साउनमा १४२ मानव अधिकार उल्लङ्घनका घटना

साउनमा १४२ मानव अधिकार उल्लङ्घनका घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत साउनमा १४२ मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना भएका जनाएको छ । इन्सेकले आज सार्वजनिक गरेको मासिक विश्लेषण प्रतिवेदनअनुुसार १०८ महिला र ३४ पुरुषमाथि मानव अधिकार उल्लङ्घनका घटना भएका हुन् । इन्सेकले गरेको अध्ययनअनुसार राज्यपक्षबाट चार र अन्य पक्षबाट १३८ पीडित भएका जनाएको छ । त्यसमध्ये प्रदेश नं १ मा २५, प्रदेश नं २ मा ४९, लुम्बिनी प्रदेशमा १९, गण्डकी प्रदेशमा १७, कर्णाली प्रदेशमा १५, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशमा छ÷छ जना पीडित भएका छन् ।

साउनमा पत्नी ह.त्याका नौ, परिवारजनबाट ह.त्याका चार, ब.लात्का.रपछि ह.त्याको एक, हि.रासतमा मृत्युका दुई, एक मानव अधिकार रक्षकसहित नौ जनालाई कु.टपि.ट गरिएको, जातीय वि.भेदका घटना तीन, पुरुषलाई गरिएको यौ.न दु.व्र्यवहारको घटनामा एक र १५ घाइते भएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये बाल अधिकार उल्लङ्घनका घटना ५१ भएको प्रवितेदनमा छ । अभिलेखित घटनामध्ये बलात्कार ३९, यौ.न दु.व्र्यवहार १०, बे.चबिखन एक र बे.बिखन प्रयासको घटना एक भएको इन्सेकले जनाएको छ ।

यस्तै महिला अधिकार उल्लङ्घनका घटना ३९ भएको अध्ययनले देखाएको छ । ब.लात्का.रका घटना २०, ब.लात्का.र प्रयास पाँच, यौ.न दु.व्र्यवहार तीन, ज.बर्जस्ती यौ.न कार्यमा लगाइएको एक, ए.सिड प्र.हार एक, ‘बो.क्सी’ आ.रोप एक र घरेलु हिं.सा तीन भएको इन्सेकको उक्त प्रतिवेदनमा उल्लेख छ ।

यो पनि – कोरोनाका कारण औपचारिकतामै सीमित गाईजात्रा