेधाज्ञामा कडाइ गर्न थालिएको छ ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णयानुसार जारी निषेधाज्ञामा थप कडाइ गर्न थालिएको हो । मकवानपुरमा अब खाद्यान्न व्यवसाय बिहान १० बजेसम्म सञ्चालन हुनेछन् भने अन्य व्यवसाय १० बजेदेखि ५ बजेसम्म सञ्चालन गरिने प्रजिअ पाण्डेले बताउनुभयो । यसअघि बजार खुल्ने समय खाद्यान्न १० बजेसम्म र अन्य १२ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको थियो ।

बैठकले बैंक तथा वित्तीय संस्था हरेक दिन १० बजेदेखि २ बजेसम्म खुला रहने निर्णय गरेको छ । त्यसैगरी मकवानपुरमा मास्क अभियानलाई सशक्तरूपमा लैजाने निर्णय भएको छ । मास्क नलगाउनेलाई जरिवानासमेत लिइने छ । जारी निषेधाज्ञा आगामी भदौ १० गतेसम्म थप गरिएको छ । समय सीमालाई बेवास्ता गरी व्यवसाय गरिएको पाइएमा कडाभन्दा कडा कारवाही गरिने जनाइएको छ । रासस

यो पनि -सिन्धुपाल्चोक विपद्  अल्पकालीन र दीर्घकालीन समाधानको खोजी हुँदै

काठमाडौँ, ३१ साउन । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बु क्षेत्रमा आएको मनसुनजन्य विपद् (बाढी) को अध्ययन गरी अल्पकालीन र दीर्घकालीन समाधानको खोजी शुरु भएको छ । मेलम्चीमा आएको अकल्पनीय बाढीका कारण ठूलो जनधनको क्षति भएको र नसोचेको गेग्रान थुपारिएको सन्दर्भमा विज्ञ टोलीबाट स्थलगत अध्यन गरी दीर्घकालीन समाधानको प्रयास थालिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बाढीपछिको एक महिनाको अन्तरालमा दुई पटकस्थलगत रुपमा अध्ययन गरी फर्किएको विज्ञ टोली बाढी आउनुको चुरो कुरो खोतल्न लागि परेको छ । पछिल्लो पटक मुहान क्षेत्रमै पुगेर फर्किएको टोलीले जोखिम कायमै रहेकाले त्यसको व्यवस्थापन पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिएको छ । अझै यसको यकिन कारण सार्वजनिक हुन सकेको छैन । विज्ञहरुले भने जलवायु परिवर्तनका साथै अत्याधिक वर्षातले पहिरो खसेर बनेको ड्याम फुट्दा र त्यसले दुई किनारा काट्दै जाँदा अकल्पनीय घटना हुन पुगेको अनुमान गरेको छ ।

मेलम्ची क्षेत्रका भूगोलको २० वर्षदेखि अध्ययन गर्दै आउनुभएका त्रिभुवन विश्वविद्यालयका विज्ञ प्राडा रञ्जनकुमार दाहालले वर्षापछि सानो समय मै बनेको ड्याम फुटेर बाढीको रुप लिँदा ठूलो क्षति बेहोर्नुपरेको निष्कर्ष सुनाउनुभयो । “हिउँ परेको ठाउँमा पानी परेको छ, यो एकदम चुनौतीको विषय हो, त्यसलाई पाठ सिकेर सावधानी अपनाउनुपर्ने देखिन्छ, डा दाहालाले भन्नुभयो, “अब जलवायु परिवर्तनलाई विपद्सँग जोड्र हेर्नुपर्छ ।” उहाँले ठूलो क्षेत्रमा गेग्य्रान भरिएकाले वर्षा हुने वित्तिकै बगेर आउने जोखिम रहेकाले मेलम्चीको समस्या ट¥यो भनेर नलिइ सुरक्षाका लागि नयाँ कार्यक्रम बनाउनुपर्छ भन्नुभयो ।

कस्तो कार्यक्रम ल्याउँदा ठिक हुन्छ भन्ने सन्दर्भमा सुझाव प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “नक्साङ्कन र तथ्याङ्कको आधारमा विश्लेषण गर्नुपर्छ, माथिल्लो क्षेत्रमा युरोपियन मुलुकमा प्रयोग गरे जस्ता ठूलाठूला ड्याम बनाउन सकिन्छ, त्यो महँगो हुनसक्छ, यहाँ तार जालीमार्फत नदीको दुई किनार बान्न सकिन्छ, त्यसले नदीको फ्लो अड्काउँदै जान्छ र पानी छानेर साङ्लो बनाएर पठाउन मद्दत गर्छ ।” उहाँले त्यसका लागि भौगोलिक अवस्थाको अध्ययन गर्नुपर्ने र कहाँकहाँ के गर्ने भनेर वैज्ञानिक र इञ्जिनीयर बसेर योजना बनाउनुपर्ने सुझाव दिनुभयो ।

