निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि बुधबार बोलाएको छ । आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । विहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ ।
आयोगले तोकेको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएपछि दुबै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो ।
यो पनि – नेकपा (एकीकृत समाजवादी) ले जबज नै मान्ने
नवगठित नेकपा ९एकीकृत समाजवादी०ले जनताको बहुदलीय जनवाद ९जबज० का मूल्य, मान्यताको रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने लक्ष्य निर्धारण गरेको छ । नेकपा ९एमाले० बाट अलग भएको सो पार्टीका प्रस्तावित केन्द्रीय सदस्य र सांसदको चन्द्रागिरिमा भएको दुई दिने बैठकले पार्टीको विधान पारित गरेको हो । एमालेले जबजलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको छ ।
सो पार्टीको विधानमा पार्टीको राणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद भएको उल्लेख गर्दै शोषण, उत्पीडन र विभेद्को अन्त्य गर्दै समानतासहितको स्वतन्त्रतामा पुग्न सकिने विश्वास गरिएको छ । विधानमा शान्तिपूर्ण सङ्घर्ष र लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक सामाजिक रुपान्तरणसहित राष्ट्रिय पूँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यतासहितको समाजवादका आधार निर्माण गर्नु पार्टीको तात्कालीन लक्ष्य रहेको जनाइएको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले गलत प्रवृत्ति, विचार र मूल्यका विरुद्ध विद्रोह गर्दै नयाँ पार्टी गठन गरिएको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले एमालेको नेतृत्वले विधि, विधानको कुनै पालना नगरेको जनाउँदै विद्रोह गर्नुपरेको स्पष्ट गर्नुभयो । राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश बमोजिम यही भदौ २ गते सो दलले नयाँ दल दर्ताका लागि निवेदन दिएकामा भदौ ९ गते सनाखतका लागि निर्वाचन आयोगले समय तोकेको छ । सो पार्टीको केन्द्रीय कमिटीमा अध्यक्ष एक, वरिष्ठ नेता एक, उपाध्यक्ष सात, महासचिव एक, सचिव सात गरी १७ पदाधिकारीसहित ११५ पूर्ण र ३६ वैकल्पिक सदस्य गरी १५१ रहनेछन् ।
यो पनि – केपिलासगढीमा नेकपा (एकीकृत समाजवादी)को दुई सङ्गठन गठन
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले केपिलासगढी गाउँपालिकामा युवासङ्घ र पिपुल भोलेन्टियर्सको गाउँपालिका कमिटी गठन गरेको छ । केपी ओली नेतृत्वको नेकपा (एमाले)बाट विभाजन भएर माधव नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादीले सोमबार अविषेक राईको संयोजकत्वमा ६३ सदस्यीय युवासङ्घ नेपाल र इन्जु राईको संयोजकत्वमा ४५ सदस्यीय पिपुल भोलेन्टियर्स गाउँपालिका कमिटी गठन गरेको हो ।
नवगठित दुवै कमिटीका पदाधिकारीलाई एकीकृत समाजवादी खोटाङका सचिव जलशेर राईले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ । नवगठित कमिटीका पदाधिकारीलाई पद तथा गोपनियताको शपथग्रहण गराउनुहुँदै पार्टीका जिल्ला सचिव राईले अब जिल्लाका सबै स्थानीय तहमा पार्टी कमिटी तथा भातृ सङ्गठन गठन गरेर पार्टीका गतिविधि अगाडि बढाउने बताउनुभएको छ ।
एकीकृत समाजवादी खोटाङका सचिवालय सदस्य एवं युवा तथा खेलकुद विभाग प्रमुख माइतीराज राई, युवा सङ्घका जिल्ला अध्यक्ष पवन श्रेष्ठलगायतको उपस्थितिमा गठन गरिएको कमिटीका पदाधिकारीले दुई घण्टा बाक्सिला बजारको सरसफाइसमेत गरेको छ । हरेक महिनाको दुई दिन दुई घण्टा ‘मेरो राष्ट्रका लागि’ अभियान सञ्चालन गर्ने सङ्गठनको केन्द्रीय नीतिअनुसार जिल्लाका सबै स्थानीय तहमा सञ्चालन गरिने युवा तथा खेलकुद विभाग प्रमुख राईले बताउनुभयो ।
