युएईमा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपाललाई बक्सिङमा तीन कास्य

युएईमा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपाललाई बक्सिङमा तीन कास्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ भदौ (रासस) : नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ । कास्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष खेलाडी रहनुभएको छ ।

छिरिङ वाङ्दी शेर्पाले पुरुष ५४ किलोमा कास्य पदक प्राप्त गर्नुभएको हो । उहाँ सेमिफाइनलमा कजाकिस्तानका एडाइबेक नियाजबेसित पराजित हुनुभयो । यसअघि उहाँले कुवेतका मोहम्मद अलिनेजीलाई हराउँदै कास्य पदक पक्का गर्नुभएको हो । जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ५–० अङ्कले पराजित गर्नुभएको थियो ।

नेपाली टोलीका साथमा रहनुभएका ओलम्पियन एवं प्रशिक्षक डम्बरदत्त भट्टका अनुसार जुनियरतर्फ महिला ५२ किलोमा नेपालकी स्वस्तिका तिरुवा र महिला ५७ किलोमा नारिका राईले पनि कास्य पदक प्राप्त गर्नुभयो । प्रतियोगितामा नेपालबाट शेर्पा, तिरुवा र राईसँगै पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरीले प्रतिस्पर्धा गर्नुभएको थियो ।

गत महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट युएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो । टोलीमा ओलम्पियन एवं प्रशिक्षक दीपक महर्जन, सन्दीप श्रेष्ठ र दुर्गा गहतराज सहभागी हुनुहुन्छ । टोलीको व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ सङ्घका सदस्य तर्कराज राई रहनुभएको छ । प्रतियोगिता आगामी असोज १५ गतेसम्म सञ्चालन हुनेछ ।

यो पनि – गण्डकी प्रदेश सरकारलाई स्वास्थ्य सामग्री

गण्डकी, ९ भदौ(रासस) : प्रतिमान निमा स्मृति प्रतिष्ठानले गण्डकी प्रदेश सरकारलाई कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गर्नुभयो । प्रतिष्ठानले झण्डै रु ८५ लाख बराबरका गाउन आइसोलेशन, फेसशिल्ड, मास्क, एन–९५ मास्क, डिजिटल थर्मोमिटर, पिपिइ सेट, इमर्जेन्सी रिलिफ शय्या, पञ्जालगायतका सामग्री हस्तान्तरण गरेको हो ।

मुख्यमन्त्री पोखरेलले विश्वभर कोभिड–१९ को महामारी फैलिइरहेका अवस्थामा प्राप्त सहयोगको ठूलो महत्व हुने जनाउँदै सामग्रीको उचित सदुपयोग गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारीलाई निर्देशन दिनुभयो । सीमित स्रोत साधनबाट प्रदेश सरकार सञ्चालन भइरहेको अवस्थामा दातृ निकाय, छिमेकी र मित्र राष्ट्र, विभिन्न सङ्घसङ्स्थाको सहयोगमा कोभिड नियन्त्रण र रोकथामको काम गर्दै आएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री अधिकारीले कोरोनाले आक्रान्त बनाएका बेला प्राप्त सहयोगको अधिकतम सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेशका प्रमुख सचिव डा दामोदर रेग्मीले विदेशबाट प्राप्त हुने सहयोग अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल हुनुपर्ने बताउनुभयो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक थापाले पूर्वमन्त्री दीपक बोहोरा र उहाँकी दिदी पूर्वस्वास्थ्य सचिव विजया केसीले मातापिताका नाममा संस्था स्थापना गरेको जानकारी गराउँदै अमेरिकाका विभिन्न संस्थासँग पहल गरी स्वास्थ्य सामग्री मगाइएको बताउनुभयो । झण्डै रु पाँच करोडका सामग्री चार्टर उडानमा नेपाल ल्याइएको र सातवटै प्रदेशमा यी सामग्री वितरण गर्ने कार्यक्रम रहेको उक्त अवसरमा जानकारी गराइयो ।