स्थलगत अध्ययन गरेर फर्कनुभएका भूगर्भविद् शिवकुमार बाँसकोटाले असार १ गते भीमाथानभन्दा तल नै थोरै ठाउँमा पानी परेको वा हिमताल फुटेर बाढी आएको हुनसक्ने तर पछिल्लो बाढीपछिको स्याटलाइट तस्वीर हेर्दा भने माथिल्लो क्षेत्रबाटै बाढी आएको अनुमान गर्न सकिने बताउनुभयो । उहाँले अझै विस्तृत अध्ययन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार अहिलेको अध्ययनको आधारमा अझै विज्ञसँग छलफल गरी जोखिम रोक्ने काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यसपटक भने समस्याको पहिचान गरी समाधानका उपायको खोजी गर्न श्रोत मै पुगेर चार दिन अध्ययन गरिएको बताउनुभयो । अध्ययनका क्रममा विज्ञान, प्रविधि, स्थानीय श्रोत साधनको समेत उपयोग गरिएको छ । उहाँले यसको दीर्घकालिन समाधानका लागि हिमालयन पर्वत शृङ्खलालाई भुल्न नहुनेमा जोड दिनुभयो । हिमालका ती पहाड चलायमान पहाडको रुपमा बुझ्नुपर्ने उहाँको ठम्याई छ । “जिउँदो घोडामा हामी बसिरहेका छौँ भनेर बुझ्नुपर्ने हुन्छ, यो घोडा उठेर दौडिन्छ की भन्ने लागिरहेको छ, त्यसैले जलवायु परिवर्तनको असरले हो की भन्ने महसुस गराएको छ”, पोखरेलले भन्नुभयो ।

उहाँले गएको १५० वर्षमा यति ठूलो घटना नेपालीले नभोगेको दाबी गर्दै भेमाथानमा गेग्रान भरिएर एउटा विमानस्थल जत्रै बनेको र त्यहाँ मात्रै १५ लाख ट्रक गेग्रान रहेको जानकारी दिनुभयो । “त्यसको माथि पनि त्यति नै मात्रामा छ, त्यसको छेउछाउमा त्योभन्दा बढी गेग्रान थुप्रेको छ , समग्रमा ६० लाख ट्रकभन्दा बढी गेग्रान रहेको अनुमान टोलीले गरेको छ”, उहाँले भन्नुभयो ।

केही दिनअघि प्रधानमन्त्री अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले विश्वव्यापी ज्ञान लिएर यस्ता क्षेत्रको विस्तृत अध्ययन गर्ने निर्णय गरिसकेको छ । सोही अनुसार अहिले विज्ञ टोली परिचालन गरेर त्यहाँको बाढी पहिरोको अध्ययन भइरहेको छ । चीन र भारतमा पनि यस्तै घटनालाई कसरी निराकरण भएको छ भनेर अनुभव साट्ने योजना समेत बनाइएको र त्यहाँका विज्ञसँग छलफल गर्ने पोखरेलले जानकारी दिनुभयो ।

ठूला बाँध लगाएर रोक्न सकिन्छ की वा अरु नै कुनै उपायबाट समस्या समाधान गर्न सकिन्छ भनेर अध्ययन थालिएको र वर्षा सकिएपछि नै काम थाल्ने तयारी छ । अहिले तत्काल अल्पकालीन रुपमा सम्पर्क विच्छेदलाई जोड्ने, राहत उद्धार र उचित वासस्थानको व्यवस्थापन गर्न र दीर्घकालीन रुपमा खोलाको व्यवस्थापन, पूर्वसूचना प्रणाली बनाउँदै अन्य क्षेत्रमा आएको विपद्का लागि एउटा उदाहरण बनोस् भनेर लागि परेको प्राधिकरणले जनाएको छ ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बेलैमा संरक्षण नगरे त्यसले अझै ठूलो क्षति ल्याउने बताउनुभयो । मेलम्ची क्षेत्रको खानेपानीको संरक्षणका लागि तलैदेखि परियोजना लागू गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “पहिरो रोक्नै नसक्ने भन्ने चाहिँ छैन, राज्य गम्भीर रुपमा लाग्नुपर्छ, हेलम्बुवासी अफ्ठ्यारो स्थितिमा रहेको छ, उनीहरुलाई विपद् पर्दा आफ्नो समस्या हो भनेर काठमाडौँवासीले सोच्नुप¥यो, शुरुमा बस्ती व्यवस्थापन र सडक निर्माण छँदैछ, त्यसका साथै माथिबाट बग्ने प्रक्रिया रोक्नुपर्छ ।”

प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले अध्ययन टोलीले प्रारम्भिक चरणमा जोखिम न्यूनीकरणको उपाय खोजी गर्ने कुरालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो । यसपटकको स्थलगत अध्ययन टोलीमा भूगर्भविद् शिवकुमार बाँस्कोटा र गौतमप्रसाद खनाल, ड्रोन सर्भे समूहमा विकास भुसााल, गोकुल भण्डारी र नीरज भट्ट, स्थानीय पथप्रर्दशकमा सोनाम शेर्पा सहभागी हुनुहुन्थ्यो । यसअघि भने इञ्जिनीयरसहिको टोलीले पहिलो चरणमा अध्ययन गरिसकेको छ ।