झोलुुङ्गे पुल बगाएपछि काठे पुल तर्नुपर्ने बाध्यता

झोलुुङ्गे पुल बगाएपछि काठे पुल तर्नुपर्ने बाध्यता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटबाडा र वडा नं ५ को माल्कोट जोड्ने रहगाडको झोलङ्गे पुल बाढीले बगाएपछि काठे पुल तर्न स्थानीयवासी बाध्य छन् । गतवर्ष आएको बाढीले उक्त स्थानको झोलुुङ्गे पुल बगाएको थियो । पुल पुनः निर्माणमा कसैले ध्यान नदिँदा खोला तर्न काठे पुल हालिएकामा त्यो पनि जीर्ण भएको भएको वडा नं ८ का महेश विष्टले बताउनुभयो ।

“नयाँ पुल बनाउनका लागि गाउँपालिकासँग माग गरेका छौँ ।” सोही स्थान निवासी रुप विष्टले भन्नुभयो,“गाउँपालिकाको आधा जनसङ्ख्या वारपार गर्ने पुल नहुँदा जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यता छ ।” गाउँपालिकालगायत सरोकारवाला निकायसँग पुल निर्माणका लागि लामो समयदेखि माग गरिएकामा कसैले पनि चासो नदिएको वडा नं ६ का रण विकले जानकारी दिनुभयो । “झोलुङ्गे पुल निर्माणका लागि हामीले पहल गरेकामा एउटा संस्थामार्फत गरिने भएको छ ।” गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले भन्नुभयो, “प्राविधिक कारणले निर्माणमा केही ढिला भएकामा चाँडै बनाउन ताकेता गरेका छौँ ।”

यो पनि – बाढीले जोखिममा परेको झोलुङ्गे पुलको संरक्षण गरिँदै

गत असार १ र साउन मध्यतिर मेलम्ची खोलामा आएको भीषण बाढीका कारण क्षति पुगेका भौतिक संरचना संरक्षण तथा पुनःनिर्माण अघि बढ्ने क्रममा रहेका छन् । यसै क्रममा हेलम्बु गाउँपालिका–४ र मेलम्ची नगरपालिका– ७ जोड्ने झोलुङ्गे पुलको संरक्षण कार्य अघि बढेको छ । गत असार १ गतेकै बाढीले क्षति पु¥याएको उक्त झोलुङ्गे पुलको संरक्षणका लागि हेलम्बु–४ बाट रकम निकासा गरिने वडाध्यक्ष राजकुमार लामिछानेले बताउनुभयो ।

तत्कालका लागि प्राविधिक टोलीसहित पुलको अवस्था निरीक्षण गरी १७ थान जाली उपलब्ध गराइएको र कामदार खटाइसकेको लामिछानेले जानकारी दिनुभयो । पानीको बहाव बढ्ने र घट्ने भइरहेकाले तत्काललाई सिमेन्टको प्रयोग गर्न नसकिने भएकाले जाली भर्ने कार्य भइरहेको र कार्य सम्पन्न भएपछि वडाले लागत रकम निकासा गर्ने उहाँले बताउनुभयो ।

उक्त झोलुङ्ग पुल भएर हेलम्बुका वडा नं ४ सहित वडा नं ३ तथा मेलम्चीका वडा नं ६ र ७ का बासिन्दा दैनिक आवतजावत गर्ने गर्दछन् । यसै क्रममा मेलम्ची–६ मा रहेको तेर्से माविले पुल संरक्षणका लागि चार बोरा सिमेन्ट सहयोग गरेको छ ।

हेलम्बु–३ र मेलम्ची–७ बाट आफ्ना विद्यार्थी सोही पुल भएर विद्यालय आउने भएकाले स्वयम् बाढीबाट क्षति व्यहोरेकाले आफ्ना तर्फबाट तत्काललाई सिमेन्ट सहयोग गरेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद ढुङ्गानाले बताउनुभयो । मेलम्ची–११ फट्टेमा रहेको पक्की पुल बाढीले बगाएको र झोलुङ्गे पुलबाट पनि दुई पाङ्ग्रे सवारीलाई रोक लगाइएपछि पनि सवारीसाधन आवतजावत गर्न थालेपछि जोखिम बढेकोमा चिन्तित रहेको र अहिले यसको संरक्षणकार्य अघि बढेकाले ढुक्क हुने अवस्था बनेको मेलम्ची–७ का बासिन्दा चक्रबहादुर तामाङले बताउनुभयो ।

