नेपाली कांग्रेसका केही जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नपर्नेलगायत माग गर्नुभएको छ । कांग्रेसको संस्थापनइतर पक्षका जिल्ला सभापतिले आज सो माग गर्दै केन्द्रीय कार्यालयमा धर्ना दिनुभएको पार्टी नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिनुभयो । धर्नामा पार्टीका केन्द्रीय नेताहरु अर्जुननरसिंह केसी, डा शेखर कोइराला, रामकृष्ण यादव, कमला पन्त, गगनकुमार थापालगायतले ऐक्यबद्धता जनाउनुभएको थियो ।
यसअघि यही भदौ ५ गते जिल्ला सभापतिका तर्फबाट काभ्रेपलाञ्चोकका सभापति मधु आचार्यले केन्द्रीय सभापति शेरबहादुर देउवालाई पत्रमार्फत सो मागका बारेमा जानकारी गराउनुभएको थियो । यसैबीच सोमबार राति कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङग््याइ अन्तिम रुप दिएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्यसम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइएको छ ।
सभापति देउवाले क्रियाशील सदस्यतामा हस्ताक्षर गरेलगत्तै सो प्रतिवेदन पार्टीको वेवसाइटमार्फत सार्वजनिक गरिने पार्टी कार्यालयले जनाएको छ । सो नामावली पार्टीको केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण भएपछि समितिले यही भदौ १८ गते हुने पार्टीको गाउँ÷नगर वडा अधिवेशनका लागि भदौ १० गतेसम्म सबै जिल्लामा पु¥याइसक्ने पनि समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो ।
पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ । यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।
यो पनि – एमाले स्थायी कमिटीको बैठक ३ बजे बस्ने
नेकपा (एमाले) को आज ११ बजेको लागि तय गरिएकोे स्थायी कमिटीको बैठक थप तयारीसहित दिउँसो ३ बजे बस्ने भएको छ । सो पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आज दिउँसो बस्ने जानकारी दिनुभयो । सोमबार एमालेका अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीका अन्य सदस्यको छलफलपछि १० बुँदे सहमतिको सिफारिस कार्यान्वयन गर्ने समझदारी भएको बताइएको छ ।
यो पनि – राष्ट्रिय खेलकुद : पूर्वाधार निर्माणलाई बजेट
गण्डकी प्रदेशमा गत वर्षको फागुनमा तय भएको नवौँ राष्ट्रिय खेलकुद कोरोना भाइरसको महामारीका कारण आयोजना हुन सकेन । विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा आठौँ राष्ट्रिय खेलकुदको समापनपछि नवौँ आयोजनाको जिम्मेवारी गण्डकीले पाएको थियो । अघिल्लो वर्ष कोरोनाले प्रतियोगिता रोकिएकाले यस वर्ष आयोजना गर्ने योजना राष्ट्रिय खेलकुद परिषद् (राखेप)को छ ।
प्रतियोगिताको आयोजना कोभिड–१९ को प्रभावमा निर्भर रहने राखेपले जनाएको छ । प्रतियोगिता यसै वर्ष हुने/नहुने यकिन नभए पनि प्रतियोगिता लक्ष्य गरेर खेल पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको छ । राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरा रङ्गशालासहित प्रदेशका अन्य जिल्लामा खेल पूर्वाधार निर्माणका लागि रु १६ करोड ४५ लाख बजेट विनियोजन गरिएको क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिनुभयो ।
कूल विनियोजित बजेटमा पोखरा रङ्गशालामा मात्रै रु १५ करोड छ । पोखरा रङ्गशालाभित्र हिटिङ स्वीमिङ पुल (पौडी पोखरी)का लागि रु छ करोड बजेट यस वर्ष परेको छ । सुटिङका लागि रु दुई करोड विनियोजन गरिएको छ । यसैगरी फुटबल स्टेडियमा ‘फ्लड लाइट’ जडानका लागि रु पाँच करोड, रङ्गशालामा होभरहेड ट्याङ्की रु एक करोड र पोखरा क्रिकेट मैदानका लागि रु एक करोड यस वर्ष राखेपको रातो किताबमा परेको कार्यालय प्रमुख योगीले जानकारी दिनुभयो ।
“कोरोनाका कारण गत वर्ष सम्पन्न हुन नसकेको राष्ट्रिय खेलकुद यस वर्ष सम्पन्न गर्ने योजना राखेपको छ”, योगीले भन्नुभयो, “सोहीअनुसार खेल पूर्वाधार निर्माणका लागि बजेट विनियोजन भएको छ, छिट्टै बोलपत्र आह्वान भएर कार्यान्वयन गछौँ ।” पोखरा रङ्गशालामा अधिकांश खेलका पूर्वाधार तयारी अवस्थामा रहेकाले पनि प्रतियोगिता आयोजनालाई समस्या नपर्ने बताइन्छ । पौडी पोखरी, सुटिङ र हक्कीबाहेका अन्य खेलका पूर्वाधारको समस्या पोखरामा छैन ।
राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माणमा बजेट अभाव भएमा यसबाहेक पनि थप बजेट प्राप्त हुने योगीको भनाइ छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मर्मत तथा निर्माण शीर्षकमा रु ५० लाख छुट्याइएको छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एउटा खेल सञ्चालन गर्ने राखेपले योजना बनाएको छ । पोखरा रङ्गशालाबाहेक अन्यत्र जिल्लास्तरमा आवश्यक पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि यस वर्ष बजेट छुट्याइएको छ ।
पर्वत, मनाङ र मुस्ताङमा कभर्डहलका लागि रु १० लाखका दरले बजेट विनियोजन गरिएको छ । स्याङ्जामा खेल पूर्वाधारका लागि रु १० लाख, नवलपरासीको कावासोती रङ्गशालाका लागि रु १० लाख, तनहुँको चिन्नुटार, म्याग्दीको रत्नेचौर, लमजुङको राइनास र गोरखा रङ्गशालाका लागि रु १० लाखका दरले राखेपबाट बजेट विनियोजन भएको क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । रासस
प्रतिक्रिया