मन्त्रिपरिषद् बैठक ः अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गरिने

मन्त्रिपरिषद् बैठक ः अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आज बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल उद्धारका लागि समन्वयात्मकरुपमा काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यस्तै भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका सम्बोधन हुन बाँकी रहेका समस्या समाधान गर्न माग गर्दै बेलायतको लन्डनमा जारी आमरण अनशनप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको प्रवक्ता कार्कीले बताउनुभयो । “यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको छ”, बैठकपछि मन्त्रिपरिषद्को निर्णयबारे उहाँले भन्नुभयो । सरकारले सोसम्बन्धी कूटनीतिक प्रक्रियासमेत अगाडि बढाइसकेका सन्दर्भमा आमरण अनशनलगायतका विरोध कार्यक्रम फिर्ता लिनका लागि भूतपूर्व ब्रिटिस गोर्खा सैनिक सम्बद्ध सबैलाई आह्वान गरेको छ ।

यो पनि – अफगानिस्तानमा रहेका नेपालीको अभिभावकत्व सरकारले लिने छ ः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अफगानिस्तानमा सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय गर्ने र अभिभावकत्व लिने जानकारीदिनुभएको छ । उहाँले आज बिहान ट्वीट गर्दै सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निर्वाह गर्ने दृढता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले अफगानिस्तानमा रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यकावस्थामा उद्धार प्रबन्ध मिलाउन आइतबार नै निर्देशन दिइएको पनि बताउनुभएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति कार्यालय बिद्रोही तालिवानीले कब्जा गरेपछि त्यहाँँ रहेका विदेशी धमाधम स्वदेश फर्किन थालेका छन् भने अप्ठ्यारामा परेका आफ्ना नागरिकलाई विभिन्न देशले उद्धार गरी स्वदेश फर्काइरहेका छन् ।

यो पनि -ता.लिबानले राजधानी काबुल क.ब्जा गरेसंगै पुरा देश आफ्नो नियन्त्रणमा लिएको छ, काबुलको राष्ट्रपति भवनमा पुगेका ता.लिबानी नेताहरु मिडियासंग बोल्दै (भिडियो)

एजेन्सी  । ता.लिवानले काबुलस्थित राष्ट्रपति भवन आइतबार राति नि.यन्त्रणमा लिएको छ । राजधानी काबुल समेत आफ्नो नि.यन्त्रणमा लिएसंगै पुन: २० वर्षपछी ता.लिबान अफगानिस्तानको सत्तामा आएको छ । ता.लिवानका नेताहरू राष्ट्रपति भवनमा बसेर विभिन्न मिडियाहरूलाई अन्तरवार्ता दिइरहेका छन् । राष्ट्रपति अशरफ गानी देश छाडेर गएसंगै ता.लिवानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै अफगानिस्तानमा यु.द्ध सकिएको बताएका छन् ।

राष्ट्रपति अशरफ गनी उज्बेकिस्तानतर्फ गएपछि उनले वि.द्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आ.त्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनैको भएको बताएका छन्। यस अघि ता.लिवानले राजधानी काबुल घेरेपछि गृहमन्त्रीले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न तयार रहेको जनाएका थिए ।

यसबीच देशमा शान्ति बहाली गर्न एक समन्वय परिषद् बनाइएको छ । पूर्व राष्ट्रपति हामिद कारजईले यसको अगुवाइ गर्नेछन् । यसमा अब्दुल्ला अब्दुल्ला र जिहादी नेता गुलबुद्दीन हिकमतयार पनि रहनेछन् । ता.लिवानले राष्ट्रपति भवनबाट इ.स्लामिक इमिरेट्स अफ अफगानिस्तान घोषणा गर्ने तयारी गरेको अन्तरास्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

रास्ट्रपति भवनमा ता.लिवानी नेताहरु मिडियासंग बोल्दै

त्यस्तै राष्ट्रपति अशरफ गानीले देश छाड्दै गरेको भिडियो समेत सामाजिक संजालमा सार्वजनिक भएको छ । उक्त भिडियामा उनी जहाजमार्फत देश छोडेको  देखिन्छन् । उनले जहाज चढिसकेपछि अन्तिम पटक विदाइको हात हल्लाएका छन् । उनले अफगानिस्तानको प्राईभेट विमान कम्पनी काम एयरलाईन्सबाट देश छोड्दै गर्दा केही मानिसहरु सुक्क सुक्क रोएको समेत भिडियोमा सुन्न सकिन्छ ।

तस्विरहरु :