लोसपाले प्रदेश र स्थानीय तहमा स्वघोषणा गराउने

लोसपाले प्रदेश र स्थानीय तहमा स्वघोषणा गराउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० भदौ (रासस) : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेश र स्थानीय तहको जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने भएको छ । निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको लोसपाको आज भएको कार्यकारिणी समितिको पहिलो बैठकले प्रदेश र स्थानीय तहको जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने विषयमा छलफल भएको लोसपाका कार्यकारिणी समिति सदस्य केशव झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बदलिँदो परिस्थितिमा जनतामा कसरी जाने भन्ने विषयमा कार्यनीति र रणनीति बनाउनेबारे छलफल भएको छ । सङ्गठन संरचना कुन प्रक्रियाबाट अघि बढाउनेबारे पनि बैठकमा छलफल भएको थियो । बैठकमा दल दर्ता हुनेबित्तिकै २१ दिनभित्रमा प्रदेश र स्थानीय तहको जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउनुपर्छ । “स्थानीय तहको लागि जिल्ला निर्वाचन कार्यालयमा र प्रदेश सदस्यका लागि प्रादेशिक निर्वाचन कार्यालयमा एउटा अनुसूचीअनुसार बनाउनुपर्ने हुन्छ, त्यो काम शुरु भइसकेको छ”, कार्यकारिणी समिति सदस्य झाले भन्नुभयो ।

यसैबीच लोसपाले बबरमहलस्थित पार्टीको केन्द्रीय कार्यालयमा झण्डोत्तोलन गर्ने भएको छ । उक्त कार्यक्रम शुक्रबार अपराह्न ३ बजेका लागि तय गरिएको छ । झण्डोत्तोलनपछि कार्यकारिणी समितिको बैठकलाई निरन्तरता दिइने सो पार्टीले जनाएको छ ।

यो पनि – साउनमा एक खर्ब ७१ अर्बको व्यापार

काठमाडौँ, १० भदौ (रासस) : चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालको निर्यात ११५ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कूल रु २० अर्ब ७६ करोड ५१ लाख १७ हजार बराबरको माल वस्तु निर्यात भएको छ । आव २०७७÷७८ को सोही अवधिमा रु नौ अर्ब ६२ करोड बराबरको माल वस्तु निर्यात भएको थियो ।

आव २०७७÷७८ मा कूल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई रु एक खर्ब ४१ अर्ब १२ करोड पुगेको थियो । अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले वृद्धि भएको थियो । आव २०७७÷७८ मा कूल रु १५ खर्ब ३९ अर्ब ८४ करोड बराबरको वस्तु आयात भएको थियो । अघिल्लो वर्ष यस्तो आयात १५.६ प्रतिशतले घटेको थियो । आव २०७७÷७८ मा कूल वस्तु व्यापार घाटा वृद्धि भई रु १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको थियो । अघिल्लो वर्ष यस्तो घाटा १६.८ प्रतिशतले घटेको थियो ।

चालू आवको पहिलो महिनामा व्यापार घाटा रु एक खर्ब २९ अर्ब ९६ करोड बराबर पुगेको छ । गत वर्षको साउनको तुलनामा २०७८ साउनमा व्यापार घाटा ७०.५९ प्रतिशतले बढेको छ । गत साउनमा रु एक खर्ब ७१ अर्ब ४९ करोड बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार भारतबाट नेपालमा रु ८९ अर्ब ४८ करोड बराबरको वस्तु आयात भएको छ भने नेपालबाट रु १६ अर्ब ८६ करोड बराबरको माल वस्तु निर्यात भएको छ । चीनबाट रु २० अर्ब ९७ करोड बराबरको माल वस्तु आयात भएको छ भने नेपालबाट चीनतर्फ मात्रै रु आठ करोड बराबरको निर्यात भएको छ ।

विभागका अनुसार सबैभन्दा बढी वस्तु आयात र निर्यात वीरगन्ज भन्सारबाटै भएको छ । त्यसपछि विराटनगर भन्सारबाट बढी निर्यात भएको छ । सो भन्सारको निर्याततर्फको हिस्सा २८.२३ प्रतिशत छ ।