सरकारले अध्यादेश ल्याएसँगै एमाले विभाजन भएर केन्द्रमा नेपाल नेतृत्वको नयाँ पार्टी गठन गरेर आधिकारिकता नपाउँदै जिल्लामा एकीकृत समाजवादीले पार्टी कमिटी गठनको काम सुरु गरेको छ । केन्द्रमा औपचारिकरूपले पार्टी विभाजन भएलगत्तै जिल्लामा बसेको जिल्ला कमिटीको बैठकले नेताहरूबीच औपचारिकरूपमा कार्य विभाजन गरेर सबै स्थानीय तहमा पार्टी कमिटी तथा भातृ सङ्गठन निर्माणको काम शुरु गरिएको जिल्ला सचिव राईले बताउनुभयो । केन्द्रमा एमाले विभाजन भए पनि १० स्थानीय तह रहेको जिल्लामा अधिकांश जनप्रतिनिधि एकीकृत समाजवादीमा देखिएका छन् ।
यो पनि – ‘तरुणका समस्या समाधान गर्नुपर्छ’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शङ्कर भण्डारीले कांग्रेसले तरुणका समस्या समाधानका लागि भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । राजधानीमा सोमबार नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको पार्टीको १४औँ महाधिवेशन सफलताका लागि परिचयात्मक बृहत् छलफल कार्यक्रममा विभागका प्रमुख भण्डारीले कांग्रेसले अहिलेसम्म तरुण युवाका समस्या समाधान गर्न नसकेको गुनासो गर्नुभयो । देशभरका तरुणको ऊर्जाले नै पार्टी बलियो हुने उल्लेख गर्दै उहाँले उनीहरूले बेहोर्दै आएको बेरोजगारीको समस्या समाधान गर्न कांग्रेस नेतृत्वसँग माग गर्नुभयो ।
आफ्ना समस्या समाधानका लागि पार्टीलाई दबाब दिनुपर्नेमा जोड दिँदै भण्डारीले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा पार्टीका विभिन्न तह र तप्कामा प्रतिनिधित्व गर्न देशभरका तरणलाई सुझाव दिनुभयो । तरुणलाई सक्षम र सबल बनाउन आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि उनीहरू आफैँ लगनशील, अनुशासित, मर्यादित र निडर हुनुपर्ने बताउनुभयो । तरुणका सामु मुलुक बनाउने जिम्मेवारी रहेको भन्दै भण्डारीले सक्रियता बढाउन सुझाव दिनुभयो ।
तरुणले नै देशमा परिवर्तन गर्नसक्ने उल्लेख गर्दै उहाँले पार्टीको आसन्न महाधिवेशनमार्फत वडा, गाउँ, नगर, जिल्ला, प्रदेश र केन्द्रमा बढीभन्दा बढी प्रतिनिधित्व गर्न सुझाव दिनुभयो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले तरुणको विचार पार्टीको कार्यदिशा गर्नुपर्ने बताउनुभयो । प्रतिगामीसित लड्न सक्ने क्षमता तरुणसित मात्र भएको उल्लेख गर्दै उहाँले कांग्रेसलाई पुरानै अवस्थामा फर्काउनका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । तरुणले नै पार्टीलाई ऊर्जा दिने बताउँदै सङ्ग्रौलाले कांग्रेसको वर्तमान तरुण नै भएको सुनाउनुभयो ।
तरुण युवा पार्टीको मात्रै नभई मुलुकको सम्पत्ति भएको तर उनीहरूलाई अहिलेसम्म महत्वपूर्ण जिम्मेवारी दिन नसकेकामा नेता सङ्ग्रौलाले आपत्ति व्यक्त गर्नुभयो । कांग्रेसको वैचारिक शक्ति तरुण युवा भएकाले उनीहरूलाई क्रियाशील बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । विभिन्न चुनौतीका बीच तरुणलाई अघि बढ्न सल्लाह दिँदै उहाँले उनीहरूका सामु थुप्रै अवसरसमेत रहेको बताउनुभयो । पार्टीको १४औँ महाधिवेशनको सफलता तरुणसित जोडिएको सुनाउँदै डा सङ्ग्रौलाले अहिलेको अवस्थामा दुविधामा नबस्न देशभरका तरुण युवालाई सुझाव दिनुभयो ।
कार्यक्रममा तरुण विभागका सचिव श्याम श्रेष्ठ, विभागका विभिन्न तहमा कार्यरत पासाङ नोर्वु शेर्पा, सुनिलबाबु खाती, सरस्वती शाह, राजेशकुमार शाही, नन्दबहादुर विष्ट, हरिहर काफ्ले, रामशरण घिमिरेलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूलाई खादा ओढाएर सम्मान गरिएको थियो ।
प्रतिक्रिया