एकसय घरमा एक घर, एक धारा जडान

एकसय घरमा एक घर, एक धारा जडान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

व्यवस्थित र शुद्ध खानेपानीको अभावमा लामो समयदेखि समस्यासँग जुध्दै आएका यहाँका नागरिकका घर–घरमा खानेपानीको धारा जडान गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिका–२ का राक्से, सिमलचौपारी र फुटेढुङ्गाका एकसय घरधुरीमा एक घर, एक धारा निर्माण गरिएसँगै खानेपानीको सहजता भएको हो । नगरपालिकाको रु ३२ लाख ५० हजार र स्थानीय उपभोक्ताबाट रु नौ लाख ५० हजार गरी कूल रु ४० लाखको लागतमा तीन वर्षमा खानेपानी योजना सम्पन्न भएको वडाध्यक्ष पोतप्रसाद लम्सालले बताउनुभयो ।

“ठूलो बस्ती रहेको यहाँका नागरिकलाई खानेपानीको निक्कै समस्या थियो”, वडाध्यक्ष लम्सालले भन्नुभयो, “वडामा हामी निर्वाचित भएसँगै खानेपानीलाई प्राथमिकतामा राखेर काम ग¥यौं र अहिले प्रत्येक घर–घरमा धारा जडान गरी २४सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउन सफल भएका छौं ।” झल्र्याङ्दी मुलबाट करिब डेढ किलोमिटर टाढाबाट पानी ल्याई केराबारीमा ७० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरी त्यहीमार्फत घर–घरमा पानी वितरण गरिएको वडाध्यक्ष लम्सालले बताउनुभयो । स–साना मुलबाट टुक्राटुक्री पाइप जोडेर केही घरले पानी खाने गरे पनि उक्त पानी शुद्ध नभएको र अधिकांशले टाढाबाट बोकेर पानी खानुपर्ने बाध्यता रहेको राक्से, सिमलचौपारी, फुटेढुङ्गा खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष बोधराज रेग्मीले बताउनुभयो ।

स्थानीयवासीले प्रतिघर रु पाँच हजारका दरले रकम सङ्कलन गरी मूल रहेको १२ आना जग्गा खरिद गरेका छन् । खानेपानी वितरण तथा मर्मतका लागि प्रतिघरपरिवार मासिक रुपमा रु ६० सङ्कलन गरिएको छ । त्यसले खानीपानी खोल्ने र बन्द गर्ने कर्मचारीलाई पारिश्रमिक तथा मर्मत सम्भारका लागि खर्च गर्ने गरिएको समितिका अध्यक्ष रेग्मीले बताउनुभयो ।

यो पनि – बर्खे आलु कुहियो

बर्खे आलु कुहिन थालेपछि बागलुङका किसान चिन्तामा छन् । राम्रो उत्पादन हुने भए पनि फलेको आलु बजार नपु¥याउँदै कुहिन थालेकाले उनीहरूमा चिन्ता बढेको हो ।ताराखोला, भकुण्डे, जैमिनीको दमेक, काठेखोला गाउँपालिकाको धम्जा,लगायत स्थानका आलु औसतभन्दा धेरै कुहिनाका साथै ढोरपाटन, निसीखोला र अन्य उच्च पहाडमा फलेको आलुमा समेत असर पर्न थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यहाँका अधिकांश किसानको मुख्य खेती नै आलु हो । शीतभण्डार नहुँदा बर्खे बालीमा क्षति व्यहोर्नु परेको जैमिनी नगरपालिका–३ उपल्लो दमेकका किसान वेद छन्त्यालले बताउनुभयो । “प्रत्येक घरले कम्तीमा ३० मुरी आलु उब्जाउ गर्छन्, यो वर्ष त्रिलोचन सापकोेटाले ८० मुरी उत्पादन गर्नुभयोे”, उहाँले भन्नुभयो, “आलु उत्पादन राम्रो भए पनि व्यवस्थित शीतभण्डार नहुँदा कुहिन थालेको छ ।” झण्डै १० टन आलु कुहिएपछि खाडल खनेर गाडिएको छ ।यस वर्ष भकुण्डेको आलु धेरै कुहिएको छ । त्यहाँका किसानले अन्नसँग आलु सटही गर्छन् भने केहीले आलु बिक्री गरेर अन्न भित्र्याउछन् । “यस वर्ष आलु धेरै नै कुहियो”, किसान यामबहादुर थापाले भन्नुभयो, “हाम्रो त मुख्य पेशा नै यै हो, आलु बिग्रिए छाक टर्दैन ।”

वर्षा धेरै भएकाले आलुमा क्षति व्यहोर्नु परेको केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । “पहिलो कुरा ड्याङ बनाएर किसानले आलु लगाउँदैनन्, समथर जमिनमा लगाएको आलुमा पानी धेरै हुन्छ र कुहिन्छ”, उहाँले भन्नुभयोे, “वर्षा धेरै हुँदा पानी तर्काउनुपर्ने हो, किसानलाई सबै ज्ञान दिलाउन सकिएको छैन् ।” फसल लगाएपछि भण्डारणमा त्रुटि हुँदा पनि आलु कुहिने हुन्छ ।

उहाँले भन्नुभयो, “छायाँपर्ने ठाउँमा राम्रोसँग सुकाएर मात्रै आलुको भण्डार गर्दा क्षति हुने सम्भावना कम हुन्छ । अघिल्लो वर्ष डढुवा रोग लागेको आलुको बीउ लगाए कुहिन्छ भन्ने कुराको ख्याल किसानले नगरेकाले जिल्लाभर यस्तै समस्या देखिको छ ।” आलुबालीमा भएको क्षतिका सम्बन्धमा जैमिनी नगरपालिकाको कृषि शाखाले चासो देखाएको छ । “शीत भण्डारकै कारण आलु कुहिएको हो भन्न सकिन्न, प्राविधिक त्रुटि होलान्”, कृषि प्राविधिक रविन्द्र शर्माले भन्नुभयो, “पकेट क्षेत्रमा शीतभण्डार निर्माणका लागि प्रस्ताव गरेका छौँ, स्वीकृत भएमा अर्को वर्ष शीतभण्डार बन्छ ।” सङ्घ, प्रदेश र पालिकाको साझेदारीमा शीतभण्डार निर्माण गर्ने गरी प्रस्ताव तयार भएको उहाँको भनाइ थियो ।