मेला हेर्न गएकी युवतीमाथि सामुहिक ब.लात्का.र गर्ने दुई जना पक्राउ

मेला हेर्न गएकी युवतीमाथि सामुहिक ब.लात्का.र गर्ने दुई जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मष्टो मेला हेर्न गएकी एक युवतीमाथि सामूहिक ब.लात्का.र गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । यही भदौ ७ गते जुम्लाको पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा मेला हेर्न गएकी ती युवतीलाई सामूहिक ब.लात्का.र गरेको आरोपमा उनीहरूलाई जुम्ला प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका–९ का २० वर्षीय विशाल सार्की र सोही ठाउँका २० वर्षीय कमल सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवंं प्रहरी निरीक्षक नवीन थापामगरले जानकारी दिनुभयो ।

पीडित युवतीले दुवैले आफूमाथि सामूहिक ब.लात्कार गरेको र बलात्कार गर्नु अघि आफ्नो हातबाट मोबाइल खोसेको उजूरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक थापामगरले बताउनुभयो । उहाँले भन्नुभयो, “ उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाएका छौँ ।”

त्यसैगरी शारीरिक रूपमा अशक्त ४५ वर्षीया एक महिलालाई ज’बरजस्ती क’रणी गरेको आरोपमा तिला गाउँपालिका–८ जुम्लाका २८ वर्षीय जीवन रावतलाई पनि प्रहरीले पक्राउ गरिएको छ । अशक्त महिलालाई रावतले डर त्रास देखाएर ब’लात्का’र’ गरेको खुल्न आएकाले उनलाई पनि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

यो पनि – श्रीलङ्कामा २४ घण्टामा २०० भन्दा बढी कोभिड सङ्क्रमितको मृत्यु, लकडाउन अवधि बिस्तार गरिने

कोलम्बो, ११ भदौ (रासस÷एएफपी) : श्रीलङ्काले विगत २४ घण्टाको अन्तरालमा २०० भन्दा बढी मानिसका मृत्यु भएको भन्दै देशभर जारी कडा निषेधाज्ञा आदेशलाई महामारी नियन्त्रणका लागि भन्दै थप एक हप्तासम्म बिस्तार गर्ने भएको छ ।

“देशभर लगाइएको कडा प्रतिबन्धको अवधि आगामी मङ्गलबारदेखि अन्त्य हुनेगरी व्यवस्था भएपनि अझै सङ्क्रमण दरमा नियन्त्रण नआएको भन्दै सरकारले सेप्टेम्बर ६ सम्मका लागि कडा प्रतिबन्धात्मक व्यवस्थालाई बिस्तार गर्ने तयारी गरेको हो,” स्वास्थ्य मन्त्री केहेलिया रामबुकवेलाले भन्नुभयो ।
श्रीलङ्कामा कार्यरत विश्व स्वास्थ्य संगठनका विशेषज्ञहरूलगायत ३३ जना प्रमुख स्वास्थ्य विशेषज्ञहरूले अझ कडा प्रतिबन्ध लगाउन आह्वान गरेपछि सरकारले लकडाउनको अवधिलाई थप बिस्तार गर्ने तयारी गरेको हो । अस्पतालहरूले डेल्टाको प्रभावको फैलावट सामना गर्न असम्भब भएको भन्ने विज्ञहरूको चेतावनी र दबावपछि राष्ट्रपति गोताबाया राजपाक्षले अगस्त २० देखि १० दिने बन्द गर्ने विषयमा सहमति जनाउनुभएको थियो ।

श्रीलङ्कामा कोरोनाभाइरस सङ्क्रमित व्यक्तिमध्ये बिहीबारसम्ममा आठ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पर्यटनका लागि प्रसिद्ध यस एशियाली मुलुकमा अहिलेसम्म कूल चार लाख १२ हजार ३७० व्यक्ति सङ्क्रमित भएका छन् । सङ्क्रमण दर र मृत्यु दरका हिसाबले हेर्दा यो एसियाकै सबैभन्दा खराब प्रभावित देशहरूमध्ये एक भएको छ ।

चिकित्सकहरूले आधिकारिक तथ्याङ्कमा सङ्क्रमित र मृतकको देखिएको उक्त सङ्ख्याभन्दा महामारीका कारण दुई गुणा बढी पिडित भएको हुनसक्ने अनुमान सार्वजनिक गरेका छन् । यहाँका अधिकारीहरूले अस्पताल तथा चिहानहरूमा थुप्रिएका लासहरू सफा गर्न सामूहिक चिहानहरूको सहारा लिएका छन् । एएफपीलाई प्राप्त भएको एउटा रिपोर्टमा स्वास्थ्य विशेषज्ञहरूले अक्टोबर २ सम्म बन्द गर्न सुझाब दिएका र यसले थप १० हजार व्यक्ति मृत्यु हुनबाट जोगिने पक्षेपण गरेका छन् ।

सरकारले भाइरस फैलिनलाई रोक्न खोप अभियानमा मुख्यतया भर परेको देखिन्छ । यहाँको दुई करोड १० लाख जनसङ्ख्यामध्ये ६४ लाखभन्दा बढीले दुबै मात्रा खोप लगाइसकेका छन् । अस्पतालमा देखिएको सङ्क्रमितको भीडका कारण अस्पतालहरूलाई उपचारमा निकै समस्या परिरहेको छ ।