जेठो पर्व ‘वल्के’ को चहलपहल सुरु

जेठो पर्व ‘वल्के’ को चहलपहल सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत विभिन्न पहाडी जिल्लामा जेठो पर्वका रुपमा मनाउने गरिएको ‘वल्के’ पर्वको चहलपहल कैलालीमा पनि आजबाटै सुरु भएको छ । भदौ १ गते मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । जेठो पर्वका रुपमा मनाइने यो पर्वको तयारीका लागि सामग्री किनमेल गर्न बजारका पसल–पसलमा स्थानीयवासीको भीडभाड देखिन्छ । विभिन्न थरीका खाना पकाउनका लागि सामग्री किनमेल गर्न महिला गृहिणीलाई भ्याइनभ्याइ छ ।

कोरोना सङ्क्रमणको जोखिम हुँदाहँदै पनि बजारका किराना तथा तरकारी पसलमा सामाजिक दूरी कायम नगरी सामान किन्ने ग्राहकको पुरानो अवस्थामा झै उत्तिकै चाप देखिन्छ । गाउँघरतिर स्थानीय कुटानीपिसानीका लागि मिल धाउने काममा मानिसहरु व्यस्त देखिन्छन् । त्यस्तै घर आँगन सरसफाइ गर्ने, लत्ताकपडा धुने लगायतका क्रियाकलापमा उनीहरु जुटेको पाइन्छ ।

यस पर्वका दिन बिहानै नुहाइधुवाइ गरी आफ्ना इष्टमित्र, आफन्त मान्यजन तथा छरछिमेकीलाई सगुनका रुपमा दूध, दही, मही र पिँडालुको गाभा दिएर सम्मान गर्ने एक खालको छुट्टै पुरानो मौलिकता रहिआएको धनगढी उपमहानगरपालिका–२ का स्थानीय पुरोहित कृष्णराज जोशीले बताउनुभयो । “गाउँ घरतिर जसका घरमा गाई भैँसीको दूध, दही, मही हुँदैन त्यस घरमा दूध, दही, महीलगायत बाँड्ने चलन छ”, पुरोहित जोशीले भन्नुभयो,“जसलाई हाम्रो स्थानीय गाउँघरको भाषामा ‘गोरस्’ अर्थात ‘सितन’ भन्ने गरिन्छ ।” विषेशगरी यस पर्वका दिन विवाहित छोरीलाई माइती घरमा बोलाई लाउन, बाबर, बटुक, गतानी डुब्का तथा फाँडो, मासे माणालगायतका स्थानीय खानाका परिकार पकाएर खुवाउने र खाने प्रचलन छ ।

यस पर्वमा गाउँघरतिर समूहमा विभाजन भई देउडा खेल्ने, स्थानीय लोक भाकामा गीत गाउनेलगायतका क्रियाकलाप पनि गर्ने गर्दछन् । शहरमा भने यो चाडको महत्व केही मात्रामा घट्दै गएको स्थानीयवासीको भनाइ छ । सुदूरपश्चिमेली संस्कृति तथा खानपान झल्किने यस पर्वको छुट्टै विशेषता र महत्वका बारेमा हिजोआज बुढ््यौली तथा पाको उमेरका मानिस जानकार रहे पनि नयाँ पुस्ता भने यसको महत्व र विशेषताबारे खासै जानकार नभएको स्थानीय अगुवा भक्तराज ओझा बताउनुुहुन्छ । यो पर्व नेपालको सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउ, गढवाललगायतका स्थानमा पनि मनाउने गरिन्छ ।

यो पनि -सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा जनै पूर्णिमा मेला नलाग्ने

जनैपूर्णिमाका अवसरमा वर्षेनी एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष पनि मेला नलाग्ने भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टाँसी लामाले कोरोना महामारी बढ्दो क्रममा रहेकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गर्नुभएको हो । गत वर्ष पनि कोरोनाका कारण मेला लागेको थिएन ।

मेला तथा जात्राले कोरोना सङ्क्रमण बढ्ने भएकाले मेला, जात्रा नगर्ने निर्णय गरिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पोखरेलले जानकारी दिनुभयो । यो वर्षको जनैपूर्णिमा भदौ ६ गते परेको छ । विभिन्न जिल्लाबाट सर्वसाधारण मेला भर्न पाँचपोखरी पुग्ने गरेका थिए । समुन्द्री सतहबाट करिब चार हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा सानाठूलो गरी पाँच वटा ताल रहेका छन् ।

यो पोखरी इन्द्रावती नदीको उदगम्स्थल हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तब्यमा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरीलाई पनि छनोट गरेको छ । पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध लिएर भक्तजन चढाउन जान्छन् । विशेषगरी यहाँ जाने भक्तजन खेतीपातीमा उन्नतिको आशीर्वाद माग्ने गर्छन् । पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाले शिवसरह श्रीमान् पाउने र बिहेपश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

महायज्ञ

असार १, साउन १७ तथा त्यसपछिको बाढी पहिराले क्षति पु¥याएपछि थप क्षति नहोस् भन्ने कामनासहित सिन्धुपाल्चोकको इच्छेश्वर महादेवको मन्दिर संरक्षण समितिले इच्छेश्वर महादेवको मन्दिर हेलम्बु– ६ पीपलचौर र नदी तटमा महायज्ञ लगाएको छ । महायज्ञ आजसम्म चल्नेछ । दुई दिनको विशेष पूजा आयोजना गरेको समितिले २० जना आचार्य गुरुद्वारा लघु रुद्री, चतुर्वेदका प्रत्येक मन्त्रद्वारा होम गरिने आचार्य नवराज भट्टराईले बताउनुभयो । बाढीको वितण्डा अझै नरोकिएको र विश्वशान्तिको कामनाका लागि हेलम्बु गाउँपालिकाको आर्थिक सहयोगमा पूजा गरिएको उहाँले बताउनुभयो ।