काँग्रेसका ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित

काँग्रेसका ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ भदौ (रासस) : नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम बिहीबार ३८ जिल्ला र शुक्रबार १० जिल्लाका क्रियाशील सदस्यको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको हो । क्रियाशील सदस्यताको नामावली प्रकाशित भएका सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइसकिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो ।

निर्वाचन समितिले भदौ १० गते ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, दोलखा, रामेछाप, सिन्धुली, भक्तपुर, गोरखा, लम्जुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, नवलपुर (वर्दघाट सुस्तापूर्व), नवलपरासी (वर्दघाट सुस्ता पश्चिम), रुपन्देही, पाल्पा, रुकुम (पूर्वी भाग), रोल्पा, रुकुम (पश्चिम भाग), जुम्ला, मुगु, हुम्ला, बझाङ, डोटी, दार्चुला, बैतडी र कञ्चनपुरको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको थियो ।

यसैगरी भदौ ११ गते समितिले धनकुटा, भोजपुर, गुल्मी, प्यूठान, दाङ, सल्यान, कालीकोट, जाजरकोट, दैलेख, अछाम, दाङ, सल्यान, कालीकोट, जाजरकोट, दैलेख, अछामको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको संयोजक यादवले बताउनुभयो ।

यो पनि – बाढीले बगाउँदा मलामीको मृत्यु

दाङ, ११ भदौ (रासस) : अविरल वर्षासँगै बबई नदीमा आएको बाढीले बगाउँदा दाङमा एक मलामी गएका व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दङ्गीशरण गाउँपालिका–१ बाँकीका ५० वर्षीय बामदेब देवकोटा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिनुभयो ।

सोही गाउँका एक पुरुषको मृत्यु भएपछि मलामी गएका देवकोटा नुहाउने क्रममा शुक्रवार दिउँसो निर्माणाधिन बबई नदीको पुल नजिकैबाट बाढीले बगाएको प्रहरी नायव उपरीक्षक अर्यालले जानकारी दिनुभयो । गाउँलेले ५०० मिटर दक्षिणको बैबाङ भन्ने ठाउँबाट उनलाई उद्धार गर्दा मृतअवस्था भेटिएको थियो ।