आफ्नै बुबा र श्रीमतीको ह.त्या गरी गाडेको अवस्थामा शव फेला

आफ्नै बुबा र श्रीमतीको ह.त्या गरी गाडेको अवस्थामा शव फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषामा एक युवकले आफ्नै बुबा र श्रीमतीको ह.त्या गरेर एउटै खाल्डोमा गाडेको अवस्थामा शव फेला परेको छ । ह.त्या आरोपमा युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ३० वर्षीय भागेश्वर मण्डलले आफ्नै बुबा ५५ वर्षीय रामवृक्ष मण्डल र २४ वर्षीया श्रीमती अम्रिकादेवी मण्डलको ह.त्या गरेका हुन् । भागेश्वरले आफू वैदेशिक रोजगारमा रहेको बेला श्रीमती र बुबाबीच अ.नैतिक सम्बन्ध रहेको आ.शङ्का गरी ह.त्या गरेको हुनसक्ने स्थानीयवासीले बताएका छन् ।

दुवै जनाको श.व घर नजिककै झाडीमा खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको हो । एउटै खाल्डोमा ससुरा र बुहारीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो । रातिदेखि बे.पत्ता ससुरा र बुहारीको खोजतलास गर्ने क्रममा झाडीमा माटो खनिएको जस्तो श.ङ्कास्पद ठाउँ देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनालगत्तै प्रहरीले भागेश्वरलाई पक्राउ गरी अ.नुसन्धान गर्दा उनले ह.त्या गरेर शव गाडेको स्वीकार गरेका थिए । त्यसपछि शव गाडेको ठाउँमा प्रहरीले घेरा हा.लेर शव निकालेको थियो ।

शव उत्खननपश्चात् प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का उठाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लग्ने तयारी गरिरहेको छ । मृतक दुवैको टाउकोमा गहिरो चोट देखिएकाले रड प्र.हार गरी ह.त्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । राति नै ह.त्या गरेर शव गाडेको श.ङ्का गरिएको छ । स्थानीयवासीका अनुसार गत वर्ष मात्र भागेश्वर वैदेशिक रोजगारीबाट घर फर्केका हुन् । घर फर्केपछि उनले बुबा र श्रीमतीबीच अ.नैतिक सम्बन्ध रहेको आ.शङ्का गर्दै आएका थिए । उनको श्रीमतीसँग दिनहुँ झै.झ.गडा हुँदै आएको थियो । सोही आ.शङ्काको आधारमा उनले आफ्ना बुबा र श्रीमतीको ह.त्या गरेको हुनसक्ने स्थानीयवासीको आ.शङ्का छ । भागेश्वर र अम्रिका देवीका दुई छोराछोरी छन् ।

यो पनि – दुर्घटनामा परी दुईको मृत्यु, एक बेपत्ता

कास्कीको विभिन्न स्थानमा भएको दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छन् । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार पोखरा महानगरपालिका–१६ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको स्टाप क्वाटरको छतबाट खस्दा स्थानीयवासी ४० वर्षीय शङ्कर थापाको निधन भएको हो । छतको टिन मर्मत गर्ने क्रममा अचानक खसेर घाइते भएका उनको पोखरास्थित फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै पोखराको नागढुङ्गामा ग२०प ६०७५ नम्बरको मोटरसाइकल र ग१य ११७१ नम्बरको गाडी एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा परी मोटरसाइकल चालक पोखरा–१७ विरौटा बस्ने १९ वर्षीय कृष्ण देवकोटाको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा चरक मेमोरियल अस्पताल पोखरामा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रहरीका अनुसार आज बिहान पोखरा–२६ कालिकाचोकस्थित नहरले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । सोलुखुम्बु घर भई हाल पोखरा–२६ बूढीबजार बस्ने ११ वर्षीया दीपशिका भुजेल खेल्ने क्रममा अचानक नहरमा खस्दा बेपत्ता भएकी हुन् । उनको खोजी कार्यलाई तीव्रता दिएको प्रहरीको भनाइ छ ।