पोखराका पर्यटन व्यवसायी कांग्रेसमा प्रवेशः सभापति देउवाद्वारा स्वागत

पोखराका पर्यटन व्यवसायी कांग्रेसमा प्रवेशः सभापति देउवाद्वारा स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ भदौ (रासस) : पोखराका पर्यटन व्यवसायी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेक छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आज बिहान उहाँहरुलाई सदस्यता प्रदान गरी पार्टीमा प्रवेश गराउनुभएको हो । पार्टी प्रवेश गर्नेमा खेलाडी एवं वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, गोपीबहादुर भट्टराई, धर्मेन्द्रकुमार बाटाजु, अशोककुमार भण्डारी, जीवन भट्टराई, इञ्जिनियर विकास भट्टराई, इञ्जिनियर विशेष भट्टराई, जयराम तिमिल्सेना, सुनिलबहादुर भट्टराई, अमित थापा, सरोज भट्टराई, च्यामबहादुर गुरुङ, अमृत ढकाललगायत छन् ।

सो अवसरमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसलाई थप बलियो बनाउनका लागि युवाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले व्यवसायका साथसाथै जनताको सेवामा लाग्नसमेत नवप्रवेशीलाई आग्रह गर्नुभयो । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशी, कांग्रेस कास्कीका सभापति कृष्ण केसीलगायत सहभागी हुनुहुन्थ्यो ।

यो पनि – भाइरल ज्वरोका बिरामी बढे

दाङ, ११ भदौ (रासस) : मौसमी परिवर्तनका कारण यहाँका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल, तुलसी बाल अस्पताल, तुलसीपुर सिटी अस्पतालमा दैनिक आउने बिरामीमध्ये ६० प्रतिशतभन्दा बढी रुघाखोकी, टाइफाइड, निमोनियाका छन् ।

राप्ती प्रादेशिकमा दैनिक २०० भन्दा बढी त्यस्ता बिरामी उपचारका लागि आउने गरेकामा अधिकांश वृद्धवृद्धा बालबालिका रहेको मेडिकल सुपरीटेन्डेन्ट डा विनोद सिंहले जानकारी दिनुभयो । कोरोना भाइरसको महामारीसँगै भाइरल ज्वरोको प्रकोप पनि फैलिँदै गएको र अघिल्लो वर्षको तुलनामा भाइरल ज्वरोका बिरामी धेरै बढेको उहाँको भनाइ थियो । सबै अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै गएकाले उपचारमा समेत समस्या भइरहेको बताइएको छ ।

तुलसी बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा किशोर खत्रीले विगतको तुलनामा केही दिन यता भइरल जरोका बिरामी बढ्न थालेको छ भन्नुभयो । ज्वरो आउने, टाउको, घाँटी तथा हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने र कोखा हान्नेजस्ता लक्षणका बिरामी उपचारका लागि आउने गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “भाइरल ज्वरो एक प्रकारको भाइरसबाट सर्ने भएकाले यसबाट बच्न अनिवार्य मास्क प्रयोग गर्न र सरसफाइ तथा खाने कुरामा ध्यान दिनुपर्छ ।”

सुपरिटेन्डेन्ट डा सिंहले यस्ता बिरामीमा इन्फेक्सन भएमा स्वासप्रस्वासमा समस्या आउने, रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई झाडापखाला हुने र समयमै निको नभए निमोनिया पनि हुनसक्ने भएकाले उपचारमा ध्यान दिन र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले सचेत हुन पनि सुझाव दिनुभयो ।