फिदिममा भीरबाट लडेर एक वृद्धको मृत्यु

फिदिममा भीरबाट लडेर एक वृद्धको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फिदिम नगरपालिकाका एक वृद्धको लडेर मृत्यु भएको छ । सोमबार मलाम गई फर्कने क्रममा वडा नं १४ स्थित बाँसबोटेको भीरबाट खसेर वडा नं ८ घलेगाउँका ६५ वर्षीय पद्मबहादुर राईको मृत्यु भएको हो । उनी घर नआएकाले छोराले खोजी गर्दै जाँदा गोरेटो बाटोबाट खसेर १०० मिटर तल मृत अवस्थामा फेला पारेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
–––

यो पनि – ‘मैले नै दश महिनाको शिशुको अ.पहरण गरी बेपत्ता पारे’

यही भदौ ३ गते राति दश महिनाको शिशुलाई आफैले अ.पहरण गरी बेपत्ता पारेको बयान एक व्यक्तिले दिएका छन् । जुम्लाको हिमा गाउँपालिका–३स्थित जुम्ला च्यामा गाउँका २६ वर्षीय दानबहादुर रोकायाले सोही वडाको मोफ्ला गाउँका– १९ वर्षीया भदुरी कठायतको १० महिने शिशु (छोरा खेमराज)लाई अ.पहरण गरी बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालयमा बयान दिएका हुन् ।

प्रहरी निरीक्षक नवीन थापाले भन्नुभयो, “आफ्नो घर नजिकै रहेको पसलमा बस्दै आएकी भदुरी कहाँ यही भदौ ३ गते राति ९.३० बजे पुगेका अभियुक्त रोकायले भदुरी तिमीलाई आमाले बोलाएकी छिन् भनी झुक्याएका र उनी निस्केपछि भित्र पसेर शिशु अ.पहरण गरी बेपत्ता पारेका रहेछन् ।” साबिती बयान पछि अभियुक्तलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई हि.रासतमा राखेर थप अनुसन्धान थालिएको बताइएको छ । निजलाई कर्णाली प्रदेश प्रहरी तथा सुर्खेत जिल्ला प्रहरी कार्यालयको समन्वयमा पक्राउ गरिएको थियो । रासस

यो पनि – दश महिने शिशु अपहरण गरी बेपत्ता पारेका अभियोगमा पक्राउ

कर्णाली, ६ भदौ (रासस) : जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार यहाँस्थित एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो । जिप्रका निरीक्षक कनकबहादुर शाहीले रोकायले शिशुलाई आफूले लिएको स्वीकार गरिसकेको जानकारी दिनुभयो । अपहरित शिशु भने अपरिचित मानिसलाई दिएकाले अहिले आफूसँग नभएको बयान उनीले दिएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

जिप्रका जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जुम्ला हिमा–३ का १९ वर्षीया किशोरीले यही भदौ ३ गते रातिदेखि शिशु हराएको भनेर निवदेन दिएको जानकारी दिनुभयो । “घटना निकै गम्भीर र संवेदनशील छ”, उहाँले भन्नुभयो, “अनुसन्धानका क्रममा भएकाले अहिले नै यो हो भन्न सकिन्न । हामीले विभिन्न दृष्टिकोणबाट अनुसन्धान गरिरहेका छौँ ।”

नाटकीय ढङ्गबाट बच्चाको अपहरण

रोकायको अवैध सम्पर्कबाट शिशु जन्मेको बताइएको छ । किशोरीले गत कात्तिक महिनामा शिशुलाई जन्म दिएकी थिइन् । पीडित किशोरीका बुवा शक्तिबहादुर कठायतका अनुसार किशोरीले यस वर्ष राहदेव मावि मोफ्लाबाट माध्यमिक शिक्षा परीक्षा दिएकी थिइन् । उहाँले भन्नुभयो“ छोरीलाई गाउँपालिकामा तालिम दिन्छु भनेर झक्याएर दानबहादुरले जबर्जस्ती सम्बन्ध राख्यो । शिशु जन्मेपछि अपहरण समेत ग¥यो । न्याय माग्न जिल्ला प्रहरी कार्यालय जुम्ला पुगेका छौँ ।”

किशोरीले भन्नुभयो, “यही भदौ ३ गते घर नजिकै पसलमा बसिरहेको थिए । राति ९ः०० बजेतिर दानबहादुर त्यहाँ आएर मलाई भन्यो, “तिम्रो आमालेले बोलाउनुभएको छ । मैले आमाले किन बोलाउनुभयो भनेर हतपत्त शिशुलाई पसलकै ओछ्यानमा राखेर हिँडे । ऊ (दानबहादुर) मसँग आएन । पछि आमाले नातिलाई किन छोडेर आइस्, छिटो यही लिएर आइज भनेर म पसल जाँदा शिशु त्यहाँ देखिन । शिशु हराएपछि करायौँ । स्थानीय प्रहरीलाई गुहा¥यौँं । अहिलेसम्म शिशु भेटिएको छैन ।”

किशोरीले रोकायले नाटकीय तवरबाट आफ्नो शिशुलाई अपहरण गरेको आरोप रोकायमाथि लगाएकी छिन् । उहाँले भन्नुभयो , “मलाई झुक्याएर नाटकीय ढङ्गले शिशुको अपहरण गरियो ।”

किशोरीले दोषीमाथि कारवाही गरी आफ्नो शिशु सम्पर्कमा ल्याइदिन र आफूलाई न्याय दिन सरकारसँग आग्रह गरेकी छिन् । आरोपित युवा पक्राउ परिसकेकाले थप अनुसन्धानका लागि आज सम्बन्धित जुम्ला पठाइने सुर्खेत प्रहरीले जनाएको छ ।