डुबानमा परेका १०४ को उद्धार

डुबानमा परेका १०४ को उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोदा नदीको बाढीबाट डुबानमा परेका पुर्नवास नगरपालिका–५ सिमरीका परिवारलाई सशस्त्र प्रहरीले आज उद्धार गरी सुरक्षित स्थानमा राखेको छ । सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार डुबानमा परेका १०४ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरीका जवानसँगै नेपाल रेडक्रसका स्वयंसेवकहरूले डुबानमा परेका परिवारलाई उद्धार गर्नमा सघाएका छन् । चुरे क्षेत्रमा भएको अविरल वर्षाका कारण दोदा नदीमा बाढी आउँदा गएराति पानी बस्तीमा पसेपछि सिमरी गाउँ पुरै डुबानमा परेको हो ।

बाढीको पानी गाउँमा पसेपछि स्थानीय किसानले लगाएको धान, उखु, मकैलगायतको बालीमा समेत नोक्सानी पु¥याएको छ । बाढीको पानीकै कारण आज दिनभर हुलाकी राजमार्गको आवागमनसमेत प्रभावित भएको थियो । बाढीका कारण घर डुबानमा परेकाको तत्काल उद्धार गरिएको र तिनीहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइसकेको विपद् व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज रानाले बताउनुभयो ।

माटोको गा¥हो प्रयोग गरी बनाइएका कच्ची घरहरू भत्किएका छन् । घरमा फर्किने अवस्था नआउँदासम्म पीडितलाई खाना बस्न र औषधि उपचारका लागि नगरपालिकाले व्यवस्था गर्ने पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले बताउनुभयो । डुबानमा परेका परिवारको खाद्यान्न, लताकपडा सबै कामै नलाग्ने अवस्थामा रहेको छ । दुई दिनदेखि लगातारको चुरे क्षेत्रमा भएको वर्षापछि लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकाका बस्ती डुबानमा परेका हुन् ।

यो पनि -बाढीले बगाउँदा मलामीको मृत्यु

दाङ, ११ भदौ (रासस) : अविरल वर्षासँगै बबई नदीमा आएको बाढीले बगाउँदा दाङमा एक मलामी गएका व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दङ्गीशरण गाउँपालिका–१ बाँकीका ५० वर्षीय बामदेब देवकोटा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिनुभयो ।

सोही गाउँका एक पुरुषको मृत्यु भएपछि मलामी गएका देवकोटा नुहाउने क्रममा शुक्रवार दिउँसो निर्माणाधिन बबई नदीको पुल नजिकैबाट बाढीले बगाएको प्रहरी नायव उपरीक्षक अर्यालले जानकारी दिनुभयो । गाउँलेले ५०० मिटर दक्षिणको बैबाङ भन्ने ठाउँबाट उनलाई उद्धार गर्दा मृतअवस्था भेटिएको थियो ।

यो पनि – भारतद्वारा नेपालविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि टोलीको घोषणा

काठमाडौँ, ११ भदौ (रासस) : नेपालविरुद्ध मैत्रीपूर्ण फुटबलका लागि भारतले राष्ट्रिय टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक इगोर स्टिमाकले आज २५ सदस्यीय टोलीको घोषणा गर्नुभएको हो । नेपालले यही भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भारतसित मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । यसैका लागि घोषणा गरिएको भारतीय टोलीमा अमरिन्दर सिंह, धीरज सिंह, गुरप्रितसिंह सन्धु, प्रितम कोतल, चिलेसना सिंह, मन्दरराओ देसाई, आकाश मिश्रा, राहुल भेके, शुभाशिष बोस, सेरिटन फर्नान्डेज, ललेङ माबिआ, विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह, जेक्सन सिंह, प्रोनय हल्दर, मनवीर सिंह, रहिम अली, सुनिल क्षेत्री र फारुख चौधरी रहनुभएको छ ।

नेपाली टोली भने हाल बन्द प्रशिक्षणका लागि कास्कीको पोखरामा रहेको छ । नेपाली टोलीमा किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ र आशिष लामा रहनुभएको छ ।

नेपाल र भारबीच हालसम्म १९ वटा खेलमा प्रतिस्पर्धा भएकामा भारतले १३ खेलमा जित हासिल गरेको छ भने नेपाल दुई खेलमा मात्र विजयी भएको छ । दुवै देशले चार खेलमा बराबरी खेलेका थिए । भारतले नेपालको पोष्टमा ३३ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा नौ गोल मात्र गर्न सकेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जाने छ । नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ । नेपाली टोलीलाई हाल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण दिइरहनुभएको छ । साफ च्याम्पियनसीप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ ।