हेलिकप्टरमार्फत गर्भवतीको महिलाको उद्धार

हेलिकप्टरमार्फत गर्भवतीको महिलाको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचपोखरी थाङ्पाल गाउँपालिका– ३ भोताङकी एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुई दिनदेखि भर्ना गरिएकी २२ वर्षीया लक्ष्मी तामाङलाई स्थानीय स्वास्थ्यचौकीबाट सुत्केरी गराउन नसकेपछि हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको वडा नं ३ का अध्यक्ष ङिमा छिरिङ तामाङले बताउनुभयो ।पाठेघरको मुख पूरै खुलिसक्दा पनि सुत्केरी हुन नसेकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको स्वास्थ्यचौकी प्रमुख मिखायलले जानकारी दिनुभयो । सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी महिलाका लागि हेलिकप्टरमार्फत उद्धार उहाँलाई उद्धार गरिएको हो । अविरल वर्षाले सडकमा पनि क्षति पु¥याएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ । सिन्धुपाल्चोकका हेलम्बु, पाँचपोखरी र जुगल गाउँपालिका राष्ट्रपति महिला उत्थान कार्यक्रममा छन् ।

यो पनि – जिल्लाका पाँच स्थानीय तह बालविवाह मुक्त घोषणा

बाँके जिल्लाका पाँच स्थानीय तहका १२ वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । स्थानीय तहले वडास्तरमा सञ्चालन गरेको बालविवाहविरुद्धका अभियानमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजनामार्फत साझेदारी गर्दै आएको छ । परियोजनाको सहयोगमा जिल्लामा हालसम्म पाँच स्थानीय तहका १२ वडा बालविवाह मुक्त घोषणा भइसकेको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका चार वडा, कोहलपुर नगरपालिकाका तीन वडा, जानकीको तीन वडा र खजुरा र बैजनाथ गाउँपालिकाका एक÷एक वटा वडा गरी हालसम्म ११ बालविवाह मुक्त घोषणा भइसकेका छन् । कोहलपुर नगरपालिकाको वडा नं ३ र वैजनाथ गाउँपालिकाको वडा नं ५ मा बालविवाहमुक्त घोषणा गर्ने तयारी भएको छ ।

पछिल्लोपटक शनिबारमात्रै जानकी गाउँपालिकाको वडा नं २ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो । गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले चाँडै जिल्लाकै पहिलो बालविवाह मुक्त स्थानीय तहका रूपमा जानकीलाई घोषणा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

बाँकेका आठ स्थानीय तहमध्ये राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकामा भने बालविवाहविरुद्धको अभियान प्रभावकारी हुनसकेको छैन । वडालाई बालविवाह मुक्त घोषणा गर्न स्थानीय तहमा बालअधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्यसम्बन्धी रणनीति, बाल संरक्षण नीति र पालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बालअधिकार समिति क्रियाशील रहेको छ ।

बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका अनुसार वडामा २० प्रतिशतभन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको स्याकका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । विसं २०६८ को जनगणना अनुसारमा बाँकेमा ६६.०८ प्रतिशत बालविवाह रहेको छ । सामाजिक परम्परा र प्रेम गरेर बालविवाह गर्ने क्रम अझै रोकिएको छैन । जनचेतनाको कमी, जातीय विभेद, आर्थिक अभाव, गरिबी र बेरोजगार, सामाजिक परम्परा, अशिक्षा, धर्म र संस्कार, कुसंस्कार, पुरानो रीतिरिवाज, पुरुष प्रधान समाज, पारिवारिक दबाब, कानून थाहा नपाएर, साथीहरूको देखासिकी र प्रेम विवाह, सामाजिक सञ्जाल र मोबाइल दुरुपयोगलगायत कारणले बालविवाह हुँदै आएको जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तवले बताउनुभयो ।

यो पनि – हुम्लामा प्रहरी चौकी भवन बनाउन जग्गादान

–दाने बोहरा, सिमकोट, ६ भदौ (रासस) : हुम्लाको दक्षिण भेगमा अवस्थित मिमी प्रहरी चौकीको नयाँ भवन निर्माण गर्न स्थानीयवासी गोर्ख बोहराले तीन रोपनी जग्गादान गर्नुभएको छ । चङ्खेली गाउँपालिका–१ मा रहेको सो चौकी भाडाका घरमा बस्दै आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हेरम्बा शर्माले स्थानीयवासी बोहरालाई जग्गा उपलब्ध गराएकामा धन्यवाद दिनुहुँदै नागरिक र प्रहरीको सम्बन्धलाई अगामी दिनमा अझ सुदृढ बनाउन आग्रह गर्नुभयो । जिल्ला प्रहरी कार्यालयसहित हुम्लामा पाँच मात्रै चौकी आफ्नै भवनमा बस्दै आएका छन् ।

१४ प्रहरी चौकी भाडामा बस्दै

जिल्ला प्रहरी कार्यालयसहित १९ चौकीमध्ये हाल १४ चौकी भाडा तिररे बस्दै आएका छन् । नाम्खामा रहेको मुचु , लिमी, ठेहे र गल्फागाड प्रहरी चौकी मात्रै आफ्नै भवनमा बस्दै आएका छन् भने अन्य चौकी अझैसम्म भाडाका घरमा बस्दै आएको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो ।

चीनसँग सीमा जोडिएको हिल्ला र बाजुरासँग सीमा जोडिएको कवाडी प्रहरी चौकीको भवन प्रेदश सरकारको बजेटबाट निर्माणाधीन भए पनि हाल बजेट अभावका कारण स्थगित भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आफूहरुसँग जिल्लाका सबै प्रहरी चौकी निर्माणका लागि बजेट छैन”, प्रदेश सरकारबाट आएको थोरै बजेटबाट दुई चौकीको भवन निर्माण सुरु गरियो । अहिले रकम अपुग भएपछि काम स्थगित भएको छ ।”

यो पनि – रु दश लाखको छात्रवृत्ति कोष

बागमती, ६ भदौ (रासस) : हेटौँडा क्याम्पसले श्रीचन्द्र शर्माका स्मृतिमा रु १० लाख राशिको ‘श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष’ स्थापना गरेको छ । क्याम्पसका प्रमुख देवचन्द्र मानन्धरका अनुसार शर्माले क्याम्पसको संस्थापक सदस्यदेखि अध्यक्षसमेत रही २८ वर्षसम्म अतुलनीय योगदान पु¥याउनुभएको थियोे । क्याम्पस सञ्चालक समितिको हालै सम्पन्न बैठकले सो निर्णय गरेको उहाँले बताउनुभयो । कोषको ब्याजको रकमबाट विभिन्न तहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ ।

कोषको कार्यविधि निर्माणका लागि अर्पण पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ । समितिले कार्यविधि तयार गरेपछि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सुरुआत गरिने क्याम्पस प्रमुख मानन्धरले जानकारी दिनुभयो ।