यो पनि -अझै तीन दिन मनसुन सक्रिय हुने

अझै तीन दिन देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालकोे तराई– भूभाग नजिकै रहेकाले अझै तीन दिन मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीले बताउनुभयो । “आगामी तीन दिन प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ”, उहाँले भन्नुभयो । यस अवधिमा दिउँसो भन्दा रातको समय वर्षा लामो समय हुने बताइएको छ । विभागले प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्््न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं. दुई, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको औँल्याइएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाको साथै प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्ननसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

यो पनि – मन्त्रिपरिषद् बैठक ः अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गरिने

सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आज बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल उद्धारका लागि समन्वयात्मकरुपमा काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यस्तै भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका सम्बोधन हुन बाँकी रहेका समस्या समाधान गर्न माग गर्दै बेलायतको लन्डनमा जारी आमरण अनशनप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको प्रवक्ता कार्कीले बताउनुभयो । “यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको छ”, बैठकपछि मन्त्रिपरिषद्को निर्णयबारे उहाँले भन्नुभयो । सरकारले सोसम्बन्धी कूटनीतिक प्रक्रियासमेत अगाडि बढाइसकेका सन्दर्भमा आमरण अनशनलगायतका विरोध कार्यक्रम फिर्ता लिनका लागि भूतपूर्व ब्रिटिस गोर्खा सैनिक सम्बद्ध सबैलाई आह्वान गरेको छ ।

यो पनि – अफगानिस्तानमा रहेका नेपालीको अभिभावकत्व सरकारले लिने छ ः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अफगानिस्तानमा सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय गर्ने र अभिभावकत्व लिने जानकारीदिनुभएको छ । उहाँले आज बिहान ट्वीट गर्दै सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निर्वाह गर्ने दृढता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले अफगानिस्तानमा रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यकावस्थामा उद्धार प्रबन्ध मिलाउन आइतबार नै निर्देशन दिइएको पनि बताउनुभएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति कार्यालय बिद्रोही तालिवानीले कब्जा गरेपछि त्यहाँँ रहेका विदेशी धमाधम स्वदेश फर्किन थालेका छन् भने अप्ठ्यारामा परेका आफ्ना नागरिकलाई विभिन्न देशले उद्धार गरी स्वदेश फर्काइरहेका छन् ।

यो पनि -ता.लिबानले राजधानी काबुल क.ब्जा गरेसंगै पुरा देश आफ्नो नियन्त्रणमा लिएको छ, काबुलको राष्ट्रपति भवनमा पुगेका ता.लिबानी नेताहरु मिडियासंग बोल्दै (भिडियो)

एजेन्सी  । ता.लिवानले काबुलस्थित राष्ट्रपति भवन आइतबार राति नि.यन्त्रणमा लिएको छ । राजधानी काबुल समेत आफ्नो नि.यन्त्रणमा लिएसंगै पुन: २० वर्षपछी ता.लिबान अफगानिस्तानको सत्तामा आएको छ । ता.लिवानका नेताहरू राष्ट्रपति भवनमा बसेर विभिन्न मिडियाहरूलाई अन्तरवार्ता दिइरहेका छन् । राष्ट्रपति अशरफ गानी देश छाडेर गएसंगै ता.लिवानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै अफगानिस्तानमा यु.द्ध सकिएको बताएका छन् ।

राष्ट्रपति अशरफ गनी उज्बेकिस्तानतर्फ गएपछि उनले वि.द्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आ.त्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनैको भएको बताएका छन्। यस अघि ता.लिवानले राजधानी काबुल घेरेपछि गृहमन्त्रीले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न तयार रहेको जनाएका थिए ।

यसबीच देशमा शान्ति बहाली गर्न एक समन्वय परिषद् बनाइएको छ । पूर्व राष्ट्रपति हामिद कारजईले यसको अगुवाइ गर्नेछन् । यसमा अब्दुल्ला अब्दुल्ला र जिहादी नेता गुलबुद्दीन हिकमतयार पनि रहनेछन् । ता.लिवानले राष्ट्रपति भवनबाट इ.स्लामिक इमिरेट्स अफ अफगानिस्तान घोषणा गर्ने तयारी गरेको अन्तरास्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

रास्ट्रपति भवनमा ता.लिवानी नेताहरु मिडियासंग बोल्दै

त्यस्तै राष्ट्रपति अशरफ गानीले देश छाड्दै गरेको भिडियो समेत सामाजिक संजालमा सार्वजनिक भएको छ । उक्त भिडियामा उनी जहाजमार्फत देश छोडेको  देखिन्छन् । उनले जहाज चढिसकेपछि अन्तिम पटक विदाइको हात हल्लाएका छन् । उनले अफगानिस्तानको प्राईभेट विमान कम्पनी काम एयरलाईन्सबाट देश छोड्दै गर्दा केही मानिसहरु सुक्क सुक्क रोएको समेत भिडियोमा सुन्न सकिन्छ ।

तस्विरहरु :